Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

सत्ता रोहणको लागि १ थान संबिधान नामको अमूर्त दस्ताबेदको चटारोले गर्दा अबैज्ञानिक ढंग अनि संघीयताको विश्वब्यापी आधारभूत मान्यतालाई लतार्दै र उत्पीडनमा परेका जनताको मागलाई सम्बोधन नगरी सुपर फास्ट ट्रयाकमा सिमांकन सहितको ६ प्रदेशको छिनो-फानो गरे । ४ दलका केही अगुवा जो आफुहरूलाई राजनेता हाै भन्ने भ्रम छ, उनीहरुको अहंकारले गर्दा पश्चिममा बाके, बर्दिया, कैलाली, कंचनपुर र पूर्वमा झापा, मोरंग र सुनसरी जिल्लाहरुले संघियताको सामान्य सिद्धान्तहरुको गन्ध समेत पाएनन् । उत्पीडनमा परेका नेपाली जनताको सर्वाधिक ठूलो हिस्साका विपरीत सिमांकनमा जाने दुसप्रयास जुन चार दलका प्रमुख नेताहरूले गरे यसको चर्को मूल्य २०४४ सालबाट नेपाल प्रहरीको बर्दीमा जनता र देशप्रति जिम्मेवार रहँदै आएको कुशल राष्ट्रपुत्रले चुकाउँदै बित्सभ हत्याको शिकार बन्न पर्यो कैलालीको टिकापुरमा ।

यता उत्पीडित थारुहरु आफ्नो अधिकार संघीयता र सिमांकनमा खोज्दै अहोरात्र सडकमा छन् । उता सुरक्षा अधिकारीहरुले टिकापुरमा भएको घटनामा आन्दोलनकारी थारु समुदायसँगै विभिन्न समूहको घुसपैठ भएको बताएका छन् । यो क्षेत्रमा कहिल्यै नदेखिएका अनुहार आन्दोलनमा देखिएको कुरा मिडियामा आएको छ, मट्टितेल र पेट्रोल बोकेर प्रदशनकारी सडकमा उत्रिएका छन। प्रहरीलाई खेदी-खेदी मकैबारीमा निर्मम हत्या गरिएको छ । आक्रमणपछि भुईंमा लडेका सुरक्षाकर्मीलाई आगो लगाएर मारिएको छ । भाला रोपेर बिभत्स हत्या गरिएको छ । शान्तिपूर्ण आन्दोलन भड्किएको र मुठभेड भएको अन्दाज गर्न पनि सकिदैन । मुठभेड हुँदा र प्रहरीको एसएसपी  नै मर्दा कति जना आन्दोलनकरी हताहत हुन्छ? टिकापुरमा कस्तो मुठभेड भयो यो सतहमा नै छ । टिकापुरको बर्बर हत्याकाण्ड, आन्दोलनको तात्कालिन आक्रोश नहुन पनि सक्छ। बिबिसि नेपाली सेवामा रबिन्द्र मिश्रसँग कुरा गर्दै थारुवान थारुहट संघर्ष समितिको केन्द्रिय संयोजन समितिका संयोजक धनिराम चौधरीले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई तुहाउन र हाम्रो माग, मुद्दालाई मत्थर पार्नलाई सुनियोजित घुसपैठ गराई षड्यन्त्र गरियो भनेर भनेका छन् । यो हत्याकाण्ड थारु समुदायमा पसेर यो मुलुकलाई हिंसामा प्रवेश गराउन चाहने अराजक तत्वहरुबाट हुनसक्ने अांकलन सजिलै गर्न सकिन्छ।

उत्पीडनमा परेका थारुहरुको बिगत र जीवनस्तर हेर्ने हो भने शान्तिपूर्ण थरुहट आन्दोलन र उनीहरुको माग जायज नै छ तर कैलालीको टीकापुरमा भदौ ७ गते दिउँसो साढे एक बजे भएको अमानवीय हिंसा निन्दनीय छ । घटनाको अध्यन गर्दा यो शान्तिपूर्ण आन्दोलनको नाममा गरिएको षड्यन्त्र र सुनियोजित हत्याकाण्ड हुन सक्ने आंकलन गर्न सकिन्छ । तेसो त टिकापुर आक्रमणको योजना तीन दिनअघि नै बनेको कुरा छापाहरुमा आईसकेको थियो । नत्र भए, आन्दोलन संयमित र शान्तिपूर्ण गराउने सहमति भएको भोलिपल्टै यति विभत्स घटना किन भयो? के प्रहरीमाथि निर्ममतापूर्वक आक्रमण उत्पीडनमा परेका थारु समुदायले गर्यो? आन्दोलन संयमित र शान्तिपूर्ण गराउने सहमति गरेर थारुहरु भाला, बन्चरो, खुकुरी, मट्टितेल र पेट्रोल बोकेर उत्रिए? शान्तिपूर्ण आन्दोलनमा प्रहरीलाई ज्युँदै आगो लगाउने कठोर र निर्मम संस्कार नेपाली थारुहरुले बिगत १७ सालदेखि ६२-६३ को ऐतिहासिक आन्दोलनसम्म कहिले गरे? यी गम्भीर प्रश्नहरुको पर्दा पछाडि डरलाग्दो राष्ट्रिय चुनौतीहरु देखा पर्दैछन।

तेसो त केही दिनअघि टीकापुरमा आयोजित सभामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले सद्भाव बिथोलिने उत्तेजक भाषण गरेका थिए । प्रदेश सीमांकनको विषयलाई लिएर पूर्वी तथा मध्यतराईमा आन्दोलन नउठेपछि थारुलाई उचाल्ने रणनीतिसहित यिनीहरु सुदुरपश्चिम पुगेका थिए ।  अधिकारका लागि आन्दोलनरत थारु समुदायलाई घरेलु हतियार लिएर जाइलाग्न उनीहरुले टिकापुरमा नै उक्साएका थिए । यी उनै नेता हुन जो मुलुकको शक्तिशाली मन्त्रालयमा हुँदा मधेस र तराईमा सिन्को समेत भाँचेनन् । बरु उत्पीडनमा परेका मधेसी र थारुहरुको आफ्नो पहिचान र अधिकारको शान्तिपूर्ण आन्दोलन हिंस्रक बनाउन उकासी रहे । मुलुकको मन्त्री जस्तो गरिमामय ओहोदामा बसेर काम गरेको नेताले यस्ता आपत्तिजनक, जातीय सद्भाव भड्कने र राष्ट्र विखण्डन गर्ने खालको अभिव्यक्ति दिंदा भोलि यसले दिने असहज नतिजाको ठूलो मूल्य राष्ट्रले चुकाउनु पर्छ भन्ने कुराको ख्याल गर्नु पर्दैन? बिडम्बना, मधेसी गठबन्धनले आन्दोलन चर्काउन प्रदर्शनको क्रममा मृत्यु भएमा १० लाखबाट ५ गुना वृद्धि गर्दै ५० लाखको आश्वासन अघि सारेर आन्दोलन हिंसा उन्मुक बनाउन केन्द्रित छ। यस्ता किसिमको अलोकतान्त्रिक गतिबिधिहरुले पनि टिकापुरको घटनालाई मल-जल गर्न सहयोग गरेको छ, तेसैले यो जमातले पनि टिकापुर घटनाको जिम्बेवारीबाट तर्कन पाउँदैनन् ।

टिकापुर काण्डको अर्को पाटो पनि छ । नेपाली इतिहासको गर्भमा धेरै हत्याकाण्डहरु रहस्यमयनै छन् । दासढुंगा, राजदरबार, गौर हत्याकाण्डहरु बिदेशी ग्रान्ड डिजाईनमा भएको राजनैतिक बिश्लेषकहरु विश्वास गर्छन । यही हत्याकाण्डहरुको सिरियलको रुपमा टिकापुर हत्याकाण्डलाई पनि बिश्लेषण गर्न थालिएको छ । देशको अवस्था तरल र तनाबपूर्ण छ । यस्तो प्रतिकुल परिस्थितिमा संबिधान नचाहने देश भित्रको झुण्ड र नेपाललाई सधै ट्रान्जिसन फेजमा राखेर हस्तछेप बढाउन अग्रसर बिदेशी शक्तिहरु पीडित र शोषित बर्गको अधिकारको लडाईमा घुसपैट गर्न सक्ने सम्भाबना रहिरहन्छ। हालै टिकापुरको घटनालाई लिएर दक्षिण तिरको मिडियामा नेपालमा दर्जनौ प्रहरी जिउदै जलाईयो भनेर असत्य र कपोलकल्पित समाचारहरु प्रचार गरिएको छ।  यो समाचार नेपालको सुरक्षानिकायको बरखिलापमा छ । यसप्रति आन्दोलनकारीहरु पनि चनाखो हुनु अपरिहार्य छ । हिंसात्मक घटनाहरु राजनीतिक घटनाका रुपमा लिन कदापी सकिदैन । हिंसात्मक गतिबिधिहरुले आन्दोलनमा उठेको मुद्दाहरु झन कमजोर बनाउँछ । यस्ता अराजक घटनाहरुले राज्यव्यवस्था धरासायी बनाउँछ, मुलुक द्धन्दमा होमिन सक्छ, देशलाई ठूलो राजनीतिक, आर्थिक र सामाजिक क्षति पुग्छ ।

सुरक्षाकर्मीले ठूलो आत्मसंयम अपनाएकोले ठूलो अप्रिय घटना हुन पाएन टिकापुरमा । सुरक्षाकर्मीले आत्मसंयम देखाए र मृत्युवरण गरे तर जबाफी कारबाही गरेनन् । अब थामिएर हामी सबैले आत्मानिरीक्षण, विवेचना र पुनर्विचार गर्दै बार्तामा बसेर समस्याको चुरो खोज्नु पर्छ । अर्को तिर मधेस पनि जलिरहेको छ । मधेसी जनताहरुको आन्दोलनलाई पनि लचकतापूर्ण तरिका अपनाएर सम्बोधन गर्नु पर्छ । उत्पीडित र शोषित वर्ग जो कोहीको आबाज सुनुवाई हुनुपर्छ । उत्तेजनामा आउने होईन कि उत्तेजना थाम्ने समय आएको छ । टिकापुर घटनाको बाद-विवाद गरेर समय घर्कियो भने यसले अनिष्ट निम्त्याउन सक्छ । टाढाको नाईजेरिया र नजिकको भारतको इतिहास नेपालमा पनि दोहोरिन सक्छ ।

टिकापुर घटनाले धेरै कुराहरु सिकाएको छ । पर्दा पछाडिको गम्भीर राष्ट्रिय चुनातीहरु देखाईदिएको छ। राष्ट्रिय मामिलामा निर्णय गर्दा मुलुकको उच्च ओहोदामा बस्नेहरु र राजनैतिक शिर्ष हुँ भन्नेहरुले कहाँ-कहाँ चुके, घाम जस्तै छर्लंग पारिदिएको छ । जातीय सद्भाव खलन हुने अबिब्यक्ति दिंदा र उत्पीडित समूहलाई उकास्दा आउने प्रतिफलको नतिजा छोडीदिएको छ । मुलुकलाई यो संगीन घडीबाट पार लगाउन सम्पूर्ण राजनैतिक दलहरु, उत्पीडित जनता र सुरक्षा अधिकारीहरुले आत्मसंयम अपनाउँदै यो संकटको समयमा बुद्दिमानी पूर्वक अगाडि बढ्न सुल्झाउँदै १ अबोध नाबालक सहित ८ जना नेपालीहरुको प्राण संगै टिकापुर घटना इतिहासको गर्भमा लुकिरहने छ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया