Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ- लेखक रवीन्द्र समीरले आफ्नो नयाँ लघुकथासङ्ग्रह ‘एकलव्य दृष्टि’ को बिक्रीबाट प्राप्त रकम भूकम्पपीडित बालबालिकालाई प्रदान गरिरहनुभएको छ ।

उहाँले कृतिबाट प्राप्त सम्पूर्ण लेखकस्वबाट काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ र नुवाकोटका १४१ बालबालिकालाई सरसफाइ, पोषण, स्वास्थ्य र शिक्षाका लागि शैक्षिक सामग्री र मनोपरामर्श शिक्षा दिनुभएको छ । फाइन प्रिन्ट प्रालिद्वारा गत चैतमा प्रकाशित सो कृतिको पाँच हजार बिक्री भइसकेको र दोस्रो संस्करण पनि प्रकाशन भइसकेको लेखक समीरले बताउनुभयो ।

लेखकको दशौँ सो कृतिमा राजनीतिक, आर्थिक, सामाजिक एवं स्वास्थ्यसम्बन्धी विषयका विकृतिमाथि व्यङ्ग्य गरिएका ८२लघुकथा समाविष्ट छन् । जनस्वास्थ्य विशेषज्ञ पनि रहनुभएका समिर डा. रवीन्द्र पाण्डे नामले स्वास्थ्य क्षेत्रमा चिनिनुहुन्छ । उहाँले वैशाख १२ गतेको भूकम्पछि आठ जिल्लाका ५४ क्षतिग्रस्त गाउँ र नगरमा निःशुल्क स्वास्थ्य शिविर चलाई आठ हजारभन्दा बढीलाई सेवा पनि पुर्‍याउनुभएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया