Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

भनिन्छ मानिस सामाजिक प्राणी हो, उ समाजबाट बाहिर रहेर बाँच्न सक्दैन, साथै उसको जीवनको शुरु देखि अन्त्यसम्म समाजमा हुने हरेक गतिविधिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हामी सबैले अनुभव गर्दै र भोग्दै आएको कुरामा दुईमत छैन । अहिले उठान गर्न खोजिएको विषय समाजलाई हामीले के दिन सक्यौँ र समाजले हामीलाई के सिकायो, के साँच्चिकै हामीले हाम्रो समाजलाई सोचेजस्तो बनाउन सक्यौ ? के समाजले हामीलाई दिएको ज़िम्मेवारी पुरा गर्न सक्यौ ? किन हामी चुप छौँ, मौन छौँ ? किन हामीले समाजमा भएका, घटेका हरेक घटनालाई ठोस रूपमा लिंदैनौ ? लिन्छौ केवल समाजले कहिले सम्मान गर्ला सबैको भिडको अगाडि सम्मान गर्लान् अनि आफु ठूलो भएर समाजमा गर्वको महशुस गरौला ।
हामी आफ्नो स्वार्थपूर्ति गर्न र कसैले सम्मान गर्दैछ भने रातारात भ्याईनभ्याई समय निकालेर तछाड मछाड गर्दै सभा सम्मेलन गर्दछौ तर त्यही समाज जसले तपाई हामीलाई सम्मानको पगरी गुथाएको छ, त्यस भित्र पीडामा परेर रोई कराई रहेको, आफ्नो जिन्दगीको सवालमा वेदना प्रकट गर्दै गरेको तथ्यलाई वेवास्ता गर्नु, वास्तविकता के हो भनेर बहस नगराउनु भनेको आखिर के हो त ? के हामीले साच्चिकै समाजप्रतिको दायित्व पुरा गरयौं त ? एक छिन सोच्नुस त, तपाई हामी सबैको साझा समस्या होईन यो ?

भाषण गर्दा हामी ठूला ठूला दर्शन छाट्छौँ आफु जत्तिको जान्ने सुन्ने कोहि छैन भन्ठान्छौ, समाजका हुने गरेका असल खराब गतिविधि छुट्याउने के हामीमा सामर्थ्य नभएकै हो त ? अब सोच्नपर्ने अवस्था आएको छ । हो वास्तविकता यही हो, तपाई हामी सबै सबै क्षेत्रमा जानकारी हुन्छौ भन्ने नै के छ र ? हरेक क्षेत्रमा सबै जानकार भए र पुग्ने भए कसैलाई कसैको मतलब नै हुदैनथ्यो होला सबै आफुलाई परिआउने काम र समस्या आफै सुल्झ्याउँथे होलान् यो समाजमा, यो संसारमा । त्यसैले एकआपसी सहयोग लेनदेन गर्नुपरेको होला यो जगतमा ।यसरी समाजमा हरेक थरिका ब्यक्ति हुन्छन् र आपसी लेन देन कार्यहरू चालिरहन्छन् र चलाउनु पनि पर्छ अनि समाजमा असललाई मात्र साथ दिनुपर्छ सम्मान गर्नुपर्छ र खराब तत्वलाई पहिचान गरी कारवाही पनि हुनुपर्दछ र गर्नुपर्छ यो समाजमा रहेका हामी सबैको दायित्व हुन आउछ होईन र ? तसर्थ कुनै पनि समाजको बिकास गर्नलाई नेतृत्व क्षमता, संस्थागत ज्ञान, फुर्सदिलो समय, आर्थिक चरित्र राम्रो भएको मान्छेहरु संस्थामा पुगे भने संस्था मात्र बलियो हुने होइन यहाँ रहेका साधारण नेपाली जनता पनि बलियो हुनु हो ।
(लेखक पश्चिमान्चल क्षेत्रीय भलिबल संघ नेपालका संस्थापक अध्यक्ष हुन)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया