Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

हाम्रो देश भाषण गर्ने र गफ गरेर खानेहरुले नेतृत्व गरेको देश हो भन्दा फरक नपर्ला । काम गर्नेहरुले नेतृत्व गरेको भए पो देशको विकास हुन्थ्यो र यहाँ त बोल्ने मात्र गर्न नपर्नेहरु नेतृत्वमा पुग्छन अनि कसरी देशको बिकास होस ? कुल जनसंख्याको २० प्रतिशत जनसंख्या बिदेशिदा पनि हाम्रो देशका नेताहरु गफ गर्नमा नै तल्लिन छन् । आखिर कहिलेसम्म सिद्धान्तका खोक्रा नाराका पछाडि देशलाई दौडाउने ? कहिलेसम्म भेंडाको झुण्ड झुण्डको नेतृत्व गरेर देशलाई अकर्मन्यताको शिकार बनाएर बस्ने ? कहिलेसम्म आफु केन्द्रित कुटिल राजनीति गरेर देशलाई अविकसित, गरिबी र पछौटेपनको शिकार बनाईराख्ने ?

देशमा बिकासको मूल फुटाउन चाहने र गर्न जान्ने एउटै नेता भए काफी हुन्छ । गफाडीहरु मात्र भएपछि गफ मात्र बढी हुन्छ । उनीहरुले संसारकै सुन्दर नियम र कानुन बनाउँछन । संसार मै सर्बश्रेष्ठ संबिधान र संबिधानका धारा, उपधारा तयार गर्छन तर देश र जनता भने गरिबी र भोक अनि रोगमा पिल्सिएको पिल्सियै हुन्छन र बिकास भन्ने कुरा, आर्थिक बिकास होस् या सामाजिक बिकास होस् यो सब त कर्मले तय गर्ने कुरा हो । चाहे व्यक्तिमा होस् या राष्ट्रमा यो कुरा समानरुपले लागु भएको हुन्छ । हाम्रो समाज मै हेरौ न जो व्यक्ति कर्म मा निरन्तर लागेको हुन्छ चाहे जुनसुकै काम होस् त्यो व्यक्ति नै सफल भएको हुन्छ अनि जो व्यक्ति मिठो र सबै बिषयको ज्ञाता जस्तो गरी गफ गर्दै हिडेको हुन्छ त्यो व्यक्ति आर्थिक बिकास गर्नमा पछि परेको हुन्छ ।

गफाडी व्यक्तिहरुको आर्थिक समृद्धि हासिल गर्ने एक मात्र विकल्प खुराफाती, भ्रष्टाचार, कमिसन जस्ता गलत तरिका हुन् जो हाम्रो देशका शत प्रतिशत नेताहरुमा लागु हुन्छ । नेता मात्र हैन हाम्रो देशका अधिकांश कर्मचारी पनि यहि खुराफाती, घुसखोरी, कमिशनको भरमा गफ गरेर बाँचेका छन् । किन कि खुराफाती सिष्टम भएपछि सक्षम र काम गर्न सक्नेले काम नै पाउँदैन र गफाडीले मात्र जागीर पाउने सिष्टम हाम्रो देशमा जो छ । यसरी खुराफातीहरुको बोलवाला भएपछि जनताले दुख नपाएर कसले पाउने ? जनता गरिब र भोको नभए को हुने ? न जिम्मेवार नेता, न त जिम्मेवार कर्मचारी, न पुलिस प्रसाशन ? हुँदा हुँदा यो सँस्कार र सँस्कृति नै राष्ट्रिय सँस्कार र सँस्कृतिको रुपमा बिकसित भएको छ हाम्रो देशमा । यस्तो बेहाल, भ्रष्ट र कुसँस्कारलाई परिबर्तन गर्न चाहने हरेक प्रयास भ्रष्ट नेता र नेतृत्व अनि भ्रष्ट प्रसाशनले निस्क्रिय बनाउँदै आएका छन् । २००७ सालमा जनताले परिबर्तन गर्न खोजेको कुरा र त्यस यताका निरन्तरका आन्दोलन, जनान्दोलन, बिद्रोह, जनबिद्रोह, सडक संघर्ष, जनयुद्ध, नेपाल बन्द, सडक संघर्ष, आम हड्ताल, अनसन र आमरण अनसन सबै नै यहि भ्रष्टतन्त्रलाई परिबर्तन गरी जनसेवामुखीतन्त्र कायम गर्न गरिएका थिए । तर जुन आन्दोलन र संघर्षहरुको नेतृत्व नै भ्रष्ट र निहितस्वार्थ पूर्ति गर्ने संकिर्ण उद्देश्यले तिनै गफाडीले गरेका थिए । त्यस्ता आन्दोलन र संघर्षले सहि परिणाम दिने कुरै भएन ।

पानीको मुहान नै फोहोर छ भने त्यो पानी जति सफा गरे पनि शुद्ध हुने कुरा नै भएन । भ्रममा कतिञ्जेल बाँच्ने र आखिर परिबर्तनका लागि फेरी पनि परिबर्तनको सहि नेतृत्व गर्न सक्ने नेता नै चाहिन्छ । संगठित प्रयास बिना राष्ट्रको परिबर्तन सम्भब छैन । अहिलेको सबै पार्टी र तिनका नेताहरुबाट परिबर्तन सम्भब नै छैन । अहिलेसम्मका सबै संघर्ष र आन्दोलनहरु गफाडी नेताहरुको नेतृत्वमा भएको हुनाले आन्दोलन सफल भए पनि परिणाममा असफलता मात्र हात लागेको हो । कुरा प्रष्ट छ २०४६ सालपछिको नेता भनेको कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइराला अनि मनमोहन अधिकारी, मदन भण्डारी, माधब नेपालहरु नै हुन् । सबैजनाले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मका सबै कार्यकारी सर्बोच्चपद पाए तर काम के गरे त ? सँधैभरि फोस्रो गफ मात्र काम गर्ने, भिजन र ज्ञान भएको भए त हरेक आन्दोलन पछि भ्रष्ट सिस्टम नै सफाई गर्ने काम गरिन्थ्यो ? भ्रष्टाचारी र जनताको काम नगर्नेहरुलाई कारबाही गरिन्थ्यो, काम गर्न नसक्नेहरुलाई हटाएर काम गर्न सक्नेहरुलाई राखिन्थ्यो, सार्बजनिक सेवा, नीति, नियमहरुमा आमुल परिबर्तन हुन्थ्यो । हजारौ भ्रष्टाचारीलाई जेल हाल्न नसके पनि जागीरबाट बर्खास्त गरिन्थ्यो । नयाँ आधार, नयाँ सिस्टम र नयाँ अनि सक्षम व्यक्तिलाई सरकारी सेवा र कार्यकारी जिम्मेवारीका हरेक तहमा बहाली गराएर आमुल परिबर्तनलाई सुनिश्चित गरिन्थ्यो । किनकि हरेक सफल जनआन्दोलनको जनताले दिएको म्याण्डेट यहि थियो ।

राजा हटाउन सक्ने जनताको त्यो म्यान्डेटले भ्रष्ट कर्मचारी र काम गर्न नसक्ने अनि चाकडी र चाप्लुसी कमिसन र घुस जस्ता कुसंस्कारमा टिकेका सिष्टम बदल्न किन सकेन ? यसका लागि नै जनान्दोलनहरु भएका हैनन् र ? हरेक आन्दोलनको चाहना आर्थिक, सामाजिक परिबर्तन र बिकास हो न कि कुनै व्यक्तिको परिबर्तन ? चाहे राजा होस् या नेता तिनीहरु केवल व्यक्ति हुन् र आन्दोलनहरु व्यक्ति बदल्न गरिएको हुन्न बरु व्यक्तिले नेतृत्व गरेको पुरा सिष्टम बदल्न गरिएको हुन्छ । तर हाम्रो देशका हरेक आन्दोलनले केवल व्यक्ति बदल्यो, सिस्टम ज्यूँ का त्यूँ रहेको छ । अझ पहिलेको भन्दा बढी भ्रस्ट, जनघाती, लाचार र खुन चुस्ने खालको सिस्टम जसले जस्तोसुकै संबिधान र कानुनलाई पनि पचाउने मात्र हैन आफु अनुकुल परिचालन गर्न सक्ने गरी विकास गरेको सिस्टम पो बिकसित भएको छ । कुनै कानुनले पनि बास्तबिक भ्रष्टाचारीलाई छुन सकेको छैन । वास्तविक भ्रष्टाचारी को हो ? गिरिजा, माधब नेपाल, देउवा, झलनाथ, प्रचण्ड, बाबुरामहरु नै त हुन् बास्तबिक भ्रस्टाचारी । अरु कर्मचारीलाई भ्रष्टाचार गर्ने छुट दिने र आफ्नो लागि पनि भ्रष्टाचार गरेर पैसा बटुल्न लगाउने मूल नेतृत्व यिनीहरु नै त हुन । हरेक आन्दोलनको नेतृत्व जसले गर्यो त्यहि त हो भ्रष्टाचारी ? किन कि हरेक आन्दोलन पछि देशको नेतृत्व तिनीहरुले नै गरे तर सबैले त्यहि भ्रस्ट, कमिशनखोर, जनघाती सिस्टमलाई नै निरन्तरता दिए र आफु पनि त्यसैको हिस्सेदार बनेर तै काले मै काले मिलेर खाउँ भाले नीतिलाई नै निरन्तरता दिएका छन् ।

जनताले चाहेको परिबर्तनका लागि कुनै आन्दोलनको आवश्यकता छैन । अहिले जो जो नेता छन् तिनमा अठोट, सामुहिक समझ र जनभावनाको कदर गर्ने साहस मात्र आवश्यक छ । संबिधान त केवल कागज हो, निर्जीव हुन्छ, जनताको भावनाअनुसार सास भर्ने त नेता र जनताको कर्मले हो, कर्मचाँहि सँधै भ्रष्टाचार र लुटमा मस्त हुने अनि कागजको खोस्टोको लागि आन्दोलन र लडाई गरेर जनता मर्ने ? जनतालाई कुनै अधिकारको कमी नै छैन । जनतालाई अहिले पनि संसारका प्रजातन्त्रका बिशिष्ट र सबैखाले अधिकार प्राप्त छन् गर्न सक्नेलाई भएकै अधिकार आवश्यक भन्दा बढी छन् । गर्न सक्ने र चाहनेलाई केहि गर्न संबिधानले रोकेको छैन र कमी कमजोरी कहिं कतै छ भने संबिधान र कानुनको कार्यान्वयनमा कमी कमजोरी छ । आफै कानुन र संबिधानको पालना नगर्ने अनि संबिधान र कानुनले गर्न दिएन भनेर आफ्नो अकर्मन्यता र असक्षमता अनि सत्तालिप्सा पुरा गर्न आन्दोलन गर्ने र संबिधानलाई दोष दिने नेता र नेतृत्व अनि पार्टीबाट जनताले परिबर्तनको आशा गर्नु नै बेकार छ ।

हामीलाई प्रस्ट थाहा छ जनआन्दोलन र जनयुद्धको म्यान्डेट अनुसार कुनै पनि प्रधानमन्त्री, पार्टी, नेता, संसद संस्था अदालत, प्रसाशन कसैले पनि काम गरेकै छैन । कसैले पनि जनचाहना पुरा गर्ने उद्देश्य लिएर क्रियाशिलता देखाएकै छैन । कानुनमा परिवर्तन गर्दैमा कानुन आफै सक्रिय हुन्न । कानुन आफैले देश विकास हुन्न, भ्रष्टतन्त्रमा कानुन र संबिधानले सुधार गर्ने हैन । त्यो कानुन र संबिधानको पालन गर्ने गराउने प्रसाशन, सरकार, नेता, पार्टी, अदालतले पो सुधार गर्ने हो । तर यी पद र नेतृत्वमा बस्ने सबै शत प्रतिशत नै आफै भ्रस्टाचार र कानुनको उल्लङ्घन गर्न तल्लिन भएपछि कानुनको पालना र कार्यान्वयन कसले गर्ने र जनताको चाहना कसरी पुरा हुन्छ ।

बाबुराम प्रधानमन्त्री हुँदा किन कसैले पनि भ्रष्टाचार बिरुद्ध कारबाही भोग्नुपरेन । के बाबुराम र माओबादीलाई थाहा थिएन कि देशभरका सबै नेता र कर्मचारी भ्रष्ट छन् भनेर । जनआन्दोलनको शक्तिले प्रधानमन्त्री र देशको सबैभन्दा ठुलो पार्टी भएको बेला जनताका काम गर्न कसले रोक्यो ? साहस किन गर्न सकेनन ? परिबर्तनको कुनै पनि एजेण्डामा सरकारले काम गरेन । प्रचण्ड पनि प्रधानमन्त्री भएर ९ महिनासम्म कुनै काम गर्न सकेनन् । जनताले केहि फरक खोजेको थियो तर न त बाबुराम न त प्रचण्डले कुनै त्यस्तो काम गरे जसका लागि आन्दोलन गरिएको थियो । बाबुराम र प्रचण्ड मात्र हैन केपी ओली र सुशील कोइराला अनि देउबा र नेपालहरु संग पनि देश र जनताको चाहना अनुसारको परिबर्तन दिन सक्ने ब्यबस्थापकीय दक्षता छैन । यिनले आफ्नो घर बनाउने र अकुत सम्पति जोड्ने बाहेक गफ मात्र गरेर र ठुला ठुला विकास र परिबर्तनका सपना बाँडेर मात्र समय बिताउने छन् । सिन्को भाँच्न नसक्ने यस्ता नेताको भरमा परेर आन्दोलन र युद्धमा आफ्नो जिउ ज्यानको बाजी लगाउनु मुर्खता बाहेक केहि हैन ।

जनतालाई आवश्यक भनेको शान्ति र काम गरी खान पाउने बातावरणको आवश्यकता छ । भएकै कानुन र संबैधानिक हक र अधिकारको ब्यबहारिक र प्रभावकारी कार्यान्वयनको आवश्यकता छ । ब्यापार गर्नेलाई ब्यापार मैत्री बाताबरण, रोजगारीका लागि औद्योगिक र ब्यबसायिक बाताबरण एवं शान्ति सुब्यवस्थाका लागि चुस्त प्रहरी प्रसाशन, भएका नीति नियमको चुस्त कार्यान्वयन, पुराना र असान्दर्भिक कानुनलाई नयाँ र सान्दर्भिक कानुनले प्रतिस्थापन गरेर काम गर्न सजिलो नियम कानुनको आवश्यकता छ । भ्रष्टाचारी, बलात्कारी, घुसखोरी, कालो बजारिया, कमिशनखोरीलाई भएकै कानुनको आधारमा कानुनी कारबाही गरेर सजायँ दिने परिपाटीको कार्यान्वयनको आवश्यकता छ । आन्दोलन र हिंसा अनि बन्द र हड्तालको आवश्यकता छैन । जति बन्द हड्ताल र आन्दोलान, जनआन्दोलन गरे पनि नेता र जनता अनि प्रसाशनको आधारभूत चरित्र र सँस्कार अनि सँस्कृतिमा परिबर्तन नगरी कुनै परिबर्तन हुन्न भन्ने कुरा घाम जत्तिकै प्रष्ट छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया