Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको र्टर्किस एयरको विमान दुर्घटनाले नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रको नाजुक अवस्था प्रष्टसंग उजागर गराइदिएको छ । त्यसैपनि काठमाडौंको भौगोलिक अवस्था, मौसमी प्रभाव र विमानस्थलको आकार लगायतका भौतिक स्थितिले त्रिभुवन विमानस्थल संसारकै असुरक्षित अर्थात खतरा विमानस्थलहरुको सूचीमा छ । भौगोलिक अवस्था परिवर्तन गर्न सकिने कुरा नभएकाले जे छ त्यसैलाई ग्रहण गर्नुको विकल्प छैन तर सुधार गर्न सकिने कुराहरु के के छन् र राज्यका तर्फबाट नगरी नहुने कुराहरु के के छन् भन्ने तर्फ भने ध्यान जानु जरुरी छ । एउटा मात्रै रन वे भएको विमानस्थलमा फसेको विमानलाई पन्छाउने सम्मको प्राविधिक व्यवस्थापन क्षमता सिंगो राष्ट्रसंग नहुनु लाजमर्दो कुरा हो । अझ टर्किस विमान त्यति गम्भीर दुर्घटनामा परेर पनि सबै यात्रु सकुशल रहन सक्नुले नेपालको खराब अवस्थाको प्रचारलाई धेरै हदसम्म रोकेको देखिन्छ । अन्यथा यो घटनाले नेपालको पर्यटन क्षेत्रलाई अरु धेरै नकरात्मक असर पर्न जानेथियो । दुर्घटना जति नै ठूलो भए पनि मान्छेको ज्यान जानु र जोगिनुले धेरै अन्तर पर्दछ ।

हाम्रा लागि यो घटनाबाट सिक्ने के हो र चालिनुपर्ने कदमहरु के के हुन सक्छन् भन्ने महत्वपूर्ण कुरा हो । यो घटनालाई देशको समग्र पक्षलाई हेर्ने जिम्मा लिएका राजनीतिक र प्रशासनिक नेतृत्वले गम्भीरतापूर्वक लिन जरुरी छ । दुर्घटनालाई कम गर्न सकिन्छ तर रोक्न सकिदैन । दुर्घटना भएपछिको उद्वार कार्य चुस्त दुरुस्तरुपले गर्न के के उपाय अवलम्बन गर्नुपर्छ भन्ने अग्रिम सतर्कता अपनाईनुपर्नेमा त्यस्तो देखिएन । समुद्रसंग नजोडिएको भूपरिवेष्ठित देश नेपालमा हवाईमार्ग भएर आउने बिश्व समुदायका लागि एउटै मात्र प्रवेश नाका त्रिभुवन विमानस्थल तीन चार दिनसम्म अवरुध्द हुँदा यसबाट हजारौं यात्रु प्रभावित हुन पुगेका छन् । घटनाका कारण यतिबेला संसारको ध्यान नेपालतिर तानिएको छ । आकस्मिक आपत ब्यवस्थापनमा नेपालको कमजोरी पाटोलाई संसारले हेरिरहेको छ ।

बाह्य संसारसंग सिधा सम्पर्क गराउने हवाईमार्गको मुख्य नाका त्रिभुवन विमानस्थलको अन्य विकल्प नहुँदा नेपालको यो हविगत हुन पुगेको हो । यो घटनाबाट पाठ सिक्दै धेरै वर्षदेखि चर्चामा रहेका तर कार्यान्वयनमा आउन नसकेका भैरहवा विमानस्थल र पोखरा विमानस्थलको निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाउन राज्यले ढिला गर्नुहुँदैन । यसैगरी वाराको निजगढ विमानस्थल निर्माण कार्यलाई पनि जतिसक्दो छिटो कार्यान्वयनको तहमा पुर्‍याउन प्रक्रिया थालिहाल्न सरकारको ध्यान जानु आवश्यक छ ।

बाह्य मुलुकबाट काठमाडौं उत्रने स्वदेशी तथा बिदेशी यात्रुहरुलाई विमानस्थलमा गरिने ब्यवहार, सामान तथा लगेज हराउने समस्या, अपुग शौचालय, त्यसमा पनि अब्यवस्थित एवं फोहर एवं अस्तब्यस्त, एअरपोर्टबाट बाहिर निस्किसकेपछि पनि गन्तब्यसम्म जानका लागि ट्याक्सी ड्राइभरहरुको झिनाझम्टीको चेपुवामा पर्नुपर्ने अवस्थाले जो कोही र्सबसाधारण यात्रुलाई विरक्त बनाउँछ । संसारका बिभिन्न मुलुक देखेका नेपाल सरकारका जिम्मेवार ओहोदावालहरुको त्यतातिर ध्यान नजानु अर्को विडम्वनाको कुरो हो । विमानस्थलमा शान्ति सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी तथा कर्मचारीबाटै यात्रुहरुले सास्ती खेप्नुपरेका उदाहरणहरुमा कुनै कमी आउन सकेका छैनन् । सत्ता र शक्तिको खेलमा मात्र राजनीति केन्द्रित भईदिंदा नेपाली जनताले यी र यस्ता अनावश्यक दुख भोग्नुपरिरहेको छ । यस तर्फ नेपाल सरकार र सम्बन्धित निकायको अविलम्व ध्यान जान आवश्यक छ ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया