Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

सन्दर्भ : नारी दिवसको

kalpana-finalआजभन्दा १०५ बर्ष अगाडि न्यूयोर्कमा समाजवादी विचारका केही साहसी महिलाहरुले आफुले काम गर्ने कारखाना सुधारको माग राखी गरेको हड्तालले बिजारोपण गरेको महिला दिवस अहिले विश्वभरिनै झाङिदै गएको छ । नारीवादी आन्दोलनका छालहरु बिभिन्न बेग र उचाई लिएर समय सापेक्ष आवाजका साथ उठिरहेका छन् । यो क्रम अहिले पनि जारिनै छ । विश्वभरिमा कुनै पनि त्यस्तो मुलुक वा क्षेत्र नहोला जहां महिलाको उपस्थिति नरहेको होस् । बर्षेनि मनाउंदै आइरहेको नारी दिवस, नारी आन्दोलन तथा महिला विकास सम्बन्धी अन्य अनगिन्ति कदमहरुले समाजमा आमुल परिवर्तन ल्याएको छ । भ्यान्टिना टेरेस्कोभाले झण्डै पचास बर्ष अघि भेटेको अन्तरिक्ष होस या अमेलिया अर्नहार्टले एकल परिक्रमा गरेको आधा महासागरको आकाश, फ्लोरेन्स नाईटिन्गेलले मलम लगाउन आरम्भ गरेका चोटहरु हुन् या दुई दुई वटा नोवेल पुरस्कार विजेता मेरी क्युरीले मिश्रण गरेका बैज्ञानिक प्रयोगशालाहरु हुन्, विगत सय बर्षमा महिलाका यी काम र योगदानलाई सबैले मनन गर्न थालेका छन् । समाजका हरेक क्षेत्रमा नारीको सहभागीता र उचाई हेर्ने हो भने अझै पनि महिला मुक्ति आन्दोलनको आवश्यकता नपर्ला जस्तो ठानिंदैन तर पनि महिला दिवस या नारीवादी आन्दोलन या महिलावर्गको हक र हितका लागि खोलिएका लाखौं सामाजिक संघ संस्थाहरुको औचित्य सकिएको छैन किनकी हाम्रो देशमा अझै पनि महिला हिंसाका घटनाहरु रोकिएका छैनन् ।

१. दाईजो नल्याएको निहुमा श्रीमान तथा परिवारका अन्य सदस्यद्वारा नारीकै हत्या
२.  सामुहिक बलात्कारको बढ्दो विगविगी
३.  छोरी जन्माएको कारण घरबाट निकालेर छोरा जन्माउनका लागि अर्को बिबाह गर्नेहरु बढ्दो
४. अल्ट्रासाउन्ड गरी हेर्दा गर्भमा छोरी रहेको थाहा पाउन साथ गर्भपतन गराइदा छोरीको संख्या कमी हुनु
५. छोरीको जात हुंदा घरमा ससाना भाई बहिनी हेर्नुपर्ने र काममा सघाउनुपर्ने हुंदा स्कुलमा छात्राको संख्या न्यून हुनु

कुनै पनि देश होस् या ठाउं त्यहांको परिवेश सांस्कृतिक परिपाटीअनुसार फरक परेता पनि सबै समाचारका पीडित पात्र महिला नै रहेको पाइन्छ । विकासको हरेक क्षेत्रमा अगुवाई मानिएको आधुनिकताले बुलन्द छुन सफल अमेरिका जस्तो देशमा पनि यस्तै घटनाहरु हुने गरेको पाइन्छ । पतिद्वारा वेपत्ता सुजन पाओल या त्यसैगरी वेपत्ता पारिएकी लेसी पिटर्सन हुन् या सम्पत्तिको लोभमा परेर जघन्य हत्याको शिकार भएकी हाम्रै देशकी गीता ढकाल हुन् या कंगो या सुडानजस्ता मुलुकबाट अपहरित निरिह बालिकाहरु हुन् जसले महिलाको दुरावस्थालाई झल्काउंछन् । भारतको कलकत्ता, बम्बई, वेलायत, बैंकक, सोभियतसंघ, पोल्याण्ड लगायतका सहरमा बाध्यताबश शारीरिक व्यापारमा संलग्न युवतीहरुको व्यथाले महिला शोषणका आकार, अनुहार र परिस्थिति फरक भएपनि सबैले महिला हुनुको कुनै न कुनै तरिकाले मुल्य चुकाएकै देखिन्छ । त्यति हुँदाहुँदै पनि त्यो समाजको आर्थिक शैक्षिक धार्मिक, न्यायिक, आदि तत्वहरुले पनि प्रभाव पारेको हुन्छ ।

हाम्रो हिन्दू ग्रन्थअनुसार महिलालाई भगवानको (देवी, काली, लक्ष्मी, दुर्गा, सरस्वती आदी) दर्जा दिईन्छ, ममताकी खानी मानिने नारी माथि शोषण, अन्याय, अत्याचार, हिंसा, बलात्कार, बोक्सीको आरोप जस्ता अमानवीय व्यबहारहरु बारम्बार भैरहने कारण अकालमा ज्यान गुमाउनुपरेको हुन्छ यद्यपि नारीका गुणगान गाइने कथाहरुले हाम्रा धार्मिक ग्रन्थहरु, दन्त्यकथाहरु र यथार्थगाथाहरु भरिएका छन् । ईतिहासका पानाहरु एकातिर विदुषी बिरांगनाका प्रतिमूर्ति भनेर नारीहरुको चित्रण गरिएको छ भने अर्कोतिर तिनै नारीहरुप्रतिका सोच्नै नसकिने जघन्य अपराधका परिच्छेदहरुले त्यही ईतिहास पोत्ने कोसिश गरिएको पाइन्छ ।

हामी महिलाहरु युगौंदेखि पुरुषवादी समाजको थिचोमिचोमा परेका छौ । अधिकारबिहिन भएर छटपटाइरहेका छौ । बिभिन्नखाले हिंसा र उत्पीडिनमा परेका छौ । हामी किन उत्पीडनमा परेका छौ ? भन्ने कुरा महिलाहरुलाई बुझाउनु जरुरी छ । यो पुंजीवादी संस्कारले महिलालाई नंग्याउन श्रृंगारिक पहिरनले सजाएर एउटा कठपुतली बनाउने काम गरेको छ | दुनियामा सबैभन्दा बढी माया र विश्वास गरेका  र आफुलाई सुरक्षा भएको महसुस गरिएका व्यक्तिवाट झन् धेरै जघन्य अपराध भोग्न बिवश छन् नारीहरु । पुरुषवादी समाजले महिलालाई संधै दोस्रो दर्जाको नागरिक एक मनोरन्जनको साधन, बच्चा जन्माउने मेशिन र दासीको रुपमा प्रयोग गर्दै आइरहेको छ । आफ्ना कमजोरीवाट भाग्न पुरुष जाति या समाजले कहिले बोक्सीको आरोपमा, कहिले दाईजो कमी ल्याएको आरोपमा, कहिले अलि जोडले हांसेबोलेको आरोपमा, कहिले छोरा नजन्माएको आरोपमा महिलाहरुले शारीरिक, मानसिक, नैतिक सबै प्रकारका अमानवीय व्यवहार भोग्न वाध्य बनाईएका छन् । यस्ता पीडा र अवस्थाबाट उन्मुक्ति पाउन महिलाहरुले अझै आन्दोलनलाई सशक्त पार्नुपर्ने खांचो छ ।

अर्काको कमजोरीको शिकार बनि युगौं बिताएका महिलाहरुले आत्मसम्मान र आत्मविश्वासको सबैभन्दा बलियो हतियार तथा आफूजस्तै अर्को महिलाको साथ पाउन सक्यो भने गर्न नसकिने केहि छैन । सामन्तीवाद संरचना भित्र चरम अन्याय र अत्याचारको थिचोमिचोले पिल्सिएका हजारौ-लाखौं शोषित पीडित, मुक्तिकामी महिलाहरु एक जुट हुनु जरुरी छ । अधिकार मागेर पाइदैन खोसेर लिनुपर्छ । आफ्नो हक अधिकार पाउनका लागि सबै नारी एक हौं ।साहस र आत्मबल जुटाएर महिला माथि भैरहेका जघन्य अपराध खास गरेर यौन शोषण र बलात्कार जस्ता घिनलाग्दा विकृतिलाई रोक्न आवाज उठाऔं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण महिलाहरुप्रति उच्च सम्मानका र हार्दिक शुभकामना छ ।

गैडाकोट – ४ नवलपरासी, हाल इजरायल

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया