Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

माओवादी नेता एवं विधानसभाको संवैधानिक तथा संवाद समितिका सभापति बाबुराम भट्टराईले सञ्चारकर्मीसँग निजी निवास सानेपामा व्यक्त गरेका विचारका सम्पादित अंशः-

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संविधान निर्माण र दलीय छलफलबारे

हामीले निरन्तररुपमा संविधानसभाबाटै संविधान बन्नुपर्छ, सहमतिबाट बन्नुपर्छ भन्ने कुरामा जोड गर्‍यौं । सहमतिबाट बन्नुपर्छ भन्नुको आशय पनि के हो भने संविधानसभा त इतिहासमा जहिलेसुकै पनि क्रान्ति, परिवर्तनको बलमा हुने हो । संविधानसभाले क्रान्ति र आन्दोलनका बेलामा स्थापित जुन एजेण्डा छन् त्यसैलाई संस्थागत गर्ने हो । प्रक्रिया मिलाउने भनेको १९/२० गर्ने हो, आधारभूतरुपले नयाँ चीज ल्याएर गर्ने होइन । इतिहासमा कहिले पनि त्यस्तो हुँदैन । तर, मान्छेको बुझाई कस्तो भयो भने, जो मान्छेहरुमा संविधानसभाको भित्री आत्मसातीकरण थिएन उहाँहरुलाई दोष पनि दिन चाहन्नँ, संविधानसभाको महत्व र तात्विक अर्थबोध नभएको हुनाले उहाँहरुले (कांग्रेस–एमाले) संविधानसभालाई संसद्जस्तो ठान्नुहुन्छ । संसद्ले कानुन बनाएजस्तो, हाम्रो दुई तिहाई भइहाल्छ हामीले जे गरे पनि भइहाल्छ, जे पनि गर्न सकिन्छ भन्ने ढंगले बुझ्ने प्रवृत्ति जुन आयो त्यसले चाहिँ केही समय अल्झिएको हो ।

हाम्रो त कुनै आग्रह पूर्वाग्रह थिएन सिद्धान्त, इतिहास र अनुभवमा आधारित भएर प्रमुख शक्तिहरुको बीचमा प्रमुख मुद्दाहरु: राज्यको पुन:संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति भएर नै संविधान बन्नुपर्छ भनेका थियौं । मैले संवाद समिति र बाहिर पनि यही कुरा निरन्तर दोहोर्‍याउँदै आएको थिएँ । कांग्रेस, एमालेको नेतृत्वमा जो साथीहरु हुनुहुन्छ उहाँहरु शान्ति प्रक्रियाको बेलामा प्रत्यक्षरुपमा जोडिएको मान्छेहरु होइन । त्यसैले गर्दा सायद उहाँहरुले त्यति आत्मसातीकरण गर्न सक्नुभएन, त्यसलाई महत्वबोध गर्नुभएन । तर अब यहाँसम्म आइपुग्दा एउटा त परिस्थितिले पनि विस्तारै बोध गराउँदै गयो । असहमति भएर गयो भने त यो शान्ति प्रक्रिया अभिन्न अंगको रुपमा छ त्यो पूरा हुँदैन, शान्ति स्थापना नभएर अर्को द्वन्द्वतिर जान सक्छ भन्ने बोध पनि सायद भयो उहाँहरुमा ।

दोस्रो, दुईतिहाईले पेलेरै लैजान सकिन्छ भन्ने जुन उहाँहरुको बुझाई थियो, दुई तिहाइले पेलेर लैजाने सम्भव त छैन । संविधानसभामा प्रत्येक पार्टीभित्र पनि भिन्न–भिन्न धारहरु छन्, तिनको व्यवस्थापन गर्ने कुरा छ, फेरि संविधानसभामा त ह्वीप लाग्दैन । यहाँ त विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायका प्रश्नहरु पनि छन् । त्यसले गर्दा सायद उहाँहरुलाई लाग्यो कि आफ्नै पार्टीभित्र पनि पेल्छु भन्दा दुईतिदाई पुर्‍याउन सकिँदैन भन्ने उहाँहरुलाई लाग्यो होला ।

तेस्रो चाहिँ अन्तर्राष्ट्रिय कारण पनि हो । हामीले जतिसुकै भने पनि नेपालमा अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियामा जुन खालको चासो राखेको छ । खासगरी २०४६ सालपछिको शक्ति कांग्रेस, एमाले र राप्रपा, २०६२/०६३ का शक्ति माओवादी, मधेशवादी, जनजाति – यी दुई शक्तिको बीचमा समझदारी भएन भने शान्ति हुँदैन भन्ने त ‘कमन सेन्स’को कुरा हो । त्यसले गर्दा अन्तर्राष्ट्रिय समुदायबाट पनि सहमतिबाटै संविधान बन्नुपर्छ भन्ने कुरा आएपछि सायद अब सहमतिमा जानुपर्छ भन्ने बोध पछिल्लो चरणमा भएजस्तो अनुभुत चाहिँ हुन्छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा जुन खालको गतिरोध भइराखेको थियो त्यो फुकेसँगसँगै सहमतिको दिशातिर उन्मुख भएको सही हो । अहिले वातावरण सहमतितिर गएको छ, कुनरुपमा, कहिले, कसरी हुन्छ भन्न चाहिँ सकिने कुरो भएन । प्रतिवेदन बुझाइसकेपछि अनौपचारिकरुपमा कुराकानी भइराखेको छ । मलाई चाहिँ सायद अब सहमतिको दिशातिरै जान्छ भन्ने नै लाग्छ, मेरो र हाम्रो पार्टीको त सहमतिले नै बन्नुपर्छ भन्ने भइहाल्यो र परिस्थिति पनि सहमतिले नै बन्ने दिशातिर उन्मुख भएको छ ।

माघ ८ मै के हुन्छ भन्ने कुरा चाहिँ भन्न गाह्रो छ । जति छिटो बन्यो उति राम्रो, माघ ८ मै बनोस् भन्ने चाहना हो । बन्छ कि बन्दैन भन्ने त प्राविधिक कुरा पनि हो । समयको चाप त पर्दै गयो । अब २/४ दिनभित्र, केही हप्ताभित्र सहमति बन्यो भने असम्भव चाहिँ छैन । प्रक्रियालाई नियमावलीमा आवश्यक परिमार्जन गरेर असम्भव छैन । त्यो चाहिँ नेतृत्वको इच्छाशक्तिमा भर पर्ने कुरा हो । सत्तामा भएका प्रमुख दलहरुले नै चाहे भने, कांग्रेस–एमालेको बीचमा त सातबुँदे समझदारी पनि छ एक वर्षभित्रमा के–के गर्ने, नेतृत्व फेर्ने भन्ने पनि छ उहाँहरुको, त्यसमा प्रतिवद्ध भएर चाहनुभयो भने त सम्भावना छ । तर उहाँहरुभित्रैको पनि जुन ‘डाइनामिक्स’ छ त्यो मिलेन र चलखेल भयो भने म के परिस्थिति देख्छु भने माघ ८ मै बन्न कठीन हुन पनि सक्छ तर म असम्भव चाहिँ देख्दिनँ । मेरो र हाम्रो पार्टीको चाहना त होस् भन्ने नै हुन्छ ।

मैले देखेको मुख्य विषय मिल्ने, पहिलो मस्यौदा बन्ने, त्यो भयो भने प्रक्रियामा पनि जबरजस्ति पेलेर जान खोज्दा खतरा के हुन सक्छ भने संविधानसभाबाहिर जो पक्षहरु छन्: मोहन बैद्य पक्ष भयो, विप्लव भए, मधेशतिरका भए, उनीहरुलाई पनि कुनै न कुनै ढंगले यसमा संलग्न नगराउने हो भने यो पनि एउटा बहाना अथवा निमित्त कारण बन्दिन सक्छ । त्यसकारण उनीहरुलाई पनि कुनै न कुनै रुपले यो प्रक्रियामा सहभागी गराउन सक्दा चाहिँ संविधानमा सबैको स्वामित्व, अपनत्व हुने र त्यसले लागू गर्न र अघि बढ्न पनि मद्दत पुग्छ भन्ने मलाई लाग्छ । सहमति हुने, मस्यौदा बन्ने, छलफलमा लैजाने, छलफलको क्रममा यी पक्षहरुको पनि कुरा सुन्ने भयो भने नै ‘सुनमा सुगन्ध’ हुन्छ जस्तो मलाई लाग्छ । तर अब त्यसमा कांग्रेस–एमाले कत्तिको तयार हुन्छन्, कसरी सोच्छन् ।

प्रक्रिया नै पूरा गरेर संविधान जारी गर्न कठीन हुँदै गयो तर सहमति भयो र मस्यौदा बन्यो भने त संविधान बनेबराबर नै हो । सहमति भयो र मस्यौदा बन्यो भनेदेखि त प्रक्रिया पुर्‍याउन एकाध महिना लाग्नुलाई मैले खासै अन्यथा मान्दिनँ । त्यसकारण, माघ ८ सम्म मुख्य विषयमा सहमति बन्ने र मस्यौदा बन्ने सम्भावना चाहिँ देखिन्छ । यो केही दिन र केही हप्ताले संकेत गर्छ ।

अब सत्ता समीकरणको विषयमा कुरा त हल्का ढंगले धेरै अघिदेखि नै आएको थियो । मैले त प्रष्ट बुझिने भाषामा नै संकेत पनि गरेको थिएँ र दलहरुको बैठकमा संविधान बनाएर मात्रै त्यतातिर लाग्दा राम्रो हुन्छ भन्दै आएको पनि थिएँ । अहिले चाहिँ असाध्यै नजिकै आएको हुनाले, खासगरी कांग्रेस–एमालेको त्यो सातबुँदे सहमति छ त्यसले उहाँहरुलाई कत्तिको दवाव सिर्जना गर्छ, हामीले भन्न सकिने कुरो भएन । एमाओवादीको जुन कुरा छ हामी चाहिँ त्यो पक्षमा छैनौं । माओवादीको अहिले सरकार परिवर्तनको कुनै रुची, चासो, इच्छा केही पनि छैन ।

राज्य पुन:संरचनाको सन्दर्भमा

हामीले बुझाउन नसकेको हो कि तपाईंहरुको ध्यान नपुगेको हो, प्रदेशको संख्या ठूलो कुरो नै होइन, त्यसको आधार हो मुख्य कुरो । जहाँ जाति, भाषिक, क्षेत्रीय विविधता हुन्छ त्यसलाई सम्बोधन गर्न संघीयतामा जाने हो । हाम्रो विमर्श कस्तो भइराख्या छ भने ठूलो संख्या धान्न सक्दैन भन्ने लगायत छन् । धान्ने/नधान्ने कुरो नै होइन, यदि जातीय, भाषिक र क्षेत्रीय विविधता छ भने त्यसलाई सम्बोधन गर्नको निम्ति, तिनलाई राज्यमा सहभागी बनाउन र आफ्नो स्वायत्त शासन, अपनत्व कायम गर्न संघीयतामा जाने हो । संसारको नियम नै त्यही हो । नेपालमा हामीले त्यो कुराको बोध गरेर संघीयतामा जाने भन्ने कुरा निर्णय गरिसक्यौं । संघीयताको आधार पनि पहिलो संविधानसभाको राज्य पुन:संरचना समिति र राज्य पुन:संरचना आयोगले तय गरिसक्यो । त्यो भनेको पहिचानका ५ आधार, सामथ्र्यका ४ आधार र आयोगले भनेको, त्यो बहसमा बढि गएको छैन, समग्र जनसंख्याको एक प्रतिशतभन्दा बढि संख्यामा रहेका भाषिक, जातीय समुदायलाई एउटा स्वायत्त राज्य दिनुपर्छ भन्ने हो । अरुलाई चाहिँ स्वायत्त क्षेत्र, विशेष क्षेत्र, इलाका भनेको छ तर एक प्रतिशतभन्दा बढि बोलिने भाषा, जातीय समुदायहरुलाई स्वायत्त प्रदेश दिने भन्ने आयोगले स्थापित गरेको मान्यता हो । त्यसमा सबैको सहमति हो । पहिचानका ५ आधार, सामथ्र्यका ४ आधार र एक प्रतिशतभन्दा बढि भाषिक, जातीय समुदायलाई एक स्वायत्त प्रदेश दिने भन्दा जम्मा १० प्रदेश हुन्छ । त्यो भनेको लिम्बु, राई, तामाङ, नेवार, गुरुङ, मगर, यति ६ वटा पहाडमा, थारु र मधेशीले ८ वटा, कर्णाली र सेती–महाकाली खस–आर्यकै बाहुल्य क्षेत्र हो तर ऐतिहासिक ढंगले डोटी र जुम्ला राज्य फरक–फरक भएको हुनाले दुई वटा राज्य गरेर १० वटा बन्ने हो । यो मान्यतामा अडिने हो भने १० राज्य हुन्छन् । यो मान्यतालाई सबैले मानेको छ ।

कांग्रेस–एमाले चाहिँ बढो कन्फ्युजनमा हुनुहुन्छ । पहिचानका ५ आधार पनि हो भन्नुहुन्छ तर उहाँहरुले प्रस्तावित गरेको ठाउँमा केही पनि झल्कँदैन । कि त मान्दिनँ भन्नुपर्छ, मान्ने हो भने त झल्कनुपर्छ नि । आधार मान्दाखेरी चाहिँ १० हो तर त्यसमा त सहमति बनेन । घट्न सक्ने कहाँ हो भने कर्णाली र सेती–महाकाली एक ठाउँमा राखिदिनुभयो भने, आखिर त्यो खस–आर्य बाहुल्य क्षेत्र हो, ९ हुन्छ । त्यसबाहेक यदि सम्बन्धित क्षेत्रका जनता र दलहरुको बीचमा सहमति भयो भने केही निश्चित समयलाई दुईवटा जातीय–भाषिक समुदायको संयुक्त प्रदेश बनाए पनि हुन्छ । सहमति नभइ त भएन, सहमति हुनुपर्‍यो । त्यसको विना आधार एउटाले ३ प्रदेश, अर्कोले ४ प्रदेश भन्ने जुन् भएको छ त्यो चाहिँ लहड र केटौलेपन हो ।

पहिलो कुरा जाति र भाषाका जुन क्षेत्रहरु हुन् तिनलाई टुक्रयाउनु भएन, तिनको सघन क्षेत्र हुनुपर्‍यो । सम्झौता कहाँ हुनसक्छ भने नाम पछि आफैं राख न त भन्ने भयो भने हुनसक्छ । भूगोल पनि टुक्रयाइदिने, नाम पनि नदिने भनेर त के संघीयता भयो त ? त्यसो हो भने त संघीयता हुन्न भन्न पर्‍यो, चित्रबहादुर र कमल थापा ठीक छन् बरु, कम्तीमा उनीहरुले संघीयता नै हुनुहुन्न भनेका छन् । संघीयता दिन्छु पनि भन्ने, पहिचानका ५ आधार पनि मान्छु भन्ने अनि दिने बेलामा चाहिँ ३ प्रदेश ४ प्रदेश भनेर टुक्रा–टुक्रा पार्दिने ? समस्या त्यहाँ परेको हो । मैले सम्बन्धित जनजाति साथीहरुसँग भेट्दा भन्ने गरेको पनि छु कि हामीले पूरै जितेको अवस्था पनि होइन, सम्झौता गर्दा त केही न केही छोड्नु त पर्‍यो त्यसैले कुन–कुन जाति, भाषाको संयुक्त प्रदेश बनाउन सकिन्छ त्यो सल्लाह गरेर ल्याउनुस । तर, त्यसमा पनि भूगोल त मिलाइदिनुपर्छ अनि संयुक्त प्रदेश बनाउने र नाम चाहिँ सम्बन्धित प्रदेशलाई राख्न दिने । मूल बसोबासको क्षेत्रलाई एक ठाउँमा राखेर सीमांकन चाहिँ टुंग्याइदिनुपर्छ । त्यसो भयो भने अहिले ७ र १० भन्ने जुन आएको छ नि त्यसको बीचमा ८ र ९ हुनसक्छ भनेको हो मैले । त्यसको लागि कुन–कुनलाई मिलाएर संयुक्त प्रदेश बनाउने भन्ने विषयमा त कांग्रेस–एमालेले पनि सम्बन्धित पक्षसँग बसेर कुराकानी गर्नुपर्‍यो, मिलाउनुपर्‍यो । तर उहाँहरु नै भूगोल काटेर प्रस्ताव ल्याइदिनुहुन्छ अनि त त्यो समूह (जातीय, भाषिक समुदाय) ‘रियाक्टेड’ भइहाल्छ । त्यो ढंगले छलफल हुने हो भने चाहिँ मलाई ८ वा ९ मा कुरा मिल्छ जस्तो लाग्छ । त्यसैले नै मैले पहिले एउटा सुझावका रुपमा समितिमा प्रस्ताव पनि राखेको थिएँ ।

शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे

परिवर्तनको अनुभुति पनि हुनुपर्‍यो । नेपालको सन्दर्भमा, संघीयतामा पनि हामी जाँदैछौं र नेपालको भू–राजनीतिक एउटा अवस्था पनि छ, विविधता छ । त्यसले गर्दा पूरै अस्थिरता भयो भने देशमा विकास हुन पनि कठिनाई हुन्छ । संघीयतामा गइसकेपछि र देशको विविधतालाई ध्यानमा राख्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएको प्रणाली नै उपयुक्त हुन्छ । कमसेकम ४/५ वर्ष स्थायीत्व दिन्छ भन्ने आधारमा नै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी भनेको हो । हाम्रो चाहना त राष्ट्रपति भन्दा राम्रो हुन्छ, किनभने अढाइ सय वर्षको राजतन्त्रको ‘काउन्टर’मा राष्ट्रपति भन्दा चाहिँ लोकतन्त्रको प्रत्याभूति गराउन पनि राम्रो हुन्छ, रुपमा पनि राम्रो हुन्छ सारमा पनि राम्रो हुन्छ । त्यसमा फेरि ‘इगो’ आउने जस्तो हुन्छ भने बरु नाम जे–सुकै राखौं, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भए पनि हामीलाई आपत्ति भएन । अथवा जेठ २ गते (२०६९ जेठ २) जुन सहमति भएको थियो ‘फ्रेन्च’ प्रणाली वा श्रीलंकन प्रणालीजस्तो मिश्रित, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसद्बाट निर्वाचित प्रधानमन्त्रीबीच अधिकारको बाँडफाँट गर्दा पनि हुन्छ । त्यो खराबै हुन्छ भन्ने पनि त भएन ।

निर्वाचन प्रणाली त समावेशी, समानुपातिक लोकतान्त्रिक प्रणाली भनिसकेपछि कुनै न कुनै प्रकारको मिश्रित प्रणालीको विकल्प म देख्दिनँ । त्यहाँ त जान्छ । न्याय प्रणालीको हकमा पनि पहिले संवैधानिक अदालत राख्ने बरु निश्चित अवधिको लागि राख्ने भन्ने जेठ २ (२०६९ जेठ २) गते सहमति भइसकेको छ त्यहीँनेर सहमति हुन सक्ने म देख्छु ।

पार्टी केन्द्रीय समितिको बैठकबारे

हाम्रो पहिलेदेखि नै कसरी जाने भन्ने विषयमा बहस छ । मैले त निरन्तर राखेको छु २०५५/०५६, ०५७ सालदेखि नै । कम्युनिष्ट आन्दोलनमा कमरेड स्टालीनको पालादेखि एउटा मोडेल बन्यो । माक्र्स, एंगेल्सको पालामा त पार्टी, सत्ता भन्ने नै थिएन । त्यसले गर्दा उहाँहरुले सैद्धान्तिक कुरा मात्रै गर्नुभयो व्यवहारिक खाकाका बारेमा कुरा गर्नुभएन । लेनिनको पालामा पार्टी, सत्ता, नेतृत्व प्रणाली कस्तो हुने भन्ने त्यति बहस छलफल भएन । लामो अवधि त स्टालीनको हो, उहाँ त ३० वर्ष नै सत्तामा बस्नुभयो, पार्टीमा पनि राज्यमा पनि । त्यसक्रममा जुन मोडेल विकसित भयो, सम्पूर्ण शक्ति र सत्ता एउटा व्यक्तिमा केन्द्रित गर्ने र आजीवन त्यही पदमा बस्ने, त्यही नै संसारभरि स्थापित भयो । माओले पनि त्यही गर्नुभयो, हुँदाहुँदै किम इल सुङको २५ वर्षको नातिलाई समेत त्यही बनाउने खालको भद्दा मोडेल बन्यो । समाजवादको नाममा भएको त्यो समाजवादको मोडेल नै थिएन । स्टालीनको त विशिष्ट अवस्थामा दोस्रो विश्वयुद्धमा फाँसीवादविरोधी आन्दोलनको क्रममा वाध्यात्मक अवस्था थियो । त्यो कुनै मोडेल होइन ।

त्यसैले हामीले २०५५ सालदेखि २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलन र २०६० सालको २१औं शताब्दिको जनवादको विकाससम्म ५ वर्षको विहंगम् छलफल गरेर त्यस्तो एकमनावादी मोडेलचाहिँ समाजवादी मोडेल होइन, त्यसलाई बदल्नुपर्छ र कार्यविभाजन पनि समय–समयमा गरिराख्नुपर्छ, सामूहिक ढंगले नै नेतृत्व प्रदान गर्नुपर्छ, त्यो मोडेल खोजौं भनेर हामीले सिद्धान्त प्रतिपादन गरियो । तर यता आएपछि दशआठ वर्ष हामी दैनन्दिन काममा नै अल्झियौं, सैद्धान्तिक कामतिर लाग्न पनि पाएनौं । अब चाहिँ हाम्रो भनाई के हो भने जनवादको अथवा ‘सोसलिष्ट डेमोक्रेसी’को उन्नत मोडेल नै विकास गरेर जाऔं । त्यसो नगरिकन २१औं शताब्दिमा समाजवादप्रति जनताको आकर्षण प्राप्त गर्न सकिँदैन । ‘सोसलिष्ट डेमोक्रेसी’ चाहिँ यो पूँजीवादी लोकतन्त्रभन्दा श्रेष्ठ हुन्छ, राम्रो हुन्छ, सहभागितामुलक हुन्छ भन्ने कुरा देखाउनु पर्छ । त्यो नभएसम्म जनताको आकर्षण पनि हुँदैन र समाजवाद सफल हुन पनि सक्दैन भन्ने सन्दर्भमा हामी अब जुन महाधिवेशनमा जाँदैछौं त्यतिबेला चाहिँ २१औं शताब्दिको जनवाद भन्ने जुन प्रस्ताव २०६० सालमा पारित गरेका थियौं त्यसैलाई अझै विकसित, परिमार्जित र लागू गरेर जानुपर्छ भन्ने अहिले हाम्रो ‘अन्डरस्ट्याण्डिङ’ हो ।

भोलिदेखि सुरु हुने बैठकमा हामीले विहंगम् छलफल गर्छौं । बहस ‘ओपन’ हुन्छ । महाधिवेशनमा जाने तय गरिन्छ, महाधिवेशनको मोटामोटी मिति तय हुन्छ । त्यही क्रममा बहस ‘ओपन’ गर्छौं । महाधिवेशन गर्दा तलैसम्म बहस सञ्चालन गरेर, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर, माक्र्सवादको विचारमा पनि नयाँ ढंगले हामीले विकास गर्नुपर्छ । माओपछि माक्र्सवादको सैद्धान्तिक पक्षमा पनि त्यति धेरै बहस भएको छैन । क्रान्तिको कार्यदिशाको विषयमा पनि अब हामीले समाजवादी क्रान्तिको मोडेल कस्तो हुन्छ भन्ने विषयमा पनि बहस गर्नुपर्‍यो । पार्टी र सत्ताको पनि त्यसको ढाँचा र नेतृत्व प्रणालीको विषयमा पनि बहस गरेर नयाँ ठाउँमा पुग्नुपर्छ भन्ने हाम्रो भनाई हो । त्यसमा हाम्रो नेतृत्व पंक्तिमा नयाँ ढंगले नगइ हुँदैन, अब जानुपर्छ र हामीले फेरि कम्युनिष्ट आन्दोलनमा नयाँ ध्रुवीकरण सिर्जना गरेर नयाँ शक्तिको रुपमा जानुपर्छ भन्ने भएको छ । मैले नयाँ शक्ति भन्दाखेरि अलग गुट, अलग पार्टी भन्ने अर्थमा बुझियो तर पार्टी नै रुपान्तरण भनेको हो । समाजवादी क्रान्तिको नयाँ चरणमा हामी प्रवेश गर्दैछौं भने नयाँ चरणले त नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ संगठन, नयाँ नेतृत्वको माग गर्छ । त्यस अर्थमा त्यो नयाँ शक्ति हुन्छ भनेको हो ।

महाधिवेशन आयोजक समिति बनाउने, सैद्धान्तिक–राजनीतिक बहस र छलफललाई खुला राख्ने र महाधिवेशनसम्म पुग्दाखेरी चाहिँ एउटा नयाँ उचाईबाट नेतृत्वप्रणाली पनि नयाँ सिर्जना गर्ने भन्ने सामान्य ‘अन्डरस्ट्याण्डिङ’ हो । हामीले विकास गर्न खोजेको प्रणाली कस्तो हो भने जसले लामो अवधि योगदान गर्छ, आजीवन बस्न हुँदैन भन्ने त २०६० सालमै सहमति भइसकेको छ, त्यसमा आगामी महाधिवेशनबाट अध्यक्षले नेतृत्व हस्तान्तरण गर्नुभयो भने उहाँ चाहिँ वैचारिक–राजनीतिक काममा लाग्ने । हामी कम्युनिष्टहरुले आजीवन वैचारिक–राजनीतिक काममा चाहिँ लगाइराख्नुपर्छ, किनकि यो ‘कम्युनिजम’को जुन ध्येय, लक्ष्य छ यो त पुस्तौं पुस्ता लगाएर प्राप्त हुने कुरा हो । त्यसो भएको हुनाले हामी निरन्तर क्रियाशील भइराख्नुपर्छ, शारिरीकरुपमा सक्षम होउन्जेल वैचारिक–राजनीतिक काममा लागिराख्नुपर्छ, कार्यकारी जिम्मेवारी चाहिँ नयाँ साथीहरुलाई दिँदै जानुपर्छ । हामीले यस्तो प्रणालीको विकास गर्न खोजेका हौं ।

महाधिवेशनका लागि अलि समय लिएरै गरौं भन्ने छ । मोटामोटी १ वर्षजति समय लिनुपर्छ जस्तो लाग्छ । किनभने हाम्रो बुझाई कस्तो हो भने एउटा ठूलो वैचारिक–राजनीतिक बहसबाट नगइकन चाहिँ पार्टी र आन्दोलनलाई नयाँ ढंगले उचाईमा पुर्‍याउन सकिँदैन । अन्तर्राष्ट्रियरुपमा पनि माक्र्सवादको सन्दर्भमा नयाँ प्रश्नहरु आएका छन्, मैले त पहिले पनि भनेको छु ‘आजको माक्र्सवाद’मा, माक्र्सवाद पनि २१औं शताब्दिको आवश्यकताअनुसार विकसित गर्नुपर्छ भन्ने विषयमा पनि हामी बहस गर्छौं । पहिले चाहिँ हामीले, समयले पनि भ्याइएन, बहस छलफल नगरि सिधै दस्तावेज प्रस्तुत गर्ने गरेका थियौं अहिले चाहिँ त्यसो नगर्ने कमसेकम ६ महिनाजति लगाएर दस्तावेज तयार पार्ने र ६ महिनाजति चाहिँ तलै गाउँदेखि, ‘सेल’देखि खुला छलफल चलाएर, बाहिरको पनि विचार लिएर महाधिवेशनमा जाने हो भने साँच्चिकै महाधिवेशन हुन्छ भन्ने छ ।

कम्युनिष्ट आन्दोलनको एउटा चरण २००६ सालदेखि २०४६ सम्म भयो । अर्को चरणचाहिँ २०४६/०४७ सालपछि । संशोधनवादी धारको रुपमा एमाले आयो । क्रान्तिकारी धारको रुपमा एकताकेन्द्र हुँदै एमाओवादी आयो । त्यसले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता आयो र पूँजीवादी लोकतन्त्रको एउटा विन्दुसम्म पुर्‍यायो । अब हामी समाजवादी क्रान्तिको नयाँ चरणमा जाँदैछौं, नेपालको युग नै नयाँ चरणमा प्रवेश गर्दैछ । यसले नयाँ विचार, नयाँ पार्टी र नयाँ संगठनको माग गरिराख्या छ । हामीले यसलाई फेरि नयाँ क्रमभंगको रुपमा लिनुपर्छ । एउटा युग सकिएर अर्को युगमा रुपान्तरण गर्दैछौं त्यसकारण हामी आफ्नो पार्टीमात्रै होइन समग्र कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले संगठित गर्ने ढंगले जानुपर्छ । त्यसका लागि विप्लवदेखि लिएर एमालेसम्म छरिएर रहेका कम्युनिष्ट क्रान्तिकारीहरु, प्रगतिशील शक्तिहरुलाई समेत गोलबन्द गर्दै गएर नयाँ ढंगको पार्टी निर्माण गर्नु पर्छ भन्ने पनि हो । त्यसैले यो महाधिवेशनको क्रममा त्यो खालको बहस पनि चलाउँछौं ।

अहिले साम्राज्यवाद र पूँजीवादमा जुन खालको संकट आएको छ, सन् २००७/००८ मा जुन खालको वित्तीय संकट आयो त्यसले त अन्तर्राष्ट्रियरुपमा ठूलो बहस चल्यो । माक्र्सवादतिर फर्क भन्ने अभियान नै चल्यो । माक्र्सवादसम्बन्धी यतिधेरै ‘लिटरेचर’हरु आइराखेका छन् । फेरि माक्र्सवादको विकल्प छैन, पूँजीवादले शान्ति र स्थायीत्व दिन सक्दैन । हिजो बिसौं शताब्दिमा रुस, चीनमा जुन मोडेल बन्यो त्यो त हुँदैन, नयाँ मोडलसहितको माक्र्सवाद र समाजवाद आवश्यक छ भन्ने बहस छ । हामी नेपालमा पछिल्लो आन्दोलनको कडी हुनुको नाताले त्यो बहसलाई नयाँ उचाईमा लगेर समग्र माक्र्सवादको विकासमा पनि योगदान गर्नुपर्छ भन्ने पनि छ ।

प्रचण्ड–बाबुराम सम्बन्ध

मान्छेमा प्रचण्ड र बाबुराम मिल्दैनन् भन्ने भ्रम पनि छ । तर २०४६/४७ सालपछि सबैभन्दा बढि मिल्ने प्रचण्ड र बाबुराम नै हुन् । एकताकेन्द्रको गुदी पनि यिनीहरु नै हुन् । त्यो बेलादेखि अहिलेसम्म निरन्तर रहनेमा पार्टीमा अहिले तीनजना: प्रचण्ड, म र टोपबहादुरजी छौं । पोष्टबहादुर बोगटी बित्नुभयो, अन्य केही साथीहरुको बीचमा ‘ग्याप’ भयो, केही साथीहरु पार्टी छोडेर जानुभयो । प्रचण्ड र बाबुरामको सम्बन्ध एकता, संघर्ष र रुपान्तरणको सम्बन्ध हो । मान्छेहरु विवाद भन्छन् त्यो सत्य होइन, हामीबीचमा बहस र छलफल हुन्छ । बहस र छलफल त हुन्छ, यो त आजीवन भइराख्छ नत्र त विज्ञानको विकास नै हुँदैन ।

तपाईको प्रतिक्रिया