Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

अन्ततः वैद्य माओवादी विभाजन हुने निश्चित भएको छ । केही समय विभाजनको संक्रमणकाल रहे पनि वा दुवै पक्षले फूटको घोषणा नगरे पनि त्यो लामो समय जाने छैन । केही समयपछि फूटले औपचारिकता प्राप्त गर्ने निश्चित भइसकेको छ । कुनै पनि पार्टी जुट र फूटबाट नै गुज्रिने हुन्छ । नफूटेका पार्टीहरू संसारमा कुनै पनि हुँदैनन् । अहिले वैद्य माओवादीमा जुन खालको फूट भएको छ , यसको नेपाली राजनीतिमा र समाजमा पर्न सक्ने प्रभावहरूका विषयमा यहा संक्षिप्त विश्लेषण गर्ने प्रयास गरिएको छ ।

प्रचण्ड नेतृत्वको एकीकृत माओवादीबाट फूट्ने बेलामा वैद्य माओवादी पक्षमा अनेक खालका प्रवृति भएका नेता कार्यकर्ताहरू जम्मा भएका थिए । कोही मन्त्री नपाएर रिसाएका, कोही पद नपाएर रिसाएका, कोही राजनैतिक नियुक्ति नपाएर रिसाएका, कोही सम्मान नपाएर रिसाएका आदी मानिसहरू पनि वैद्य पक्षमा लागेका थिए । यसको असर पर्नु अनिवार्य थियो नै । उनीहरू अर्को जनक्रान्तिको पक्ष्ँमा व्यवहारिक रुपमै लाग्ने गरी आएका थिएनन् । तर प्रचण्ड बाबुरामसँगका विविध मतभेदका कारण पार्टी फूटमा संलग्न रहे । त्यसैले वैद्य पक्ष फुट्नु अनिवार्य थियो । अर्को क्रान्तिमा जान वा सघाउन तयारहरू र अहिले जान तयार नभएकाहरू बीच फूट अनिवार्य थियो । यो काम अहिले भएको छ ।

अहिलेको फूटको अर्को कारण वैद्य माओवादीले लिएको अस्पष्ट कार्यदिशा पनि हो । वैद्य पक्षले प्रचण्डबाट फूटको बेला ‘जनयुद्धको जगमा जनविद्रोह गर्ने’ भन्ने अस्पष्ट कार्यदिशा लिएको थियो । यो कार्यदिशा वर्तमान परिस्थितिका हिसावले सारसंग्रहवादी मध्यपन्थी कार्यदिशा थियो । जनसेना, हतियार, जनसत्ता आदि जस्ता जनयुद्धको जग नै बुझाइसकेको र भंग गरिसकेको स्थितिमा जनयुद्धको जगमा जनविद्रोह गर्ने भन्ने कार्यदिशा सारमा र व्यवहारमा दक्षिणपन्थी कार्यदिशा नै थियो । पुनः नयाँ क्रान्ति गर्नुपर्दछ भन्ने नेता कार्यकर्ताहरूले जब मूल नेतृत्वलाई क्रान्तिको वास्तविक तयारीमा लाग्न दबाब दिन थाले, तब सो कार्यदिशाको पोल खुल्न थाल्यो र अहिले आएर यो फूटमा परिवर्तन भएको छ ।

यस नयाँ विभाजनको तात्कालिक प्रभाव नै राष्ट्रिय स्वरुपको बन्यो र एक हदसम्म अन्तर्राष्ट्रिय पनि वन्यो । देश भित्रका सबै संचार माध्यमले यसलाई प्राथमिकता साथ समाचार बनाए । देशमा पुनः सशस्त्र संघर्ष गर्ने पार्टी बन्यो र अब यो पार्टी छिटै जंगल जाँदैछ भन्ने समाचार एकैपटक देशका सबै घरघरमा पुगेको छ । एउटा ठूलो तरंग यस फूटले ल्याएको छ । यसबारे नकारात्मक सकारात्मक सबैखाले प्रतिक्रियाहरू आइरहेका छन् । देशभित्र मात्र होइन कयौं अन्तर्राष्ट्रिय संचार माध्यमहरूले पनि यसबारे समाचार बनाए । साथै विभिन्न देशका दुतावासहरूले पनि यसमा चासो दिएका समाचार आएका छन् । स्थापित ठूला दलहरूका नेताहरूको असक्षमता, अयोग्यता र अकर्मन्यताले गर्दा पुनः देश नयाँ गृहयुद्धमा जाने आशंकालाई यस फूटले पुष्टि गरेकोछ । यस फूटले नौं वर्षको शान्तिकालको अन्त्य हुन लागेको संकेत गर्दै जनमानसमा अर्को सशस्त्र संघर्षको लागी मनोवैज्ञानिक तयारीको थालनी गराइदिएको छ ।

यस फूटको पहिलो प्रभाव स्वरुप संविधान समय मै बनाउन कांग्रेस एमाले लगायतका सत्तापक्ष्ँीय दलहरूलाई ठूलो दबाब पर्नेछ । समयमै संविधान बनेन भने अब सशस्त्र संघर्ष गर्ने पार्टीलाई एउटा अर्को बहाना थपिनेछ । जनतामा संविधान समयमै दिन नसकेको आक्रोशलाई यस नयाँ माओवादी पार्टीले उपयोग गर्नेछ । समय मै संविधान जारी गरेर आफ्नो सत्ता सुढृढ गरिएन भने यस्तो अस्थिरता र अराजकतालाइ नयाँ माओवादी पार्टीले सशस्त्र संघर्षको पक्षमा उपयोग गर्ने कुरा सत्तापक्षीय दलका नेताहरूले रामै्र बुझेका छन् । सशस्त्र संघर्ष सुरु गर्नका लागि अहिलेको जस्तो सत्ता पक्षमा अस्थिरतालाई स्वर्णिम समय मानिन्छ । कुनै बेला आफैंले पनि सशस्त्र संघर्ष गरेका सत्ता पक्षका नेताहरूलाई यस्तो ज्ञान छैन भन्नु सहि नहोला । त्यसैले प्रचण्ड र मधेशवादी तथा जनजातिवादी दलहरूलाइ या त फकाएर वा या त तह लगाएर भए पनि समय मै संविधान घोषणा गर्न सत्ता पक्षलाइ ठूलो दबाब पर्नेछ । साथै अन्तर्राष्ट्रिय शक्तिहरूका लागि पनि नयाँ माओवादीको निर्माण र नयाँ क्रान्ति गर्ने घोषणाले नेपालमा समय मै सविधान बनाउन यहाँका विविध पक्षहरूमाथि दबाब बढाउने बाध्यता बढ्दै जानेछ । यहाँ पुनः हुने क्रान्ति उनीहरूका लागी निकै अशुभ खवर हो । बल्ल तल्ल प्रचण्ड बाबुरामहरूलाई खरिद गरेर गद्दार बनाएर तह लगाएको क्रान्ति पुनः सुरु हुनु उनीहरूका लागि ठूलो टाउको दुखाइको विषय बन्नेछ ।

प्रचण्ड बाबुरामहरू भने यस फूटबाट खुशी पनि छन् र सबभन्दा दुःखी र भएभित पनि उनीहरू नै छन् । यस फूटबाट उनीहरूलाई सत्ता पक्षसँग बार्गेनिङका लागि थप शक्ति प्रँप्त भएको छ । नयाँ माओवादीले सशस्त्र क्रान्ति सुरु गर्न लागेको हल्ला देखाएर सत्ता पक्षलाई तर्साउने र सत्तामा हिस्सेदारीकोलागि बार्गेनिङ गर्न प्रचण्ड बाबुरामहरूले सुरु गरिसकेका छन् । बाबुरामले त भनिसके कि यस्तै भैरहेमा अर्थात उसलाई कुर्सीबाट बाहिरै राखी छोडेमा उसले फेरि हतियार नबोके पनि हतियार बोक्नेहरू निस्कनेछन् । प्रचण्डले पनि बारम्बार अनेकौं धम्की दिइरहेका छन् । यस फूटबाट प्रचण्ड बाबुराम जस्ता नवदलाल पुँजीपति अरबपतिहरू र जनयुद्ध प्रति गद्दारी गरेर करोडपति र करोडपत्नी वन्न पुगेकाहरू भएभित भएका छन् । नयाँ क्रान्तिको पहिलो निशाना आफूहरू नै हुने थाहा पाएका यी गद्दारहरूको सातो गएको छ र निंद हराम भएको छ । आफूले जनसेना र हतियार बुझाएर (बेचेर) तथा सत्तामा छँदा भ्रष्टाचार र लुटतन्त्रबाट हत्याएको सम्पति कसरी लुकाउने भन्ने चिन्ता त हुने भै हाल्यो । साथै अब त आफ्नो ज्यानको पनि सुरक्षाको चिन्ता उनीहरूलाइ पर्न थालेकोले यसको प्रभाव उनीहरूका आगामी क्रियाकलापमा पर्ने निश्चित छ ।

माओवादीको वर्तमान फूट भनेको प्रचण्ड बाबुराम तथा वैद्य र सुशील कोइरालाहरूको युग सकिन लागेको सन्देश पनि हो । नेपाली नयाँ क्रान्तिको नेतृत्व नया पुस्ताले आफ्नो हातमा लिएको छ अब । ढिलो चाँडो अरु पार्टीहरूमा पनि नयाँ पुस्ताले नेतृत्व हातमा लिएन भने ती पार्टीहरूको पतन अनिवार्य रुपमा हुने सम्भावना बढनेछ । जति–जति नया क्रान्ति अगाडि बढ्नेछ, त्यति नै चाँडो अरु पार्टीहरूमा पनि फूट पैदा हुने सम्भावना बढ्नेछ । किनभने पुराना संकटहरू समाधान नहुने र नयाँ अझ जटिल संकटहरू थपिँदै जाने गरेपछि प्रत्येक पार्टीभित्रको अन्तरविरोध चर्कने स्वभाविक हुन्छ । यस फूटले अब देशमा नया ध्रुवीकरण सुरु गराउनेछ । देशलाई पछाडि फर्काउनेहरू, यथास्थितिमा राख्न चाहनेहरू र नयाँ क्रान्ति गरेर अधि जान चाहनेहरू गरेर तीन धु्रवमा देशको राजनीतिक धु्रवीकरण हुनेछ । अर्थात राजतन्त्र वा धार्मिक गणतन्त्र चाहनेहरू, मुठ्ठीभरको गणतन्त्र अर्थात अहिलेको जस्तो यथास्थिति राख्न चाहनेहरू तथा बहुसंख्यक जनताको जनपक्ष्ँीय गणतन्त्र चाहनेहरू गरी तीन धु्रवमा देशको राजनैतिक संघर्ष चर्कनेछ । अहिले दशवटा जातीय पहिचानवाला संघीयता पक्षधरहरू पनि मुठ्ठीभरको गणतन्त्र कै पक्षपाती हुन् किनभने देशमा सयभन्दा बढी जातीहरू उत्पीडित छन् भन्ने उनीहरूले नै स्वीकार गरेको तथ्य हो ।

यस फूटले एमाओवादीको एउटा ठूलो हिस्सालाई त्यस पार्टीको नेतृत्व र नीतिप्रति शंकालु बनाउँदै लैजान्छ र निश्कृय बनाउँदै लग्छ । तर, एउटा हिस्सा भने पुनः सशस्त्र संघर्ष र नयाँ माओवादीप्रति आकर्षित हुँदैजाने हुन्छ । यसले एमाओवादीको कार्यकर्ता पंक्ति र जनआधारलाई क्रमशः तीव्र गतिमा घटाउँदै लग्नेछ । नयाँ माओवादी सशस्त्र संघर्ष सुरु हुनु भनेको प्रचण्ड बाबुरामको एमाओवादी पार्टी विघटन तीव्र हुने दिन आउनु हो । तत्कालका लागि एमाओवादीले वैद्य पक्षसँग एकता गर्ने संभावना पनि टरेको बताइन्छ । किनभने यदि अहिले यो एकता भएमा बहुसंख्यक कार्यकर्ताहरू नयाँ माओवादीमा जाने सम्भावना हुन्छ । केहि समयपछि एकता हुन सक्ने संभावना भए पनि प्रचण्ड बाबुराम वैद्यको एकता बलियो नहुने निश्चित छ । टुटेको मन र फूटेको पार्टी पहिलेको जस्तै बन्न सक्दैन ।

यस फूटले कांग्रेस पार्टीलाइ पनि गम्भीर प्रभाव पार्नेछ । सबैखालको घेराबन्दीमा कांग्रेस पर्नेछ । सबैको प्रहारको निशाना कांग्रेस नै हुँदां आएकोमा एउटा सशस्त्र संघर्ष गर्ने पार्टी थपिनेछ । आन्तरिक सत्ता संघर्ष झन् चर्कनेछ, कांग्रेसभित्रको हिन्दुवादी पक्ष अझ शक्तिशाली बन्दै जानेछ र स्थिति सम्हालिन गएन भने कांग्रेस पुनः फुटको शिकार बन्नेछ ।

माओवादीको वर्तमान फूटले एमालेमाथि पनि ठूलो र गम्भीर प्रभाव पर्नेछ । जनयुद्धकालमा एमालेको विभाजनले जस्तै अहिले नै नयाँ माओवादीको सशस्त्र संघर्षलाई कार्यकर्ता सप्लाई गर्ने काम एमालेबाट भैहाल्ने स्थिति होइन । तर क्रमशः त्यस्तो पंक्ति नयाँ माओवादी प्रति आकर्षित हुन थाल्ने हुन्छ । यदि नयाँ माओवादीको सशस्त्र संघर्ष अब संविधान बनेको दुई वर्षसम्म पनि नहुने हो भने देशमा बहुमतसहित सरकार बनाउने गरी एमालेको विजय हुने सम्भावना अझै छ । तर संविधान वनाउन हुने ढिलाइ र नयाँ माओवादीको सशस्त्र संघर्षको कारणले एमालेको त्यो स्वर्णिम अवसर गुम्ने निश्चित हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया