Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

नेपाली संचार माध्यममा प्रविधिसँग अनलाइन समाचारसंग सम्वन्धित सामाजिक सञ्जाल फेसबुक पनि एक हो। निश्चित रुपमा फेसबुकबाट हामी धेरै फाइदाहरु बटुल्न सक्छौ, अपरिचित साथीसंग परिचय गर्ने देखि लिएर भुलिसकेका साथीहरु अथवा सम्पर्कमा आउन नसकेका Facebook Ok Finalसाथीहरुलाई खोज्न बिशेष सहयोग गर्ने गर्छ फ़ेसबुकले ।त्यति मात्र नभएर प्रत्येक सुख र दुखलाई एकै पटक धेरै साथीलाई बढ्न सक्ने समेत माध्यम बनेको छ फेसबुक । तर केहि समयदेखि फेसबुकमा अनाबस्यक फोटोहरु ट्याग गर्ने, एक अर्कालाई गाली गर्ने धम्कि दिने, एक अर्काको बारेमा जथाभाबी टिपणी गर्ने जस्ता घिनलाग्दा कार्यले फेसबुकबाट लिइने फाइदा समेत गुम्ने सम्भावना देखिएको छ । त्यसैले सभ्य समाजका हामी सभ्य नागरिकहरुले आंच आउने कार्य नगरौ ।

सामाजिक सञ्जालको सर्वत्र फाइदा वर्णन गरिरहनु खासै आवश्यक छैन । सामाजिक सञ्जाल सबैभन्दा छिटो सामाचार प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तित्व विकासदेखि मुलुकको विकाससम्म भूमिका निभाइरहेको सामाजिक सञ्जाल पछिल्लो समयमा बिकृतिमय पनि बन्दै गएको छ । प्रविधिको सही सदुपयोगले जति फाइदा पुग्छ, यसको दुरुपयोगले यो भन्दा कयौं गुणा क्षति पुग्छ । विश्वका १ अर्बभन्दा बढी र नेपालमा मात्रै २० लाख भन्दा बढीले प्रयोग गर्दै आएको फेसबुक ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको बिँड’ बन्न पुगेको छ । यो कुरा नबुझ्दा धेरै फेसबुक प्रयोगकर्ताहरु जेलमा बास बस्न विवश भएका छन् ।फेसबुक त एक सामाजिक सञ्जाल हो तपाईले गरेको कुकृति सामाजिक सञ्जालमार्फत तपाई कै आफन्त, तपाईकै छरछिमेक हुंदै तपाईकै घरमा एक दिन प्रवेश गर्छ ।

फेसबुक जुहारी खेल्ने चौतारी नभएर प्रतिभा प्रस्फुटन गर्ने र सिक्ने सिकाउने चौतारी हो । तर, यसको सदुपयोगभन्दा दुरुपयोग बढिरहेको छ । कतिपय प्रयोगकर्ताहरु स्वार्थ र मजाकका लागि यसको प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजक पनि बनाइदिएको छ भने झिनो मात्रामा भए पनि डरत्रास पनि उत्पन्न गराइदिएको छ । निर्धक्क साथ मनको वह पोख्दा पनि पक्राउ परिने हो कि भन्ने शंका उब्जिन थालेका छन् । विश्व नै सामाजिक सञ्जालमा बाँधिएको परिवेशमा आफ्नो विचार प्रस्तुत गर्न पनि त्राहीमाम हुनुपर्ने अवस्था आउनु भनेको विडम्वनाको कुरा हो ।

फेसबुकमा राम्रो नराम्रो सहितका छुट्टै संसार छन । अहिले नै ख्याल नगर्ने हो भने भोलिका दिनमा विवादका धेरै संभावना देखिन्छ । सहजै पत्ता नलाग्ने हुनाले फेक आइडीबाट पनि फसाउने संभावना उत्तिकै देखिन्छ । राजावादीले कम्युनिष्टलाई गाली गर्ने, कम्युनिष्टले राजावादीलाई गाली गर्ने यस्ता काण्डहरु नमच्चिएलान् भन्न सकिन्न । भावानात्मक र सोचमा आधारित कुराहरुलाई लिएर कारवाही गर्दै जाने हो भने फेसबुकधारीहरु कोही पनि बच्नेवाला छैन । कसैका लागि सामान्य र सही लाग्ने कुरा पनि कसैका लागि आपत्तिजनक लाग्छन् । एक व्यक्तिलाई भनेर पोष्ट गरेका कुरामा अर्कैले झूठा आरोप लगाइदिन्छन् । यस्तो परिवेशमा कसलाई कारवाही गर्ने कतिलाई कारवाही गर्ने ? यो लेखको उद्देश्य अपराधीलाई जोगाउनु र विकृति फैलाउनु पटक्कै होइन । प्रविधिको विकाससँगै यसले विकृतिलाई पनि स-सम्मान भित्र्याएको छ । अतः सामाजिक सञ्जाल भनेको एउटा खुल्ला संग्रहालय हो । कि यसलाई चीन, पाकिस्तान लगायतका मुलुकहरुमा जस्तै पूर्णरुपमा बन्द गर्नुपर्‍यो कि खुल्ला छाड्नुपर्‍यो कि त निश्चित आचारसंहिता बनाएर कारवाहीको दायरामा ल्याउनुपर्‍यो । किनकि हामीहरु भनेका नेपाल देशका नागरिक हौ अनि नेपाल हामी सबै कि आमा हुन अनि फेसबुक त एक सामाजिक सञ्जाल हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया