Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

भरतपुर – चितवनका तीनजना गजलकारका छुट्टा छुट्टै तीन कृति शनिबार एक समारोहकाबीच विमोचन भएको छ ।

पुष्प अधिकारी अञ्जलिको ‘वाह ! काठमान्डु’, बिजयराज ज्ञवालीको ‘सिरानीमा जून’ र प्रभाकर पण्डितको ‘समय’ गजल संग्रहको शनिबार भरतपुर-१० मा रहेको महाकालेश्वर मन्दिर नजिकैको सगुन पार्टी प्यालेसमा विमोचन गरिएको हो।
???????????????????????????????
अग्रगामी समाज नेपालको आयोजनामा भएको कार्यक्रममा गजलकार घनश्याम न्यौपाने परिश्रमीले ‘समय’, कान्तिपुर दैनिकका पारसप्रकाश नेपालले ‘वाह ! काठमाडौं’ र राजेन्द्र रिजालले ‘सिरानीमा जुन’ गजल संग्रहको विमोचन गरेका हुन् । विमोचित कृतिका रचनाकार गजलकारले आफ्ना उत्कृष्ट गजल कार्यक्रममा बाचन गरि सुनाएका थिए ।  ???????????????????????????????

कार्यक्रममा साहित्यकार धनराज गिरीले पुष्प अधिकारी अञ्जलीको व्यक्तित्व र सृजना, केशबराज आमोदीले ‘सिरानीमा जुन’ गजल संग्रहमा समेटिएका गजल र गोविन्दराज विनोदीले प्रभाकर पण्डितको गजलकारिताका बिषयमा समालोचनात्मक मन्तब्य राखेका थिए ।

कार्यक्रममा साहित्यकार प्रेम विनोद नन्दन, साहित्यकार एलबी क्षेत्री लगायतका साहित्यकारले शुभकामना मन्तब्य राखेका थिए ।   कार्यक्रममा प्रमुख अतिथि पारसप्रकाश नेपाल, विशिष्ट अतिथि डा. घनश्याम न्यौपाने परिश्रमी लगायतले साहित्य क्षेत्रमा देखिएका विकृतिबारे असन्तुष्टी व्यक्त गर्दै यस्ता प्रबृतिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएकाथिए ।

कार्यक्रम अग्रगामी समाज नेपालका संस्थापक अध्यक्ष राजेन्द्र रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो ।***   ??????????????????????????????? ??????????????????????????????? ???????????????????????????????

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया