Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

भित्तामा झुण्डिएको भित्ते पात्रोमा विहानीको निद खुल्ने बित्तिकै पहिलो नजर पर्यो । पिरो र अनिदो आँखा मिच्दै तिथिमिति हेर्दा पो थाहा पाएँ आज त बडा दशैं पो त ! वडा दशैंको महाअष्टमीको दिन । मन त यती खुशी भयो कि खुशीको सीमा नै रहेन । विस्ताराबाट उठेर शरीर तन्काउँदा हात भित्तामा बज्रिँदा याद आयो कि परदेशी भूमि, कर्मभूमिको बास अनि त्यही भूमिको कोठा हो यो भनेर । हामी परदेशीलाइ के दशैं के तिहार भन्ने कुरा दिमागमा आइहाल्यो र केहीवेर अगाडि हर्ष र खुशीले गदगदाएको मन एक्कासी दुखित हुन पुग्यो । दुखित नहोस पनि कसरी ? गाउँघर, जन्मेको देश छोडेर परदेश लागेको पनि यतिका वर्ष भैसकेको छ । सम्पूर्ण चाडवाड, वडादशैं अव विस्तारै मन र मस्तिष्कमा कथा बन्दै गइरहेका छन्  । हुनतः परदेशमै भएपनि समय परिस्थितिले साथ दिंदा दशैंतिहार, माघे सक्रान्ति, पुसेपन्ध्र, तिजजस्ता चाडवाडहरू नमनाएको भने होइन तर जुन मज्जा, रमाइलो र आनन्द आफ्नै गाउँघर, परिवार, साथीभाइ र इष्टमित्रहरूसँग आफ्नै देशमा मनाउँदा आउँछ त्यो मज्जा यो परदेशमा नआउँदो रहेछ ।
विहानीपखको चिसो हावाले नेपालकै घरमा हुँदाको दशैं आउँदाको समयको याद दिलाउँदैछ । परदेशमै भएपनि सयपत्री नफुलेका होइनन् तर आफ्नै गाउँघरको आगनीको छेवैमा फुलेको सयपत्रीको वासनाजस्तो नमगमगाउँदो रहेछ । सरसफाइ र पुछपाछ परदेशमै पनि नपारिएको होइन तर रातोमाटोले लिपिएका आँगन पिंढी र भित्ताहरूबाट आउने बासना यहाँ पटक्कै छैन । मासु भात दैनिक खाइएकै छ विदेशमा तर दशैंमा काटेको खशीको कानलाइ आँगनमै पोलेर खाने अवस्था परदेशमा रहने कुरै भएन । रोजीरोजी आधुनिक रेडिमेट कपडा लगाएकै छाैं तर दशैंको बेला झम्के दाइले पिंढीमा राखेर नापजाप गरी सिलाइदिनुभएको दउरा र भोटोको जस्तो न्यानोपन पटक्कै छैन । लरक्क लर्किएका धानका वाला माड्दै हातमा लट्टाइ र चंगा लिएर कमलपोखरीको डाँडाबाट चंगा चेट गरेको क्षण यो परदेशमा फेरि कहाँ आउँछ र ? दशैंको मासुचिउरा चपाउँदै लंगुरवुर्जा थापेको अनि हातभरी बनाएको त्यो सुका र मोहोर यो परदेशमा कहाँ छ र ? परिवारकै बुढापाकाहरू लहरै अगाडि रातो टिका र जमराको टपरी लिएर सुकुलमाथि पलेटी कसेर बस्दै सबैलाइ पालैपालो रोलक्रमले टिका र आशिर्वाद लिंदा र दिंदाको त्यो क्षण आगनको भीडबाट च्यापिंदै हेरेर आफ्नो पालो कुरेर बसेको र आफू पनि त्यही हुलमा तँछाड मछाड गर्दै मान्यजनहरूको हातबाट टिका र आशिर्वाद थाप्दै दक्षिना जम्मा गरेको त्यो पल यहाँ विदेशमा अव कहाँ आउँछ र ? आजसम्म त कुलदेवीको कोठामा राखेको जमरा लामो र पहेंलो भैसक्यो होला । विहानै चण्डीपाठ, गोकुल धुपबत्तिको बासना बसाएको होला । पूजा कोठा तथा मन्दिरहरूमा डमरू घन्किएको होलान । डाँडाको देवीको मन्दिरमा घण्टाको आवाजले गाउँ घन्किएको होला । तर हामी परदेशीको मनमा यो वडा दशैं गाउँघर, परिवार र साथीसंगीसँगको विछोडको पीडाको आगो दन्किएको छ मनमा ।
उफ् सम्झनाको संसारमै रहँदा अकस्मात साथमै रहेको मोवाइलको अलाराम बज्दैछ, संकेत गर्दैछ कि आजको दैनिकी शुरू भयो भनेर । तपाइ हामी परदेशीको पीडा, कल्पना र सम्झना एउटै नहोला भन्न सकिन्न तर हामीले नै रोजेको यो बाटो हामीले नै दुःखसुखमा सम्हालिएर हिड्नुपर्छ । जे जस्तो भए पनि हामी जो जहाँ र जसरी भएपनि शुभ विजय दशमीको उपलक्ष्यमा सबैको सु-स्वास्थ्य, सुख-समृद्धि र उत्तरोत्तर प्रगतिको कामना विदेशी भूमिबाट नै । शुभ विजया दशमी ।

(लेखक वीफरअल, जापानका अध्यक्ष हुन् ।)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया