Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

जापानका नेपाली नारीहरुका लागि तीज पर्व मात्र एउटा यस्तो पर्व भएको छ जसले मात्रै उनीहरुलाई एकैचोटी ब्यूझाउने तागत राख्दछ । त्यसबाहेकका अन्य पर्व र अवसरका कार्यक्रमले यहाँका महिलाहरुको ध्यान तान्न त्यति सकेको देखिदैन । यसैको फाइदा उठाउँदै यहाँका धेरैजसो संघसंस्थाहरुले तीजको कार्यक्रम आयोजना गर्न होडबाजी गर्छन र नभएका सँस्था पनि जन्माईन्छन् । यो वा त्यो नाममा सहयोगार्थ भनेर कार्यक्रम गरिन्छन् र कायक्रम सकिएपछि न त त्यसको सार्बजनिक जानकारी गराउने आयोजकहरुले कर्त्तब्य ठान्छन् न त तिनै नारीहरु, जसले हरेकको कार्यक्रम सफल पार्न भ्याई-नभ्याई पुगिदिन्छन र उफ़्रिदिन्छन, उनीहरुले चासो र चिन्ता लिने गर्दछन् ।

जापानमा तीज पर्वप्रतिको मोह केहि वर्षयता ह्वाट्टै बढेको हो । यसका पछाडि धार्मिक, साँस्कृतिक र पौराणिक आस्थाका कारण भन्दा पनि साथीसंगी भेटघाट, फेशन तथा गरगहनाप्रतिको बढ्दो सोख, देखासिकी र केवल मनोरञ्जन नै प्रमुख कारक तत्व रहेको पाईन्छ । केही वर्ष अगाडिसम्म यो हिन्दु महिलाहरुको मात्र पर्व हो, अहिन्दु महिलाहरुले मनाउन आवश्यक छैन भनिने गरिन्थ्यो र यदाकदा बहिस्कारका चर्चा पनि चल्ने गर्थे । अहिले आएर यो पर्वले त्यो साँगुरो घेरा तोडेर धेरै अगाडि आईपुगेको छ र नेपाली मात्रका लागि सबैथोक बिर्साएर एकै ठाउँमा भेला गर्न सक्ने हैसियत बनाएको छ । यस अर्थमा यो पर्व नेपालीबीच सामाजिक तथा साँस्कृतिक एकता कायम गर्ने पर्वको रुपमा स्थापित भईसकेको छ । त्यसैले यसलाई जापानमा नेपाली एकताको धरोहर पर्वकारुपमा बिकसित गरिनुपर्दछ । यसलाई यसरीनै खुल्लारुपमा जसले पनि, जसरी पनि, जहिले पनि कार्यक्रमका लागि कार्यक्रम आयोजना गर्ने थिति बसाल्दै जाने हो भने यो पर्वको नाममा भविष्यमा नेपाली एकता र सहिष्णुतामा ग्रहण नलाग्ला भन्न सकिन्न । जसका स्पष्ट संकेतहरु देखा पर्न थालिसकेका छन् ।

अगस्त महिनाको पहिलो सातादेखि तीज लागेको जापानका चेलीहरुलाई ३१ तारिखसम्म आईपुग्दा पनि उनीहरु तीजकै गीतमा रमाउँदै नाच्दै थिए । इकेबुकुरो तोसिमा कुमिन सेन्टरमा तीज समापन बिशेषमा कार्यक्रममा देखिएको महिलाहरुको उल्लासले तीजलाई उनीहरुको भित्री मनले बिदाई गर्न मानिरहेको छनक देखिदैनथ्यो ।

थुप्रै अग्नीपरीक्षा उतीर्ण गरेर जापानसम्म आईपुगेका नेपाली नारीहरु, जसले तीजलाई मनोरञ्जनको अवसरका रुपमा मात्र मनाएर रमाउदै आईरहेका छन् । यसमा परिबर्तन ल्याउन जरुरी छ । यो अवसरलाई अलि फरक ढंगले नारी उत्थान र सशक्तिकरण एवं नारीचेतना जस्ता सिर्जनात्मक कार्यमा उपयोग गर्ने दिशामा उनीहरुको ध्यान जान सक्नुपर्दछ । अर्कोतिर नारी पर्वको नाममा पुरुषहरुको अस्वभाविक सक्रियता र संलग्नताले पनि नारीहरु स्वयमलाई जिम्मेवारीबाट पछाडि धकेलिदिएको यथार्थतालाई बिर्सन मिल्दैन । नारी पर्व नारीहरुकै सक्रियता, संलग्नता र आयोजनामा अगाडि बढ्न दिईनुपर्दछ र पुरुषहरुले सहयोगी भूमिका मात्र निर्बाह गरिनुपर्दछ न कि हस्तक्षेपकारी भूमिका भन्ने आवाजहरु पनि गुञ्जिन थालेका छन् यो आफैमा जायज छ र तर्कमा दम छ ।

तीजपर्व प्रतिको आममोह के कति छ भन्ने कुरा यो वर्षको तीज कार्यक्रमका आयोजनाहरुले पुष्टि गरिसकेका छन् । यसले भोलिको भद्रगोल स्थितिलाई संकेत गरेको देखिन्छ । त्यसैले बेलैमा यस बिषयमा समाजका जिम्मेवार अगुवाहरुको ध्यान जान आवश्यक छ र बुद्धिमत्तापूर्ण ब्यवस्थापन हुनु जरुरी छ ।

एउटै समाजमा बसेपछि समाजका साझा मुद्दाहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा संवादको जरुरी हुन्छ । सहकार्य, सहमति र समझदारी पनि सरसल्लाह र संवादबाटै निर्माण हुने कुराहरु हुन् । तीज पर्व लगायतका साझा कार्यक्रमहरु, जसलाई अब एउटा सिंगल संस्थाले सम्बोधन गर्न सक्दैन, त्यसैले जापानको नेपाली समाजलाई सहि दिशामा हिडाउन एउटा साझा संयन्त्रको अति आवश्यक देखिन थालेको छ र अभाव खड्किईरहेको अनुभूति भईरहेको छ ।

अब सबैको संयुक्त तीज कार्यक्रम फेष्टिवलकैरुपमा एकैठाउँमा आयोजना गर्ने जिम्मा महिलाहरुलाई छोडिदिएर उनीहरुलाई जिम्मेवार बनाउनमा प्रेरित गरिनुपर्दछ । खुल्ला सार्बजनिक पार्कमा एउटै तीज महोत्सवको आयोजना गर्ने बिषयमा अब नयाँ ढंगले सोचिनुपर्दछ र सबैलाई समेट्ने र अट्ने गरी सबै संघसंस्थाको प्रतिनिधित्व रहेको महिलाहरुको मात्र एउटा संयन्त्र वा सञ्जाल निर्माण गरी तीज पर्वको आयोजना गर्ने जिम्मेवारी उनीहरुलाई दिईनुपर्दछ । जसले गर्दा उनीहरुलाई थप जिम्मेवार बन्दै समाजका अन्य गतिबिधिहरुमा समेत अगाडि बढ्न प्रोत्साहन मिल्न सकोस् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया