Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ४, २०८२
Thursday, April 17, 2025

काठमाडौं – महानायक राजेश हमाल हेलिकप्टर चार्टर गरी शुक्रबार एउटा बिबाहको निम्तामा सरिक भएका छन । विगत सात वर्षदेखि घरमै आएर आफ़्नो कपाल काट्दै आएका नाई सुरेन्द्रको बिबाहमा उनी सरिक भएका हुन ।

हमालको उपस्थितिले काठमाडौंमा कपाल काट्ने पेसा गर्दै आएका सुरेन्द्र ठाकुरको विवाहमा बबरगंजबासीका लागि ऐतिहासिक बन्यो। नायक राजेश हमाल उनको विवाहमा हेलिकप्टर चार्टर गरेर सहभागी भएका थिए। शुक्रबार दिउँसो सवा एक बजे हमाल बबरगंजमा उत्रिए ।

स्थानीय संचारमाध्यमका अनुसार उनको स्वागतमा पूरा गाँउ जुटेको थियो । मैथिलभाषी गाउँमा आफ्नो फ्यानको भिड देख्दा हमाल छक्क परे । उनी आउने खबर सुनेर वरपरका गाउँका समेत प्रशंसक जम्मा भएका थिए । बिहेमा हमाल एक घन्टा बसे । त्यो अवधिमा उनीसँग फोटोखिच्नेको भिड नै लाग्यो । विवाहमा हमाल आएपछि सुरेन्द्रको मुहारमा बेग्लै खुशी छाएको थियो । राजेश हमाल सुटिङ छाडेर विवाहमा आएको सुरेन्द्रले बताएका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया