Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
संसारका मजदुर एक हौं ।
मई दिवसका अमर शहीदहरु लाल सलाम
संक्षिप्त परिचयः मई दिवसको रक्तरंजित इतिहास निर्माता अमेरिकी मजदुरहरु सिकागो शहरमा विश्वव्यापी तीन आठको मागलाई पुरा गराउने महान उदेश्यले आन्दोलन गर्दा गर्दैै पुंजिवादी हत्याराहरुले गठन गरेको कंगारु अदालतको फैसला सामु फांसीमा झुण्डिन वाध्य भएका थिए । तर पनि उनीहरुलाई दिएको फांसीको फन्दाले संसारको आमूल परिवर्तनकारी मजदुर आन्दोलनलाई रोक्न सकेन । बरु अझ हजारौं गुणा शक्तिशाली भएर संसारभरि फैलिरहेको छ । संसारभरिका दविएका मजदुरहरुको अचुक अष्त्र वनेर सम्पूर्ण महादेशहरुमा चैत्र—वैशाख महिनामा चारकोशे झाडीमा फैलिएको डढेलो जस्तै फैलिईरहेको छ । मई दिवसका शहीदहरुले आकाशको जुन ताराले झैं संसार भरिका मजदुरहरुलाई शितलता प्रदान गरिरहेका छन् भने हरेक मजदुरको ललाटमा विहानीको कलिलो घाम वनेर भाग्य र भविश्यको न्यानो किरण छरिरहेका छन् । तिनै महान शहीदहरुको संक्षिप्त परिचय नेपाली मजदुरहरुका माझ प्रस्तुत गर्ने झिनो प्रयास गरिएको छ । स्मरणीय छ, सन १८९० देखि संसारभरिका आमूलपरिवर्तनकारी मजदुरहरु र कम्युनिष्ट पार्टीहरुले विधिवतरुपमा मई दिवस मनाउँदै आईरहेका छन् ।  मजदुर दिवसको अन्त्य गर्न संसारमा अनेकौं षडयन्त्रहरु ऐले पनि भैरहेका छन् । तर पनि सवै षडयन्त्रलाई चिर्दै मजदुरवर्गको वर्गीय लडाईं अगुवाई मई दिवसले डटेर गरिरहेको छ । मई दिवस कुनै एक दिने सामान्य दिवस होइन,  यो त सबैभन्दा वलियो हतियार हो,  विचारको हतियार हो । शहीदहरु हाम्रा सवैभन्दा सवल हतियार हुन । त्यसैले यहाँ संक्षिपत परिचय दिने प्रयत्न गरिएको छ ।
May Day
१. अल्वर्ट पार्सन (१८४८–१८८७: पार्सनको जन्म अमेरिकाको अलाबामा राज्यमा भएको थियो । उनको मातापिताको देहावसान पश्चात आफ़्नो दाजु मेजर जर्नेल विलियम एच. पार्सनसित बाल्यकालमै टेक्सास राज्यमा सरेका थिए । उनी एकजना पूर्व दास हाउसकिपरका साथमा हुर्केका थिए । जसलाई उनी साह्रै माया गर्थे । यो अनुभवले उनलाई काला जातिको राजनैतिक अधिकारका लागि आन्दोलनमा भाग लिन ठूलो मद्दत पुगेको थियो । गृहयुद्धको प्रारम्भमा अश्व आरोही सिपाहीको कामसंग गाँसिएका थिए । सन् १८७० मा अश्वेत महिला तथा चर्चित कम्युनिष्ट नेतृ लुसि पार्सनसित विवाह गरेका थिए । उनीहरु सन् १८७३ मा सिकागो सहरमा आएका थिए । उनि रुढिवादी राजनैतिक विचारलाई परित्याग गर्दै अराजकतावादी तथा मजदुर आन्दोलनको प्रखर नेताको रुपमा विकास भएका थिए । अमेरिकी इतिहासमा सन् १८७७ मा मन्दीको कारणले सबैभन्दा ठूलो हड्ताल भएको थियो । देशभरिका रेल मजदूरहरु तलव वृद्धि र कामको लागि उत्तम वातावरणको माग गर्दै हड्तालमा उत्रिएका थिए । आन्दोलनको केन्द्रविन्दु सिकागो शहर थियो । रेल मजदूरहरुले आधारभूत क्रान्तिकारी मागलाई बुलन्द गरेका थिए र उनीहरु प्रहरी र उनीहरुका मालिकहरुका विरुद्ध भिडन्त गर्दथे । सो आन्दोलनका क्रममा अल्बर्टले ती ठूला मजदूर सभाहरुलाई सम्बोधन गरेका थिए । त्यसकारण उनी मजदूर आन्दोलनका लोकप्रिय नेता वन्न पुगेका थिए । उनी समाजवादी थिए । नाइट्स अफ लेवरका नेता पनि थिए । उनी हेमार्केट शहरमा भएको मजदूर सभाको एकजना वक्ता पनि थिए । उनी हेमार्केट सभाबाट प्रहरीको आँखा छलेर भाग्न सफल भए तापनि अदालतमा आफ़्ना साथीहरुसँगै बयान दिन हाजिर भएका थिए । त्यसकारण उनलाई जघन्य अपराधमा सामेल भएको भनि साहु माहाजनहरुले किनेको अदालतले फांसीको संजाय दिएको थियो ।
२. अगस्त स्पिस (१८५५–१८८७(: जर्मनीको लान्डेकमा जन्मिएका थिए यी क्रान्तिकारी मजदुर नेता अगस्त स्पिस । उनी सन् १८७२ मा अमेरिका पुगेका थिए । उनी सिकागो नाइट्स मजदूर संघ र समाजवादी पार्टीको सदस्य थिए । भनिन्छ कि सन् १८७५ तिर उनी अराजकतावादी आन्दोलनका नेता र जर्मन पत्रिकाको सम्पादक थिए । हेमार्केट चोकको घटनामा उनको प्रत्यक्ष संलग्नता थिएन । तर, पत्रिकामा हेमार्केट सभामा उपस्थितिको लागि भड्काउपूर्ण सूचना प्रकाशित गर्ने काम गरेको आरोपमा गिरफ्तारीमा परेका थिए । वास्तवमा उनी स्वभावले भड्किलो किसिमको भएपनि बम काण्डमा संलग्नता थिएनन् । तर जोन मोस्ट नामको ब्यक्तिसित डाइनामाइटको ब्यवस्थाको विषयमा छलफल चलाएका थिए र सभामा भाषण पनि गरेका थिए । यति प्रमाण नै फांसीको सजाय दिन प्रतिकृयावादीहरुको लागि काफी थियो । हेमार्केट सभाको दंगामा ४ जना मृत्युदण्ड पाउने मध्येका एक थिए उनी । फांसीमा चढ्नु अघि उनले भनेका थिए ‘ती दिनहरु आउनेछन्, तिमीहरुले हाम्रो गला थिचिरहेको क्रन्दनभन्दा पनि त्यो धेरै बलशाली हुनेछ ।’
३. जर्ज एंगेल (१८३६–१८८७(:  जर्ज एंगेलको जन्म जर्मनीको ब्रेमेनमा भएको थियो । उनी सन् १८७३ मा अमेरिका प्रवेश गरेका थिए । उनी सिकागोमा आएपछि क्रान्तिकारी मजदुर आन्दोलनमा सरिक भएका थिए । उनी समाजवादी लेवर पार्टीमा आवद्ध भएपनि हेमार्केट चोकमा भएको सभामा सहभागी थिएनन् । आठ घण्टे कार्य दिवसको आन्दोलनका विषयमा आयोजित ग्रिफ हलको सभामा मात्र सहभागी भएपनि हेमार्केट काण्डमा सामेल भएको गंभीर आरोप लगाई यिनलाई मृत्युदण्डको सजाय दिइएको थियो ।
४. लुईस लिङ (१८७०–१८८७(: लुईस लिङको जन्म जर्मनीको बाडेन शहरमा भएको थियो । उनी जर्मनीमा नै मजदूरहरुको राजनीतिमा संलग्न रहेका थिए । पेशाले उनी कार्पेन्टर भएकोले कार्पेन्टर मजदूर यूनियनमा आवद्ध थिए । उनी सन १८८५ मा शिकागो आप्रवासमा आएका थिए । फांसीको सजाय भोग्ने मध्येका लिङ सबैभन्दा कान्छा थिए । भनिन्छ कि यिनीमाथि हेमार्केट चोकमा मई चारका दिन भएको सभामा बम बनाएर वितरण गरेको आरोप लगाइएको थियो । ति ५ जनामध्ये मृत्युदण्डको संजायको विरोध गर्ने उनी नै थिए । मृत्युदण्डको घोषणा भएपछि फांसीमा चढ्नु अघि नै यिनले आत्महत्या गरेका थिए । उनको आत्माहत्यालाई विवादस्पद मानिएको छ । उमेरको अपरिपक्वताका कारणले उनले फांसीको संजाय नपाउने निश्चित भएकोले प्रहरी हिरासतमा नै षडयन्त्रकारी तरिकाले उनको हत्या गरिएको थियो ।
५. एडल्फ फिस्चर (१८५७–१८८७(: एडल्फ फिस्चरको जन्म जर्मनीको ब्रेमेनमा भएको थियो । उनी अमेरिकामा सन् १८७३ मा अर्वेइटर जेइटुङ (जर्मनी पत्रिका) को टाइप सेटरको रुपमा भित्रिएका थिए । उनको विषयमा नै सबैभन्दा गम्भीर आरोप लगाइएको थियो । उनलाई क्रुर अराजकतावादी, हुल्लडवाज, दड्डा भड्काउने र हेमार्केट सभामा बम भित्र्याउने र सभाको आयोजना गर्ने अपराधिको रुपमा चित्रण गरिएको छ । फिस्चरलाई झुन्ड्याएर फांसी दिइएको थियो ।
६. श्यामुअल फिल्डन (१८४६( :  हेमार्केट स्क्वायरको प्रदर्शनकारीको नेतृत्व गर्नेमध्ये श्यामुअल एक थिए । पहिले उनी वेलायतको कटन मिलमा कार्यरत मजदूर थिए । श्यामुअल सन् १८६८ मा अमेरिका प्रवेश गरेका थिए । उनी एकजना लडाकु संगठक र समाजवादी पार्टीको संगठक थिए । उनले हेमार्केटमा आयोजित सभालाई सम्बोधन गरिरहेको अवस्थमा बम आक्रमण भएको थियो । बम अक्रमणपछि भागदौडको क्रममा गोली लागेर उनि घाइते भएका थिए । फिल्डनलाई मृत्युदण्डको सजाय तोकेको भए तापनि जनदवावका कारण मृत्युदण्डलाई आजीवन कारावासको सजायमा परिणत गर्न इलिनोयसका गभर्नर वाध्य भएका थिए । ६ वर्षको कारावस पछि उनी कैदमुक्त भएका थिए ।
७. ओस्कर निबे (१८५०–१९१५):  १८८६ को हेमार्केट स्क्वायरको घटनामा आरोपित ओस्कर निबे न्यूयोर्क सिटीमा जन्मेका थिए । र, मजदूर आन्दोलन तथा राजनीतिमा प्रवेश सिकागो शहरमा सन् १८७५ आगमनपछि शुरुवात भएको थियो । पेशाले उनी टीनस्मिथ थिए भने अरुको भन्दा हेमार्केट शहरमा भएको सभामा समावेश भएको प्रमाण कमजोर भएकोले उनलाई केवल १५ वर्षको जेल सँजाय अदालतले तोकेको थियो । उनी सो घटनामा उपस्थित नै थिएनन् । ६ वर्षको जेल भुक्तान पछि उनले बाँकी कैद माफी पाएका थिए । अमेरिकन मजदुरहरुले हेमार्केट चोकमा भएको मजदुर आन्दोलनको चर्चा गर्दा अमेरिकी मजदुरको साहसको चर्चा गर्दा गौरवकासाथ ओस्कर निवेको नाम लिने गर्दछन् ।
८. माईकल स्क्वाव (१८५३): माईकल स्क्वाव पनि जर्मनीमा नै जन्मिएका थिए । उनी युवा कालमानै सामाजिक जनवादी मजदूर पार्टीमा संलग्न भएका थिए । उनी जर्मन प्रकाशनको प्रमुख सम्पादक भएर अमेरिका आएका थिए । हेमार्केट चोकको सभामा छोटो समयका लागि उपस्थित भएका थिए । तर, उनलाई बम प्रहार गर्ने  स्पाइज र स्कानौबेल्टसित संगै भेटिएको थियो भनि षडयन्त्रमुलक आरोप लगाईएको थियो । स्क्वाव मृत्युदण्ड पाउने मध्येका एक थिए । तर, जनदवावका कारण ईलिनोयसका गभर्नरले जन्मकैदमा परिणत गराएका थिए । ६ वर्षको जेल सजायपछि माफी पाएर रिहा भएका थिए ।
यसरी संसारभरिका मजदुरहरुलाई अधिकारका लागि आन्दोलन गर्न सिकाउने र हक अधिकारका लागि कहिल्यै पनि नझुकी निरन्तर आन्दोलनमा हेलिन सिकाउने विश्वका सवैभन्दा महान मजदुर नेताहरुको प्रतिकृयावादी तत्वहरुले नीहरुको गलामा पासो लगाएका थिए । सर्वहारावर्गको घाँटी थिचेर आवाजविहीन बनाउन उद्धत्त तत्वहरुका विरुद्धको आन्दोलन भनेको मई आन्दोलन हो । पुंजिवादी हत्याराहरु, नाफोखोर तथा भ्रष्ट सत्ताका विरुद्धमा र मजदुरवर्गको अधिकार प्राप्तिका लागि संधै संधैको लागि यो पृथ्वीमा अमर गाथा वनेका  अमर शहीदहरुप्रति  पुन एक पटक लाल सलाम अर्पण गर्दै मई दिवस जिन्दावाद । संसारका मजदुर एक हौं ।  ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया