Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

हजारौं, लाखौं गरिव नेपाली जनताले आमरुपमा आशा र भरोसा गरेका नेतृत्व र तिनै नेतृत्वको विश्वासमा आफ़्नो अमूल्य जीवन गुमाउने सहिदहरु, अंगभंग हुनेहरु र तिनीहरुको निर्भरतामा बाँचेका परिवारजनहरु आज एमाओवादी नेतृत्वको कार्यशैली, चरित्र र व्यवहार देखेर असामञ्जष्यता एवं किंकर्तव्यविमुढ अवस्थामा देखिन्छन् ।

वास्तवमा स्थिति भयावह छ । पींडादायी छ र त भर्त्सनायोग्य छ । यो अवस्था आज एकैचोटी भने अवश्य आएको होइन यसको लामो पृष्ठभूमि र सिलसिला भने अवश्य छ । नेतृत्वले एकपछी अर्को गल्ती गर्दै जाने तर नसच्चिने कार्यशैलीबाट यो अवस्थाको सिर्जना भएको हो । यो चेत वास्तवमा एमाओवादी नेतृत्वले बुझेको छैन या बुझेर बुझ पचाएको छ जुन अत्यन्त आश्चर्यजनक छ । जनयुद्धको नेतृत्वकर्ताको हिसावले र त्यो युद्धले उत्पन्न गरेका महान विपत्ति तथा उपलब्धिको कसीमा जनयुद्धको खासमा अर्थ देखिएन भने एमाओवादी निश्चितरुपमा विघटन वा पतन हुने निश्चित छ ।

हुन त केहि शक्तिहरु उसको पतन भएमा वा विघटन भएमा खुसी हुन सक्छन तर यो नेपाली जनताको लागी दूर्भाग्य सावित हुनेछ । कुनै पनि कुरा अरुको भन्दा पनि आफ्नै कारणले पतनको शिकार हुनुपर्छ अरु सहायक मात्र हुन् भने, मार्क्सवादी चिन्तनलाई जायज मान्ने, हाल एमाओवादीले भोग्नु परेका संकटको मुख्य अभियुक्त प्रचण्ड र सहायक अभियुक्त बाबुराम हुन् अनि क्रमशः बोगटी, महरा …. हुनसक्छन् ।

तर खिलराज, वर्तमान सरकार, सेना, पुलिस वा नेपाली जनता एमाओवादी पतनका कारण होइनन्, हुने छैनन्, हुनै सक्दैन । तर जनयुद्धका रणनीतिकार प्रचण्डले चुनावमा हार्नुको कारण संस्थागत धाँधली भन्नु अतिनै लज्जास्पद प्रतिक्रिया थियो, अनि अझै पार्टीको केन्द्रिय कमिटीले खिलराजको सरकार र निर्वाचन आयोगलाई दोष लगाएर वा उनिहरुलाई त्यो पदमा वहाली गर्नु आफुहरुको गल्ती भएको र त्यसैको कारणले हार भएको भन्नु अझै लज्जाको विषय हो यदी यस्तै आँखामा छारो हाल्ने काम गरेर उम्किन खोज्ने हो भने माओवादी विघटन हुनु अनिवार्य छ । एमाओवादी, उसका नेता प्रचण्ड अनि वावुरामले उहि आफ्नो आफ्नो आङमा भैसी हिँडेको नदेख्ने अरुको आङमा जुम्रा हिँडेको देख्ने नेपाली उखानको झल्को दिदैंछन्, अझै हालको उनिहरुको आरोप प्रत्यारोपको सिलसिला हेर्दा त मलाई दुईजना पागल र अर्धपालगको सम्झना गराउँछ । एकजना पागलले अर्धपागललाई देखेर मजासँग खिसी गर्दै हाँसेछ । हत्तेरी मैले कट्टुवाहेक केही नलगाएको कस्तो अर्धपागल भन्दै पागल हाँस्दोरैछ, अनि अर्धपागल चाहीँ ओहो कस्तो कट्टु पनि नलगाएको पागल रैछ यो त भन्दै पागललाई देखाएर अर्धपागल हाँस्दोरहेछ । तर तिनलाई देखेर दुनियाँ हाँसिरहेका रहेछन । त्यस्तै चाल छ यि दुई नेताको । यदि यस्तै रमिता देखाउने तर अर्को भरपर्दो नेता नहुने हो भने माओवादी विघटन हुनु अनिवार्य छ । हैन भने यिनीहरुले बारम्बार अरुलाई दोष देखाएर किन आफु उम्किन खोज्छन ? दशौ वर्ष ज्यानको बाजी लगाएर लड्ने लडाकुहरुको चेक खोसेर रुवाउँदै घर कस्ले फर्कायो ? हारको कारण त्यहाँ छ । युद्ध लडाउने अनि त्यो एजेण्डा वर्गीय मुक्ती, मजदुर किसान लगायत र आर्थिकरुपमा पिछडा वर्ग, सर्बहाराका गरिवहरु अनि जातियरुपमा पिछडा दलितहरुको समस्या उठाएर जनयुद्ध शुरु गर्ने, तर त्यो एजेण्डा रद्दीको टोकरीमा मिल्काएर, जातिय नारा उछाल्ने, पश्चिमाहरुको डलर खाएर देशमा अराजकता मच्चाउन खोज्नेहरुको लहैलहैमा हिड्न कस्ले लगायो ? यिनलाई पहाडका आङकाजी शेर्पाहरु र मधेशका राजेन्द्र महतोहरुको एजेण्डा जनयुद्धको कुन एजेण्डासंग मेल खान्थ्यो र प्रचण्ड र बाबुरामको सहकार्य हुन पुग्यो तिनीहरुसँग ? हारका कारण त्यहाँ पनि छ ।

लोकमानको ग्यारेन्टर प्रचण्ड वस्नुको कारण के ? नेपाली जनतालाई जानकारी नगराई विप्पाको जुवा खेल्न बाबुरामलाई किन जरुरी पर्‍यो ? हारको कारण त्यहाँ छ ।

पार्टी फ़ुटको कारण के बैद्यगुट मात्र हो त ? अवश्य होइन यदि भागै लगाउने हो भने ६० प्रतिशत फुटको जिम्मेवार प्रचण्ड, बाबुराम, ४० प्रतिशत वैद्य माओवादी जिम्मेवार छन । हारको मुख्य कारण त्यहाँ छ ।

यस्तो सयौं दुनियाँले देख्ने कारण नदेखेर माओवादी पार्टी हारको कारण कता खोज्छ कता ? अझै प्रचण्ड पुत्र प्रकाशको अनुशासनहिनता र प्रचण्डको उसलाई मौन समर्थन । यसबाहेक थप कारणहरु यसप्रकार छन ।

० हिसिलाको बदनामी र बाबुरामको मौनता
० प्रचण्डको रवाफिलो रहनसहन, शंकास्पद आर्थिक चलखेल
० बाबुरामको भारतीय संस्था ‘र’ सँगको शंकास्पद चलखेल
० यिनै शंकास्पद चलखेललाई वल पुग्नेगरी देखिने उनीहरुका व्यवहार जस्तै राष्ट्रनिर्माता पृथ्वीनारायण साहको अपमान गरिनु, उनको शालिक भत्काईनु
० नेपालीको पहिचानकोरुपमा रहेको हिन्दुसँस्कार, चार्डपर्व आदिलाई छायाँमा पारिनु, धर्मनिरपेक्षको नाममा बाह्य क्रिश्चियन प्रभावमा नेताहरु वहकिएको प्रभाव देखिनु ।

अघिल्लो संविधान सभाको चुनावमा अहिले राप्रपा नेपाललाई आउने धेरै भोट माओवादीमा सरेको अनुमान थियो । किनभने, काँग्रेस एमाले भन्दा एमाओवादी राष्ट्रवादी छ भन्ने प्रभाव जनतामा थियो । नत्र राप्रपामा त्यत्रो आकर्षण किन ?

यस्ता हजारौ प्रश्न खोतलेर नसच्चिने हो भने एमाओवादी विघटन अनिवार्य छ । जसरी पनि सच्चिनैपर्छ हैन भने यो रिक्तता मेटाउन जनता फेरी एकातिर बहकिने छन । र पुनः देश अस्थिरतामा जाने संभावना छ र सबैभन्दा खतरा प्रचण्ड, बाबुरामलाई नै हुने छ । एउटा झुट लुकाउन सयवटा झुट बोल्नुपर्छ भनेजस्तै सयौं झुटहरुले यिनीहरुलाई हेग पुर्‍याउने छ । त्यस कारण यि दुई नेतालाई नेपाली जनतासँग माफी मागेर सच्चिने अझै मौका छ । बेलैमा चेतना भया …… । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया