Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025
सयपत्री र भाइटीका   (गजल)
   – जीवराज बुढाथोकी
tihar ful
भाइटीका बोलाउने, सयपत्रीका यी थुंगा !
मातालक्ष्मी लोभ्याउने, सयपत्रीका यी थुंगा !!
सुन्दर पहेंला देख्दा, आकर्षक र हलुंगा,
स्नेह भाव सजाउने, सयपत्रीका यी थुंगा !!
माला सुन्दर अरु, जति होउन् मोती मुंगा,
गलामाथि सुहाउने, सयपत्रीका यी थुंगा !!
परदेश भाइ घर, बहिनी छातीमा ढुंगा,
सम्झी मन रुवाउने, सयपत्रीका यी थुंगा !!
फर्के परदेशी गाउँ, चढेर जहाज डुंगा,
अवसर यो लाउने, सयपत्रीका यी थुंगा !!
रुने जुवा खेली हार्ने, जित्ने ती मुसार्ने जुंगा,
जे होस् मन बुझाउँने, सयपत्रीका यी थुंगा !!
फलफूल मसला र, सगुन सब्जी पालुंगा,
देउसीभैलो सम्झाउने, सयपत्रीका यी थुंगा !!
भाइटीका बोलाउने, सयपत्रीका यी थुंगा !
मातालक्ष्मी लोभ्याउने, सयपत्रीका यी थुंगा !!
 शुभ-दीपावली २०७० को मंगलमय शुभकामना !!
(खलंगा ९, सल्यान हाल मैतीदेवी, काठमाडौं)

दीपावली

(गज़ल)   – कल्पना पौडेल “जिज्ञासु”

दिपावली राम्रो सँग मनाउनु है भाइ
देउसी भैलो गाउदै रमाउनु है भाइ ।
दिदी बैनी दाजु भाई सबै जम्मा भई
एक आपसमा ममता खनाउनु है भाइ ।
म साथमा नहुँदा नरमाइलो नमानी
मीठा मीठा परिकार बनाउनु है भाइ  ।
अर्को साल तिहारमा दिदी आउछे भनि
हर्ष उल्लास घरमा जनाउनु है भाइ ।
सप्तरंगी टिका निधारमा लगाएर
बहिनीलाई उपहार छनाउनु है भाइ ।
(गैडाकोट ४, नवलपरासी,  हाल इजरायल)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया