Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

न्यूयोर्क – ६ जुलाईका दिन न्यूयोर्कको वेष्टचेष्टरस्थित होटल हिलटनको Robert Bartell Hall मा ३१ औं एएनए सम्मेलनको अन्तिम दिन, दिन अनेसास न्यूयोर्क च्याप्टरको संयोजकत्वमा भानु दुइ शत बाषिर्की समारोह तथा साहित्य सम्मेलन सम्पन्न भयो। उक्त कार्यक्रमलाई दुइ चरणमा विभाजन गरिएको थियो । कार्यक्रमको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तुलसी दिवस हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा अनेसासको संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व अनेसास अध्यक्ष तथा हाल नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठ हुनुहुन्थ्यो ।

पानसमा बत्ती बालेर शुरु भएको कार्यक्रममा सबैभन्दा पहिले नेपालको राष्ट्रियगान बजाइएको थियो । त्यसपछि अनेसास न्यूयोर्क च्याप्टरकी अध्यक्ष श्रीमती पुनम काफ्लेले स्वागत मन्तव्य दिनुभएको थियो ।

अनेसास न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष सीता खरेलले अतिथिहरुलाई खादालगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा न्यूयोर्क निवासी साहित्यकारहरु श्रीमती गीता खत्री, श्रीमती पुनम काफ्ले र श्रीमती ज्योति पौडेलको संयुक्त सिर्जना गीतिएलबम त्रिबेणीको लोकार्पण प्रमुख अतिथि बरिष्ठ साहित्यकार तुलसी दिवसले गर्नुभएको थियो । लोकार्पण पश्चात अनेसास न्यूयोर्क च्याप्टरकी पूर्व अध्यक्ष श्रीमती ज्योति पौडेलबाट गीति अलबमको र्सजकहरुको तर्फबाट कलाकार तथा संगीतकारहरु सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

तत्पश्चात अनेDSCN5762सासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले अनेसास र एएनएबीचको सम्बन्धमा आफ्नो मन्तव्य राख्दै कार्यक्रम आयोजकहरुलाई नेपाली भाषा साहित्य कला र सँस्कृतिको विकास र विस्तारमा मद्दत गरिरहनु भएकोमा सह्राना गर्नुभएको थियो । अन्य बक्ताहरुमा अनेसासका पूर्व अध्यक्ष बसन्त श्रेष्ठ, अनेसास डीसी च्याप्टरका अध्यक्ष प्रकाश नेपाल, श्रीमति उषा शर्मा, खेम भट्टचन, डा. प्रसन्न गौतम, र उमेश कोइराला हुनुहुन्थ्यो ।

प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवसले नेपालीहरुले विदेशमा रहेर नेपाली भाषा साहित्य, कला र सँस्कृतिको विकासमा ठृ्लो योगदान पुर्‍याउनुभएकोमा कृतज्ञता जनाउनुहुँदै विदेशमा बसेर लेखिएको नेपाली साहित्यलाई किन डायस्पोरिक साहित्य भनेर भन्ने ? बरु अमेरिकाली नेपाली साहित्य, बेलायती नेपाली साहित्य वा जहाँ जहाँ बसेर लेखिएको हो साहित्य हो त्यहींको नेपाली साहित्य भनेर भन्नुहोस भन्ने सल्लाह दिनुभयो ।

प्रथम चरणको अन्तमा सभाकी सभापति अनेसास केन्द्रीय अध्यक्ष श्रीमती गीता खत्रीले सन २००६ को एएनए सम्मेलनको साहित्य सम्मेलनको संयोजक भएर कार्यक्रम आयोजना गरेको स्मरण गर्दै ३१ औं एएनए सम्मेलनका अध्यक्ष छेवाङशर्ेपा लामा र सँंयोजक समीर महर्जनलाई हार्दिक धन्यवाद दिनुभयो । साथै उपस्थित सबै साहित्यप्रेमीहरुलाई कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिनुभयो ।
DSCN5734DSCN5744 DSCN5768प्रथम चरणको कार्यक्रम न्यूयोर्क च्याप्टरको महासचिव विकास विष्ट सञ्चालन गर्नुभएको थियो ।

दोस्रो चरणको कार्यक्रममा ३० जना भन्दा बढी साहित्यकारहरुको सिर्जनाको बाचन गरिएको थियो । अन्तमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुलसी दिवसले सबै र्सजकहरुको सिजनाको विस्तृत समिक्षा गर्नुभएको थियो । तीन घण्टाभन्दा बढी समयसम्म कार्यक्रम चलेको थियो र कार्यक्रमको अन्तिम समयसम्म पनि सभाहल खचाखच भरिएको थियो । दोस्रो चरणको कार्यक्रम रेडियोकर्मी सहदेब पौडलबाट सञ्चालन भएको थियो । ***

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया