Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

Jivan Okसायद नेपाली भाषा साहित्य पर्यायबाची शब्दहरुको पनि अथाह महासागर भएकोले नै होला, एउटै नकारात्मक शब्दलाई विभिन्न शैलीमा प्रस्तुत गर्न सकिन्छ । सुन्दा रोचक तथा सुन्दर लाग्दछ तर प्राय: व्याख्या गर्दा भावार्थ नकारात्मक उन्मुख हुने गर्दछ वा बनाइन्छ ।जसले यो वताउँछ, की हामीमा वा हाम्रो समाजमा नकारात्मकता हाबी छ । जसले सकारात्मक सोचलाई प्रष्फुटन हुन दिदैन । यदि कसैले कुनै विषय बस्तु माथि सकारात्मक दृष्टिकोण जाहरे गर्‍यो भने फेरी नकारात्मक टिका टिपपणी गर्न शुरु गरिन्छ भलै त्यो विषयबस्तु वा विचारले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान नै किन नगरोस् । यस्ता नकारात्मक मात्रै सोच्ने तथा नकारात्मक उन्मुख टिस्युहरुले मात्रै शारीरिक संरचना बनेका मानबप्रवृति हाम्रा समाजमा प्रशस्त भेट्न सकिन्छ ।

जब कि एउटा सानो परिवारदेखि समाज हुदै सिंगो राष्ट्र नै नराम्रोसंग ग्रसित भइरहेको छ । हामी सकारात्मक पाटो संधै साधुरो र अर्थहिन देख्छौ भने नकारात्मक पाटो ठूलो र चौडा देख्छौ । यसरी संविधान सभा विघटन भए यता हामी र हाम्रो समाज र राष्ट्र नै नकरात्मकता त्यहि ठुलो र चौडा बाटो हिड्दै गरेको अबस्थामा चुनावको मिति घोषणालाई सकारात्मक रुपमा ग्रहण गर्दै यसैको सेरोफेरोमा रहेर छोटो टिप्पणी गर्दैछु ।

धेरै पछाडि फ़र्केर नजाउ, बिगत मानसपटलमा ताजा नै छ । विघटित ऐतिहासिक संबिधान सभा २००७ साल आसपासकै परिकल्पनाको साक्षात स्वरुप भए पनि ईतिहासका कैयन अप्ठ्यारा घुम्ती र मोडहरु पार गर्ने क्रममा सत्र साल, छयालिस साल हुदै दश बर्षे शसस्त्र जनयुद्धमा दशौं हजार नेपालीको बलिदानको उपज मात्र थिएन, ६२/६३ को जनान्दोलनमा स्वतस्फ़ूर्त रपमा उर्लिएको राजतन्त्र बिरोधी जनलहर समेतको सुन्दर समिश्रण थियो । जसले नेपाली समाजको हरेक वर्ग, क्षेत्र, लिंग, जातजाति र भाषाभाषीहरुको समानुपातिक सहभागिताको प्रतिनिधित्व गरेको थियो। दुइ बर्षमा संबिधान बनाउनुपर्ने समय सिमा तोकियको थियो तर चार बर्ष बित्दा पनि संबिधान जारी नगरी बिघटन गरियो । बहुमत र अल्पमतको घिनलाग्दो फोहोरी खेलमा नेपाली राजनीति रुमल्लियो । २०६६ माघ ७ मा नै राज्य पुनर्संरचना समितिले १४ वटा संघिय प्रदेशहरुको खाका प्रस्तुत गरेको थियो जसमा ४०२ सभासद्ले पक्षमा हस्ताक्षर समेत गरेका थिए तै पनि बिधिबत अन्तिम निर्णय हुन सकेन । यहाँसम्म पुग्नुअघि नै १२ बुदे शान्ति सम्झौताको मूल मर्म सहमति मरिसकेको थियो । जेष्ठ १४ पछि भट्टराई सरकार स्वत कामचलाउको हैसियतमा पुग्यो । संबिधान सभाको थोरै समय बाकि हुंदा नै घोषणा गरिएको मङ्सिर ७ निर्बाचनमा मोहन बैध्य नेतृत्वको माओबादी पार्टी लगायत काँग्रेस एमालेले कुनै हालतमा भट्टराई सरकारको नेतृत्व स्वीकार नगर्ने र उनले गराउने चुनाबमा सहभागी नहुने अड्डी कसे । नेपाली राजनीतिमा तिरस्कार र निषेधको संस्कृति मौलाउदै गयो । पार्टीहरुमा अनपेक्षित धुब्रिकरण, अन्तर्द्वन्द चर्कदै जाने क्रममा संबिधान सभाको ठुलो दल एकिकृत नेकपा माओबादी दुइ भागमा विभक्त भइसकेको थियो ।

त्यसपछि  स्वतन्त्र व्यक्तिकोरुपमा प्रधान न्यायधिस खिलराज रेग्मीलाइ चुनाबी मन्त्रिपरिषदको अध्यक्ष बनाएर जाने कुरामा चारदलका शिर्ष नेता जबर्जस्त सहमत भए । तर नागरिक समाज लगायतले बिश्वभरका उदाहरण दिदै अप्राकृतिक सरकार भने तर पार्टीहरु नमिलेपछि विकल्प थिएन र छैन पनि । यस्तो अत्यन्तै विषम परस्थितिलाई निर्बाचनको माध्यमबाट किनारा लगाउने जिम्मा लिएको सरकारको आलोचनामा समय खर्चनु भन्दा मङ्सिर ४ मा घोषणा भैसकेको निर्बाचनमा सहभागी भैइ जनतामा जानु नै एक मात्र निर्बिकल्प विकल्प हो ।

अब पनि विद्रोह गरेर हतियार उठाउछु भन्ने कुरा समय सापेक्ष हुंदैन । शताव्दीऔं पहिला लेखिएका कम्युनिष्ट आदर्श आज अक्षरश व्यवहारमा लागू गर्न सम्भव छैन ।जब कि बिश्वका ठूला साम्यवादी मुलुकहरु नै नबसंशोधनबादतिर लागिसके । लोकतन्त्रमा जनताले आफ्नो मत निर्वाचनवाट अभिब्यक्त गर्न पाउनुपर्छ यो नै लोकतन्त्रको सर्वोत्तम र विश्वव्यापी विधि हो । जनताको आधारभूत मौलिक हक पनि हो । त्यसैले निर्वाचन विथोल्ने र जनजिवीकासंग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल वन्द जस्ता कुसंस्कृतिको विकास गर्नु कुनै पनि दृष्टिकोणवाट राष्ट्रिय हितमा छैन । देशमा चुनाव भएर स्थिर सरकार भए म जस्ता हातमुख जोर्ने समस्या समाधान गर्न वाध्यताले विदेशिएका लाखौ नेपाली स्वर्गतूल्य मातृभूमि फ़र्कनन लालायित छौ । त्यसैले जसरी पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने संबिधान जारि गर्ने र देशमा स्थिर शासन पद्धति कायम गराउनेतर्फ सबैको ध्यान जानु जरुरी देखिन्छ । अतितलाई एकोहोरो नकारात्मक कोणबाट मात्र हेरेर हुदैन आत्मालोचना गर्दै फलदायी परिबर्तनका लागि दुरगामी सकारात्मक सोच राखेर समयको प्रभावमा अभिप्रेरित हुन आबश्यक छ ।

(लेखक केसी नेपाली जनप्रगतिशील मोर्चा जापानमा आबध्द छन)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया