Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

vijay timilsina (1)

खल्बलिएको मनस्थिती पछाडि भिरेको झोला
थाहा छैन जाने कहाँ, भन्ने कसलाई, गर्ने के
थप्लोमा साहुको ऋणको बोझ

 

घरमा आमा, बाउ, प्यारीका भिजेका आँखा
अनी पुन्टेको भविष्य

हरेक नयाँ बिहानी सँगै, नयाँ जीवन खोज्दै
सबको जिन्दगीमा उज्यालो ल्याउन
टोल, गल्ली हुँदै शहर छिरेको
फर्किएला छोरो उकास्ला घर खेत
बाटो हेर्दै बसेकी प्यारी
बा-बा आउँछन् पा-पा ल्याउँछन्

 

पा-पा खाउला स्कुल जाउँला
भन्दै बसेको पुन्टे
सबैको भविष्य म

 

अनी मेरो भविष्य
खोइ कहाँ कहाँ ?

अब बाँकी कलेटी परेको ओठ
खोक्रो पेट, ख्याउँटा गाला
थाकेको शरीर, भित्र छिरेका आँखा
उही पुरनो झोला पछाडि भिरी

खाली हात, त्यही लोते चप्पल
मैन बत्तीमा गाँसेर
फर्कदै छ बा तपाईंको छोरो
सहुलाई रिझाउँदै गर्नु
जोतेर खेत तिर्ने छ ऋण

धेरैका छोरा यो शहरमा रमाउँदा
म तपाईंको नलायकलाई
यो शहरले एकपल पनि हाँस्न दिएन
यो शहरलाई मैले चिन्न सकिन
तपाईंले दिएको शिक्षाले
यो शहरमा काम गरेन
इमानदारिताको यो शहरले खिल्ली उडायो
मेरो स्वाभिमानको वलत्कार गर्‍यो
म वलात्कृत भएर यो शहरमा टिक्न सकिन
त्यही झोला अनी त्यही चप्पल गाँसेर
फर्कदै छ बा तपाईंको छोरो

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया