Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो-साहित्य जीवन र जगतको दर्पण हो भन्ने मूल नारा बोकेको सन्ध्या ग्रुप कतारको प्रस्तुति मुग्लानी सौगात द्धैमासिक पत्रिकाले निरन्तर मासिक रूपमा सञ्चालन गर्दै आएको वाचन श्रृंखलाको १९औ “डबली गत ७ मार्च २०१३ का दिन आफ्नै निजी सभाहलमा सम्पन गरेको छ । संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अल्खोर तथा दोहाका विभिन्न स्थानबाट सर्जकहरूको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका महासचिव राजेन्द्र खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका प्रमुख सल्लाहकार वीरेन्द्र कुमार याक्थुम्बाले संस्थाको वारेमा केही जानकारी गराएका थिए । कतार डायस्पोरामा बसेर साहित्य सिर्जना गर्ने र्सजक तथा स्रोताको साझा साहित्यिक चौतारी मुग्लानी सौगातले सञ्चालन गरेको वाचन श्रृंखला प्रत्येक महिनाको पहिलो बिहीबार कतारको राजधानी दोहा देखि करीव ७० किमी टाढा रहेको अलखोर स्थित संस्थाको आफ्नै निजी सभा हलमा आयोजना गर्ने गरेको छ । उक्त कार्यक्रममा दोहामा छरिएर रहेका विभिन्न क्षेत्रका कविहरुको जमघटसँगै विहीवारको रात साहित्य वाचन तथा भेटघाट मै व्यास्त हुने गरेको पाईन्छ । वाचन कार्यक्रममा उपस्थित सर्जकहरू देव खड्का (भावना), महेन्द्रप्रसाद पोखे्रल (गजल), वि प्रा भट्र्राई (कविता), राजन लामा, राजेश्वर ढकाल, दिलीप अविरल, विटी क्षेत्रीले गजल प्रस्तुत गरिएको थियो । वि प्रा भट्र्राई, चर्चित ढुंगेलले कविता बाचन गर्नुभएको थियो । साहित्यकारहरुले आफ्ना-आफ्ना रचानाहरु वाचन गरी हललाई साहित्यकमय बनाएका थिए भने कार्यक्रम संचालक प्रेम सापकोटाले गजल गाएर सबैलाई मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रमको अन्त्यमा सघ संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति थर्चा लामाले मुग्लानी सौगातले १९ डबली पार गरेकोमा सम्पूर्ण सहयोगी संस्थाहरु तथा साहित्य अनुरागीहरुलाई धन्यावाद प्रकट गर्नुभएको थियो । करीव वेलुकी ९ वजे देखि संचालन भएको उक्त वाचन डबली १२ वजे समापन भएको थियो ।***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया