Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

म्याग्दी – बेनीमा शनिबार आयोजित एक समारोहकाबिच गजलसंग्रह बिमोचन र गीति एल्बमको संयुक्तरुपमा लोकार्पण गरिएको छ ।

राखु पिप्ले ४ का स्रष्टा दिनेश महेशकोटी (विस्थापित आंचल) द्वारा लिखित गजल संग्रह ’पवित्र’ को बिमोचन र अर्थुङ्गेका लोकगायक विकास विश्वकर्माका गीती एल्बम ’मुटुभरी माया साँच्नलाई’ को लोकार्पण गरिएको हो ।

Bimochan (1)म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गजल संग्रहको प्रमुख अतिथि पूर्वसभाषद् तथा एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक गोविन्द पौडेल, लेखककी आमा पवित्रा महेशकोटी, राष्ट्रिय लोकदोहोरी गित प्रष्तिठानकी सदस्य धनकुमारी थापा र पौलत्स्य साहित्य समाजका अध्यक्ष भक्त कार्कीले संयुक्तरुपमा बिमोचन गर्नुभएको थियो ।

यसैगरी गिती एल्बमको अन्य अतिथिहरुसंगै गायक तथा लेखककी आमा गौरी विश्वकर्माले बिमोचन गर्नुभएको थियो । गजल संग्रहको बारेमा म्याग्दी साहित्य समाजका सचिव रामप्रसाद सुवेदीले टिप्पणी गर्नुभएको थियो । ’मुटुमरी माया साँच्न’ लाई बोलको गितमा गायक विश्वकर्माकै शब्द रहेको छ भने उहाँसंगै स्थानिय कलाकार शान्ता परियारले आवाज दिनुभएको छ । शान्ता परियार जिल्लाका पछिल्ला समयका चर्चित एवं उदयीमान लोक तथा दोहोरी गायिका हुन । परियारको ’ठाउं छ मनैखानी, जाऊं हिड घुम्नलाई सिंगा तातोपानी’ भन्ने बोलको दोहोरी गीतको एल्बमले बजार पिटेको छ । उक्त एल्बममा म्याग्दीका ४१ वटै गाबिसमा रहेका महत्वपूर्ण पक्षहरुको गुणगान र चर्चा गरिएको छ ।

गजल संग्रहमा प्रेम, प्रकृति, राजनीतिक विसंगती, राष्ट्रियता, शिक्षा र सामाजिक समस्याको विषय समेटिएका ६० वटा गजल समावेश छ भने गिती एल्बममा स्वेदशमा रहेकी प्रेमिका र बिदेशमा रहेका प्रेमीको भाव प्रस्तुत गर्न खोजिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व सभाषद् गोविन्द पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष जिवनकुमार विश्वकर्मा, लोकदोहोरी गित राष्ट्रिय प्रतिष्ठानकी सदस्य धनकुमारी थापा, पौलत्स्य साहित्य समाजका अध्यक्ष भक्त कार्की लगायतले म्याग्दी लोकगित र साहित्यको हिसावले सम्भावना बोकेको जिल्ला भएकाले यहाँका कलाकार र सर्जकहरुलाई प्रोत्साहन तथा संरक्षणमा जोड दिँदै कला र संस्कृति मार्फत म्याग्दीको राष्ट्रिय अन्तरराष्ट्रिय पहिचान बनाउन सकिने बिचार व्यक्त गर्नुभयो ।

सञ्चारकर्मी सज्जन बोहोराको सञ्चालन र अमित विश्वकर्माको स्वागतमा सम्पन्न कार्यक्रममा लोकगायक विकास विश्वकर्मा, प्रविणा श्रीपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने सोही अवसरमा गिती एल्बमको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको थियो । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया