Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

नेपालको राजनीतिक बिकासको इतिहासलाई हेर्दा र केलाउँदा नेपालको एकीकरण एउटा महत्वपूर्ण अध्याय हो भन्ने कुरा स्वीकार नगरी धरै छैन । यद्यपि अहिले त्यो भौगोलिक एकीकरणलाई नकार्ने र अन्ततः नेपाल भन्ने देशलाई नै नकार्ने एउटा बिषैलो प्रबृत्तिले यतिबेला ब्यापक प्रोत्साहन र मलजल पाइरहेको छ । ‘पश्चिम किल्ला कांगडा पूर्बमा टिस्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं’ भन्ने इतिहास चेत आज हराउदै गएको छ र हाम्रा अग्रज नेपाली पूर्खाहरुले त्यहाँसम्म फैलाएको नेपाललाई सुगौली सन्धिद्वारा मेची-महाकाली, रसुवा-रक्सौल बीच खुम्च्याउने शक्तिकै प्रबृत्ति र पछयौरी समातेर आज पनि नेपालमा राजनीति गर्न र नेपाली जनतालाई बेकुफ बनाउन सकिन्छ भन्ने जुन मानसिकता र मनोबृत्ति देखा परेको छ त्यसले बर्तमान र भबिष्यका निम्ति पनि कुनै सकारात्मक संकेत दिदैन । बरु नेपाली जनतालाई ‘बिभाजन गर र शासन गर’ भन्ने पुरानै गलत सुत्रको मात्रै पुनराबृत्ति गर्दछ ।

आजको राजनीतिक सन्दर्भमा यो पृष्ठभूमि किन कोट्याउनु परेको हो भने नेपालको एकीकरणपछि जुन राष्ट्रिय जागरण त्यसले सिर्जना गर्न सक्नुपर्ने थियो नेपाली जनतालाई अझ बढी एकीकृत र संगठित गर्न सक्नु पर्दथ्यो त्यसो हुन सकेन । एकीकरणको उत्तरार्द्धदेखि नै ‘देबर राजा हुने कि भाउजु रानी हुने’ भन्ने दरबारीया षडयन्त्रको शिकार नेपाली राजनीति हुनपुग्यो र अन्ततोगत्वा त्यसले कोतपर्ब र जहाँनियाँ एकतन्त्रीय राणा शासनको अभ्युदय गरायो । राजनीतिले ल्याएको परिवर्तनको उदेश्य र लक्ष अनुरुप सही दिशा लिएन भने त्यसको परिणति कति भयंकर र गलत हुन्छ भन्ने कुराको यो ज्वलन्त र महत्वपूर्ण उदाहरण हो । कोतपर्व पछि भण्डारखाल पर्व, अलौ पर्ब आदि जे जे भए तिनले कुनै समाधान दिन सकेनन् र सक्ने पनि थिएनन् । त्यसपछि नै प्रचण्ड गोर्खा र अन्ततः नेपाल प्रजापरिषद हुदै आधुनिक नेपाली राजनीति र परिवर्तनले दिशा पक्रेको हो । प्रातस्मरणीय महान शहीदहरुको अबिस्मरणीय शहादतका कारण २००७ सालको क्रान्तिको आधार प्रदान गरेको हो । तर त्यो पनि आधा अधूरो नै रहेको कुरा २०१७ सालको प्रतिगामी काण्ड पछि अझ प्रष्ट भएको हो ।

त्यसपछि तलैदेखि उठेको भन्दै र जनताको दुहाइ दिदै लादिएको राजाको पञ्चायती ब्यवस्था सामन्ती अधिनायकबादी ब्यवस्थाको पुनरोत्थान र पुनर्संगठित गरिएको एकतन्त्री ब्यवस्था थियो । जसलाई दलबिहीन पञ्चायती ब्यवस्थाको संज्ञा दिइएको थियो । त्यसले तत्कालीन शीत युद्धकालीन बिश्व परिस्थिति, चीन-भारत सम्वन्धको चीसो र नेपाली जनतामा रहेको कमजोर एकताबाट फाइदा उठाउदै झण्डै तीन दशकसम्म हाली मुहाली चलायो । तर त्यसै अबधिमा स्वतन्त्रता पाएका बिश्वका अन्य मुलुकहरु बिकासको चरणमा कहा कुन स्तरमा पुगे र नेपाल कहा अड्कियो त्यो इतिहासले हिजोदेखि आजसम्म प्रष्ट देखाइसकेको र देखाइरहेको बस्तुगत यथार्थ छ । वास्तवमा सामन्ती ब्यवस्थाले समाजवादका केही शब्द सुत्रहरुको अक्कल बिनाको नक्कल गरेर ‘शोषणरहीत समाजको सिर्जना गर्ने’जुन धूर्त राजनीतिक चारो फालेको थियो त्यसले पनि अर्ध चेतन नेपाली समाजमा ठूलो भ्रम पारेको थियो । यसै धरातलमा वास्तवमा राजालाई ‘राष्ट्रियताका प्रतीक र प्रजातन्त्रका पहरेदार’को पगरी गुथाएर थप भ्रम सिर्जना गर्ने काम पनि त्यतिबेला गरिएको थियो ।

तर सामन्ती ब्यवस्थालाई यसरी सिङ्गारपटार अर्थात ‘डेण्टिङ्गपेण्टिङ्ग’ गरेर जनता र राष्ट्रले बेहोर्नु परेका अशिक्षा, गरीबी, अभाव, असुरक्षा, बेरोजगारीका जीबन्त समस्याहरु समाधान हुने कुरै थिएन । ती समस्याहरु झन झन बिकरालरुपमा बढदै गए । देश बिश्वका गरीबतम् र पिछडिएको मुलुकको रुपमा अर्थिदै गयो । अरुले सय बर्षा गरेका बिकास नेपालले १० बर्षमा गर्ने र एशियाली मापदण्डमा पुग्ने जस्ता जनता झुक्याउन र भूलभुलैयामा पार्न अघि सारेका नाराहरुले हावा खाए । अन्ततः यी नै समस्याले गर्दा निर्बिकल्प भनिएको राजतन्त्रको रक्षा कबच बनाइएको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था नेपाली जनताको आन्दोलनले धुलधुसरित भयो । त्यसपछि पनि संबैधानिक राजतन्त्रसहीतको बहुदलीय ब्यवस्था नै पुनराबृत्ति भयो । अनि त्यसमा समेत पहिलो पटक नेपालको संविधानमा नेपाली नजतालाई सार्वभौम सत्ता सम्पन्न भनिए पनि राजाकै हात माथि रहेको संबैधानिक ब्यवस्था र राजनीतिक दलहरुको बिचलनकारी प्रबृत्तिले गर्दा देश र जनताका मूलभूत समस्याको निराकरण गर्नेतिर राज्य सत्ता प्रबृत्त हुन सकेन । दल र राजाका बीचको अघोषित संघर्षको अन्तिम परिणतिको रुपमा राजाले पुनः २०१७ सालकै जस्तो शक्ति हत्याउने काम गरे ।

बास्तवमा राजतन्त्रले यसो गर्न सक्नुको पछाडि जनताका शक्तिहरु बिभाजित र आपसमै लडिरहको स्थिति थियो । उनीहरु सत्तामा बसेर हुन् या जंगलमा पसेर राजालाई दाहिने बनाएर गलत किसिमले आपसमा लड्ने गलत बटोमा थिए र त्यो क्रम दश बर्षम्म चल्यो । अन्ततः पुनः जनताका शक्तिहरु आपसमा मिलेर राजतन्त्रका बिरुद्ध खडा हुने सही बाटोमा लागे । दिल्लीमा भएको १२ बुँदे सहमति यसै पृष्ठभूमिमा भएको हो । त्यसको अघोषित पक्षमा के के कुरा सन्निहीत थिए त्यो त त्यो सहमतिमा सक्रिय रहेका राजनीतिक दलहरुको ब्यवहार र गतिबिधिले एक पछि अर्को गरी स्पष्ट पार्दै जाला तर घोषित रुपमा त्यो सहमतिमा जे कुराहरु प्रत्यक्ष गरिएका थिए त्यसले नेपालमा पूर्ण प्रजातन्त्र (अर्थात राजतन्त्र नरहने र गणतन्त्रकै अर्थ दिने) को लागि अन्तिम संघर्षको घोषणा गरेको थियो । वास्वतमा त्यो सम्झौतापछि दुइटा कुरा निकै महत्वपूर्ण भएका छन् । ती हुन् असामयिक सशस्त्र संघर्ष गरिरहेको ततकालीन माओवादी शान्तिपूर्ण आन्दोलनमा समाहित हुन तयार हुनु र त्यसबेला राजाको तानाशाही बिरुद्ध शान्तिपूर्ण संघर्ष गरिरहेका राजनीतिक दलहरु राजतन्त्रकै अन्त्यका लागि संघर्षमा जान तयार हुनु । यी दुइ महत्वपूर्ण कुराले २०६२/६३ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनले बिशाल रुप लिएर राष्ट्रब्यापीबन्न पुगेको र सफलता हासिल गर्न पुगेको हो । त्यसपछि नेपालमा गणतन्त्रात्मक लोकतन्त्र र त्यसलाई सबल तुल्याउने राजतन्त्र पक्षीय धर्म सापेक्षताका स्थानमा, धर्म निरपेक्षता, केन्द्रिकृत सामन्ती एकात्मक ब्यवस्थाको स्थानका बिकेन्द्रित सघीयता जस्ता कुराहरु अघि सारिएका हुन् । तर आज यी बिषयलाई पुनः जनता बिभाजन गर्ने र पुरानो सामन्ती ब्यवस्थालाई नबसामन्ती ब्यवस्थाकोरुपमा चलाउने माध्यमको रुपमा दुरुपयोग गरिदै छ र त्यो आन्दोलनको मर्म र भावना बिपरीत राजनीतिक गतिबिधि जोडदाररुपमा चलाइदै आएको छ ।

वास्तवमा संविधान सभाद्वारा संविधान निर्माण गर्न नदिइनु,त्यो सभालाई नै बेवारिसे र पंगु बनाउदै लगरे अन्ततः अबसान गराइनु यही कुटील राजनीतिको अन्तिम परिणति हो । जसका कारणले आज मुलुक घोर राजनीतिक, संबैधानिक र कानुनी संकटमा परेको छ । यसले गर्दा आज सर्बत्र दण्डबिहीनता, असुरक्षा, भ्रष्टाचार, मंहगी, बेरोजागरी अपूर्वरुपमा मौलाएको छ । राज्यका महत्वपूर्ण अंग प्रत्यंगहरु असफल हुदै गएका छन् र यसको अन्तिम परिणति राष्ट्रलाई नै असफल तुल्याउने गम्भीरतम स्थिति सिर्जना गरिदैछ । यी सबै कुरा दलहरुमा २०६२/६३ सालको ऐतिहासिक संयुक्त जन आन्दोलनको मर्म र भावना बिपरित संकीर्णता सत्तामुखी बिचलन भएका का कारणले गर्दा आएको हो । यस कुरालाई मनन गरेर सुध्रिने सच्चिने सही बाटो नलिएसम्म नेपाली राजनीतिले बर्तमान संकटबाट पार पाउन तत्काल सकिने छैन । जनताले फेरि पनि सबै किसिमका कुटील षडयन्त्र र बिभाजकारी प्रबृत्तिका बिरुद्ध संघर्षमा पुनः उत्रिनुपर्ने गम्भीर स्थिति तर्फ नै देशलाई धकेलिदै छ । अरु कुराहरु तपसिलमा पर्दै गएका छन् । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया