Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – एनआरएन भित्र जतिसुकै बदमाशी गरेपनि विरलै सुनिने गरेको कार्वाही साउदी अरवको एनसीसीले हालै गरेर देखाएको छ । उसो त एनआरएनको नाम भजाएर म्यानपावरको दलाली गर्ने, आफ्नो ब्यवसायको प्रमोशन गर्ने, पहुंचवालहरुसंग साँठगाँठ बढाएर आफ्नै मात्र दुनो सोझ्याउने र सतहमै देखिने गरी राजनीति गर्ने एनआरएनहरु पनि घट्दो हैन बढ्दो छन् । तर एनआरएनको बिधानले उनीहरुलाई कार्वाहीको प्रक्रियासम्म पुर्‍याएको त्यति सुनिदैन । यसै सन्दर्भमा एनआरएन साउदी अरवले बिधान बिपरित कामबार्वाही गरेको भन्दै एनआरएनका दुई हस्तीलाई साधारण सदस्यसमेत नरहने गरी कार्वाही गरेको छ । जुन कार्वाहीलाई उसले एनआरएनभित्रको शुद्धिकरणको थालनी भनेको छ । एनआरएनभित्रको यो शुद्धिकरणको अभियान अब सबै मुलुकहरुमा बिस्तार गरिनुपर्ने आवाज उठ्न थालेको छ ।

गैर आवासीय नेपाली संघ साउदी अरबको ९ नोभेम्बर २०१२ मा बसेको १४ औं बैठकले आफ्ना २ जना पदाधिकारीहरूलाई एनसिसी साउदीअरब तथा यस मातहतका कुनै पनि सांगठनिक निकायका कुनैपनि पदिय हैसियतमा नरहने गरी संघबाट निष्काशन गरेको छ ।

एनआरएन आउदी अरवका प्रबक्ता बिमल गौतमले जानकारी गराउनुभएअनुसार संघको बिधान, आचारसंहिता, मूल्य, मान्यता र पद्धतिलाई कुल्चदै संस्थामै आंच आउने गतिबिधिहरू गरेको पाइएपछि बिधानको धारा २१-३, २२-१ र २९-२ बमोजिम एनसिसीले यो निर्णय गरिएको बताईएको छ । कार्बाहीमा पर्ने पदाधिकारीद्वयमा एनसिसी सल्लाहकार रूद्र कार्की र पूर्बी क्षेत्रिय समितिका पूर्ब अध्यक्ष श्रीकृष्ण श्रेष्ठ हुन ।

साथै संस्थाको आधिकारिक र औपचारिक स्वीकृति बिना संस्थाका कुनै पनि निकाय तथा आधिकारिक पदाधिकारीहरूलाई कुनै पनि जानकारी नै नदिएर संस्थाको नाम भजाउंदै हालै आयोजना गरिएको एउटा भलिवल कार्यक्रममा संस्थाको नै बदनामी हुनेगरी अनियमितता, भेदभाव, बिवादित एवं अनैतिक कार्यहरू भएकाले यस संस्थाको आयोजक निकाय दमाम स्थानिय समितिलाई भंग गरी पुनर्गठन गर्ने पुर्बी क्षेत्रिय समितिको निर्णयलाई पनि एनसिसीको बैठकले बिधानको धारा २२-२ बमोजिम सदर (अनुमोदन) गरेको छ ।

बैठकका अन्य निर्णयहरूमा गल्ती गर्ने म्यानपावर कम्पनीहरूलाई कार्बाही गर्न सिफारिस गर्ने र बैदेशिक रोजगार बिभागको स्वीकृति (इजाजत) नलिई साउदी अरबमा प्रतिनिधी बनी कार्यरत म्यानपावर ब्यवसायीहरूलाई सामाजिक बहिस्कार गर्दै बिभागबाट ऐन मुताविक इजाजत लिई बिभागको परिचय पत्र लिएर मात्र बिदेशमा एजेन्ट बन्न बनाउन माग गर्ने भएको छ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया