Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – नेपाल टेलिभिजनको लोकप्रिय हास्य टेलिशृङ्खला मेरी बास्सैको चर्चित हास्यजोडी तथा दम्पती सीताराम कट्टेल ‘धुर्मुसु’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तथा गायिका जुना प्रसाईंले युकेमा रहेका नेपालीलाई दशैंको बेला स्वदेशमै रहेको अनुभूति दिलाएका छन्। हाँसो र नाचगानको बेजोड प्रस्तुतिमार्फत उनीहरूलाई यहाँ रहेका नेपालीलाई स्वदेशी आँगनमै रहेको अनुभूति दिलाएका हुन्।

भेराइटी गाइज, आसफोर्ड, केन्टको आयोजना र आइएमइ रेमिटको प्रस्तुतिमा युकेमा आइएमइ दशैं–तिहार शुभकामना साँझ यात्राको क्रममा आसफोर्ड, केन्टमा उनीहरूले हाँसोको बहार छरे भने गीत–संगीतको लहर फैलाए। यो कार्यक्रम फ्लोक्टोन, आसफोर्ड र फानबोरोमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका क्रममा सीताराम कट्टेलले धुर्मुसका रूपमा रमाइलो र व्यंगात्मक एकल प्रहसन तथा एमाले नेता केपी ओलीको क्यारिकेचर र खड्काजीको रूपमा एकल प्रस्तुति पस्केर यहाँका नेपालीलाई हसाउनुका साथै देशको यथार्थ स्थितिका बारेमा जानकारी गराए। उनले हास्य अभिनेत्री पत्नी कुञ्जना घिमिरे सुन्तलीको साथमा सच्चा नागरिक शीर्षकको अर्को रमाइलो प्रहसन मात्र पस्केनन्, झुम्री बनेकी कुञ्जनाका साथमा आइते बनेर अर्को बेजोड प्रस्तुति पस्किएर पनि रमाइलो गराए। कुञ्जनाले पनि सुन्तली र फतौरी बूढी बनेर रमाइलो गराइन्। त्यसपछाडि सीताराम र कुञ्जनाले खड्काजी र सुन्तली बनेर उध्रेको चोली बोलको आइटमसँगमा हास्यव्यंगात्मक नृत्य पस्केर दर्शकको वाहवाही पाए।

त्यसै गरी कुञ्जनाले तिहारै आयो लौ झिलीमिली बोलको गीतमा एकल नृत्य प्रस्तुत गरेर तिहार आएको झल्को दिलाइन्। आफ्ना लागि हजारौं दर्शकको भीड लागेपछि सीताराम र कुञ्जनाले मात्र करिब दुई घण्टाभन्दा बढी दर्शकलाई भरपुर हँसाएर मनोरञ्जन प्रदान गरेका थिए। त्यस्तै गायिका जुना प्रसाईले आफ्ना विभिन्न उत्कृष्ट गीत तथा रिलिज भइनसकेको आफ्नो नयाँ एल्बमका गीत पस्केर सांगीतिक मनोरञ्ज्न प्रदान गरेकी थिइन्। साथै उनले विभिन्न लोक तथा आधुनिक गीत गाएर पनि दर्शकलाई नचाएकी थिइन्। गोर्खा क्विन्स फष्ट रेजिमेन्टका पूर्वअधिकृत तथा कार्यक्रमका आयोजक चेतबहादुर गुरुङले बेलायतमा जन्मेका छोराछोरीलाई नेपाली संस्कृतिसँग सामीप्यता राख्न र प्रवासमा पनि नेपाली संस्कृतिक पहिचान कायम गर्न कार्यक्रम आयोजना गरिएको जानकारी गराए।

कार्यक्रम व्यापक रूपमा सफल भएको यसको अर्का आयोजक सुमन अधिकारीले बताएका छन्। यो कार्यक्रम शनिबार क्याट्रिकमा आयोजनना गरिएको छ भने आगामी शनिबारदेखि सोमबारसम्म मेडिस्टोन, रेडिङ र स्कटलैन्डको ग्लास्गो शहरमा हुनेछ। त्यसैगरी नोभेम्बर ८, ९, १० र ११ मा क्रमश- अल्टरसट, प्लमस्टिड, फेल्तम र वेल्सको ब्रेकनमा कार्यक्रम तय भएको जानकारी अधिकारीले दिएका छन्। यसवाहेक पनि बेलायतको अन्य विभिन्न स्थानमा कार्यक्रम आयोजना हुने जानकारी दिएका छन्। कार्यक्रमका सिलसिलामा दशैं यतै मनाएको कलाकारको टोली तिहारसम्म हुने कार्यक्रम पूरा गरी तिहारपछि मात्र नेपाल फर्कनेछ। कार्यक्रमका लागि सीताराम र कुञ्जना तिहारसम्मका लागि पुग्ने गरी मेरी बास्सैका शृंखलाहरू खिचेर त्यहाँ गएका थिए। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया