Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

आम्स्ट्रडम –  – दशै कार्यक्रम तथा गैर आवासीय नेपाली दिवस (NRN Day) यहि २४ अक्टोबर २०१२ का दिन नेदरल्याण्डसमा सम्पन्न भएको छ । गैर-आवासीय नेपाली संघ नेदरल्याण्ड, नेपाली जनसम्पर्क समिति, नेदरल्याण्डस, नेपाल बिकास प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (INAS) केन्द्रिय कार्यसमिति, नेपाल म्युजिक फाउण्डेशन, नेपाल लोकतान्त्रिक मन्च नेदरल्यान्डस लगायतका संस्थाहरुको संयुक्त आयोजनामा नेदरल्याण्डमा सामुहिक दशैं मनाईएको छ ।

बहुचर्चित स्थानीय कलाकारहरुका साथमा नेपालबाट आउनुभएका किरण केसी, शिवहरि पौडेल, रामचन्द्र काफ्ले र जुनु रिजाल (काफ्ले) लगायतका स्थापित कलाकारहरुले निकै राम्रो मनोरन्जन प्रदान गर्नुभएको थियो। तथापि प्राविधिक कारणले निर्धारित स्थलमा कार्यक्रम हुन नसक्ने भएपछि तत्कालै कार्यक्रमस्थल परिवर्तन गर्नुपर्ने वाध्यताका कारण कार्यक्रम अबधिमा धेरै समस्याहरु पनि देखा परे। तर त्यस्ता समस्याहरुका वावजुद पनि नेदरल्याण्डसका नेपालीहरुको सहभागीता र उहाँहरुले देखाउनुभएको उच्च धैर्यताको भने सबैले मुक्त कण्ठले प्रसंशा गरेका थिए ।

संस्थागत प्रतिनिधिका रुपमा एनआरएन नेदरल्यान्डसका तर्फबाट संस्थापक अध्यक्ष शशी पौडेल, निवर्तमान अध्यक्ष हरि पौडेल, उपाध्यक्ष प्रेम गुरुङ, नेशनल को-अर्डिनेटर श्रीराम कँडेल, नेपाली जनसंपर्क समितिका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद शर्मा, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) का तर्फबाट युरोपीयन कन्टिनेन्टल कमिटीका सदस्य चन्द्र सम्सेर केसी, सो संस्थाका केन्द्रिय अध्यक्ष तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष पुष्प बरुवाल, नेपाल म्युजिक फाउण्डेशनका वर्षा खड्का, नेपाल लोकतान्त्रिक मन्च नेदरल्यान्डसका अध्यक्ष टिकाराम सापकोटा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गैर-आवासीय नेपाली संघ नेदरल्यान्डसका नेशनल को-अर्डिनेटर श्रीराम कँडेल, संस्थापक अध्यक्ष शशि पौडेल र कार्यक्रमको सभापतित्व गर्नुभएका एनआरएन नेदरल्यान्डसका उपाध्यक्ष प्रेम शिंग गुरुङ लगायतका वक्ताहरुले एनआरएन डे को महत्व र गैर-आवासिय नेपाली संघ नेदरल्यान्डसले सम्पन्न गरेका कार्यहरु तथा आगामी दिनहरुमा गर्ने कार्य योजनाहरुका बारेमा चर्चा गर्नुभएको थियो । नेदरल्यान्डसका अग्रज लीलाधर गैरे र श्रीमती लक्ष्मीदेवी गैरेबाट टिका तथा जमरा ग्रहण गरिएको उक्त कार्यक्रममा उपस्थित सबैले हर्षोल्लाषका साथ शुभकामना आदानप्रदान गरेर दशै मनाएका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया