Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

सउल – मिति २०१२ अक्टुबर २१ तारिख दोंग्देमूनको लुम्बिनी रेष्टुरेन्टमा नेवाः पुचः दक्षिण कोरियाको दशैं रमझम कार्यक्रम सफलताका साथ सम्पन्न भयो | नेवाः पुचःका अध्यक्ष तथा गुरु नबिन बज्राचार्यले दशैं रमझम कार्यक्रममा सहभागी सम्पूर्ण नेपालीहरुलाई शुभ आशिषसहित मोहनी(ध्वाँसो) को टिका, रातो अक्षताको टिका लगाईदिएर दक्षिणा, फलफूल तथा जमरा दिएका थिए | तत्पश्चात विभिन्न मनोरन्जनात्मक सांगीतिक कार्यक्रमका साथ दशैं रमझम कार्यक्रम सम्पन्न भएको थियो |

कोरियाको ग्येओंग्जु सिटीमा २०१२ अक्टुबर १७ तारिख देखि १९ तारिखसम्म सम्पन्न भएको “२०१२ वर्ल्ड ग्रीन एनर्जी फोरम”मा नेपालको प्रतिनिधित्त्व गरी सो कार्यक्रममा भाग लिन आउनुभएका बिज्ञान तथा बातावरण प्रविधिमन्त्री डा. केशबरत्न शाक्यलाई नेवाः पुचःका अध्यक्ष गुरु नबिन बज्राचार्य, सल्लाहकार पुरु जोशी तथा सचिब निर्मल महर्जनले सउलको गिम्पो एरपोर्टमा स्वागत गरेका थिए | साथै नेपालको राजदूतावासमा नेवाःपुचः दक्षिण कोरियाका प्रतिनिधिहरु तथा उहाँ बीच आपसी हितका बिषयमा सरसल्लाह भयो | उहाँ २१ तारिख २ बजे कोसेपको योंघुंग स्थित पावर प्लान्टको भ्रमण गरेर दिउँसो नेपाल फर्कनु भएको थियो |

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया