Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – पूर्ब उपप्रधानमन्त्री तथा गृहमन्त्री एवम एकीकृत नेकपा माओवादीका संगठन बिभाग प्रमुख कृष्णबहादुर महराले एनेकपा माओवादी सरकारमा पुगे पनि सत्तामा पुग्न नसकेको बताउनुभएको छ ।

एमाओवादी निकट भातृ संगठन नेपाली जनप्रगतीशील मञ्च युएइको दोश्रो अधिवशनमा प्रमुख अतिथिकारुपमा आउनुभएका महराले शुक्रबार सो कुरा बताउनुभएको हो । हाम्रो सरकार हाम्रो नेतत्वृमा त छ, तर पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्म जनयुद कालमा लगाइएका मुध्दा टाउकोमा बोकेर बसिरहनु भएको छ । म स्वयं गृहमन्त्री भएको मान्छे तर म बिरुद्धका मुदा अझै फिर्ता भएका छैनन्। सरकारमा भएपनि सत्तामा पुग्न नसक्नाले यस्तो भएको हो। सत्ता कसको हातमा छ भन्ने नखुलाए पनि वहांले राष्टपतिमा अलि बढी अधिकार रहेको संकेत गर्नुभयो ।

माओवादीले जातीय राज्य बनाउनका लागि संघीय मुद्दा उठाएको भन्ने भ्रममा नपर्न आग्रह गर्दै महराले स्पष्ट रपमा भन्नुभयो, हाम्रो पार्टीले जातीय आधारमा कुनै जातिलाई पनि राज्य दिने नीति लिएको छैन, जातीय मुद्दा चर्काएर जाति जाति बिच भडकाउन ल्याउने हाम्रो ध्येय छैन तर पहिचान गुमाएकाहरुलाई अधिकार दिनका लागि जातीय बर्गीय र क्षेत्रीय पहिचानका आधारमा संघीय राज्य बनाउनुपर्छ भन्ने हाम्रो कुरा हो ।

बिगतमा पहिचान सहितको संघीय राज्य निर्माण गर्ने गरी संविधान बनाउने शर्तमा कांग्रेस एमालेसँग सेना समायोजनको सवालमा एक कदम पछि हाम्रो पार्टीले सहमति गरेकै कारण सेना समायोजन संभब भएको तर अरु पाटीहारुले धोका दिएको वहाँले आरोप लगाउनुभयो। जातीय बर्गीय र क्षेत्रीय पहिचानका आधारमा संघीय राज्य बनाउने कुरामा एमाओवादी कुनै हालतमा पछि नहटने महराले बताउनुभयो । एक प्रसंगमा वहांले दशैं र तिहार बिचमा दलहरुबिच राजनीतिक सहमति भई देशमा बिद्यमान गतिरोधले निकास पाउने बताउनुभयो।

प्रवासका रहेका नेपालीले देशको अर्थतन्त्र धानेको बताउदै नेता महराले अग्रगमन र संविधान निर्माणका सवालमा प्रवासबाटै पहल कदमी र खबरदारी गर्न आग्रह गर्नुभयो। सरकारलाइ एउटा मेसिनको संघा दिदै त्यो मेसिनमा पस्ने जोसुकै फ़ोहोरी बनेर निस्कने गरेको बताउनुभयो। एक प्रश्नको जवाफमा नेता महराले भन्नुभयो- ’मृत्युदणको सजाय सुनाइएका अमरबहादुर बमको सजाय माफी लगायत युएइमा रहेका नेपालीहरुका समस्याबारे प्रधानमन्त्रीसंग कुरा गर्ने बताउनुभयो ।

नेपाली जनप्रगतीशील मञ्च युएइको दोश्रो अधिवशनमा बिषेश अतिथिकारुपमा उपस्थित एकीकृत माओवादीका एशिया प्यासिफिक राज्य समितिका संयोजक युवराज चौलागाइंले प्रवासी नेपालीहरुले राजनीतिक दलको परम्परागत भूमिकामाबाट माथि उठेर कुटनितिक रुपमा राजनीति गर्नुपर्ने एवम् सामाजिक सेवामा लाग्नुपर्ने बताउनुभयो। नेपालमा हरियालीमा बालुवा छरिएको छ तर युएइमा बालुवामा हरियाली बनाइएको रहेछ एक प्रसंगमा चौलागाईले भन्नुभयो । युएईका लागि नेपाली राजदुत धनञ्जय झाले युएईमा रहेका नेपालीहरुको हक हितका लागि दूताबासले सक्दो पहल गर्ने प्रतिबध्दता जनाउनुभयो । अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई गैर आवासीय नेपाली संघ मध्य पुर्बी सहसंयोजक लोकनाथ सुवेदी ,नेपाली समाज युएइका अध्यक्ष कृष्ण ढकाल, गैर आवासीय नेपाली संघ युएइका अध्यक्ष चन्द्र रोक्का नेपाली जनसम्पर्क समिति युएइ अध्यक्ष चिबबहादुर केसी, नेपाली जनपरिषद कतारका अध्यक्ष रमेश भट्ट, जनजाती नेता भुवन राई, हरि मगर, नेपाल पत्रकार महासंघ युएई अध्यक्ष अर्जुन दाहाल लगायतले शुभकामना तथा मन्तब्य राख्नुभएको थियो । कार्यक्रम नेपाली जनपरिषद युएइका अध्यक्ष श्याम परियारको सभापतित्वमा भएको थियो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया