Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

दोहा – कतारमा मगर भाषा सम्बन्धि प्रशिक्षणसहित मगर भेला हालै सम्पन्न भएको छ ।

नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा भएको सो भेलामा मगर भाषा लिपी र मगर ढुटको प्रशिक्षण दिईएको थियो ।

संघका अध्यक्ष भीमबहादुर तरामु मगरको अध्यक्षता र संघका केन्द्रिय समितिका प्रमुख सल्लाहकार देवबहादुर रानामगरको प्रमुख आतिथ्यता भएको सो भेला र भेला पश्चातको प्रशिक्षणमा उत्साहजनक मगर समुदायको सहभागिता रहेको थियो । संघका अध्यक्ष भीम तरामु मगर र अस्मित बुढामगरले प्रक्षिक्षकको भूमिका निर्बाह गर्नुभएको थियो भने बोर्ड, कलम र डस्टर अनि प्रशिक्षार्थीहरुलाई कापी र शिशाकलमको प्रायोजन समितिका कोषाध्यक्ष लिलाम्बर चिदी मगरले गर्नुभएको थियो ।

कतारमा रहेका मगरहरुको ब्यापक सहभागितामा गत सेप्टेम्बर २८ तारिखका दिन उक्त तेश्रो मगर भेला सम्पन्न भएको हो । उक्त भेलामा महासचिव शरण थापामगरको सञ्चालन रहेको थियो ।

कार्यक्रमको सभापति र प्रमुख अतिथिबाट संयुक्तरुपमा ब्यानर अनावरण गरी तीनवटा दिप प्रज्वलन गरेपछि औपचारिकरुपमा शुरु भएको उक्त कार्यक्रममा संघका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले स्वागत मन्तब्य राख्नुभएको थियो । यसैगरी अतिथिहरु प्रकाश आलेमगरले आदिवासी जनजातीहरुको बारेमा, मनिराज पुन मगरले कतारबासी नेपालीहरुको बारेमा र तिलक घर्तीमगरले मगरहरुको बारेमा बोल्नुभएको थियो । त्यसपछि प्रमुख अतिथि देवबहादुर रानामगरले शुभकामना मन्तव्य दिनुभएको थियो ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया