Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

दुबाई – बर दुवईको इम्पेरियल स्विट होटलमा १४ सेप्टेम्वर २०१२ का दिन दर्शकले खचाखच भरिएको हलमा दिलशोभा श्रेष्ठको श्रव्य दृश्यले उपस्थित दर्शकहरुको मनलाई छुन सफल भएको थियो । श्रव्य दृश्यको प्रदर्शनको समाप्ति संगै कार्यक्रमकी साँस्कृतिक संयोजक एवं गायिका रेखा घिमीरेले सत्कर्म गरौ, सदभाव राखौ, सेवा नै धर्म हो, एकवारको चोला वितेर जान्छ यहि हाम्रो कर्म हो वोलको गितको प्रस्तुतिले उपस्थित सवैलाई स्तब्ध वनाउन सफल भएकी थिईन् । स्तव्ध भएको दर्शकलाई तताउन सायद तिम्रो वाटोमा मेरो पाईला नहोला भन्दै कर्मर मर्काउदै नृत्य गर्दा हलमा वन्स मोर भन्दै पसिनामा न्रि्रुक भएका थिए वयष्क युवा युवतीहरु रविन एडम डान्समा ।

मायालुलाई देखेपछि मन हाँसेको कुरा आफनो गलाद्वारा गायक प्रविण विक तिमीलाई देखेर हिमाल हाँसेको वोलको गितमा । लगतै चोरी भएको कुरा गर्न तल्लिन भईन नृत्यगाना भावना ढकाल चोरी भो चोरी भो के चोरी भो वास्तवमा उनको जोवन चोरी भएको जाहेर गरिन । ईसारामा नक्कल पार्दै थिए गायक ज्ञान लामा र रेखा घिमीरे इशाराले वोलाउनु पर्दैन वोलको गितमा । मेरो हुनेवालालाई मन पर्छ रे है भन्दै एक अर्काको मन परेको कुरा नृत्य मार्फ प्रस्तुत गरे माईनस प्लस संग्रौला र सिता ठकुरीले ।

नेपालवाट आएकी सम्झना लामिछाने कुमारी भएकी जानकारी गराउँदै माया लाउने सोल्टीको खोजीमा मञ्चमा उत्रदै मायाले हो संसार चलेको भन्दै मायाको वखान मात्र हैन यो तीजमा मजाले नाचिन्छ भन्दै नाच्दै आफ्नो गलाको जादुगरी गीत मार्फ प्रस्तुत गर्न सफल भईन् । तत्कालै मायाको वखान व्यक्त गर्न देखा परे गायक दिप सुव्बा दुई दिन मायालाई दिऊँ भन्दै । जिन्दगीलाई परिभाषित गर्दै थिईन नृत्यगाना रञ्जना श्रेष्ठ जिन्दगानी दर्पण छायामा । पुनः भावना ढकाल र जय घले लालुपाते फुल छैन रुख मात्रै एक अर्कालाई गिज्याउदै नृत्य गर्दा दर्शकहरु कर्मर मर्काउदै वाहा वाही गरीरहेका थिए । नेपालवाट आएको दुई दिन नवित्दै मञ्चमा उत्रिएका गायक खेमराज घिमीरे तुलसी आँगनमा रोपौला वोलको गित गाउदाँ हलका दर्शक कम्मर मर्काएर नाचेका थिए । स्टेजवाट उत्रिसकेका गायकलाई दर्शकले वन्स मोर वन्स मोर भन्दै चिच्याए र अर्को कलाकारलाई वोलाउन दिएनन् कार्यक्रम उमेश राईलाई र राई वाध्य भए घिमीरेलाई मञ्चमा वोलाउन ।

उक्त कार्यक्रममा टिना लामा, डिआर पाण्डे, गणेश पण्डित, जि.पि. संग्रौला, विनिता र राज देवन राई आदी कलाकारले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रम दिलशोभा श्रेष्ठ आमाघर सहयोगार्थ आयोजना नेपाली कल्याणकारी समितिले आयोजना गरेको थियो । सो कार्यक्रका प्रमुख अतिथि नेपाली दूतावासका राजदूत धनञ्जय झाले गरेका थिए । कार्यक्रमको सभापति समितिकी अध्यक्ष्य ममता विष्ट राउतले गरेकी थिईन । उक्त कार्यक्रममा विभिन्न सँस्थाका अध्यक्ष्य एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो र कार्यक्रममा आमन्त्रित सवै आगन्तुकलाई ढाकाटोपी पहिराएर सम्मान गरिएको थियो । हलमा उपस्थित दर्शक खचाखच भरिएका थिए भने करिव २०० दर्शकहरु स्थान अभावले प्रवेश नपाएर फर्किएका थिए ।

सोहि दिन एनआरएन प्रवासी नेपाली महिला संघ र जनप्रगतिशिल मञ्च यर्ुर्एइको आयोजनामा वरदुवईको अष्टोसरया होटलमा नेपालवाट आएका कलाकार शर्मिला गुरुङ र राजु गुरुङका साथमा स्थानिय कलाकारहरुको प्रस्तुतिद्वारा तीज धमाका सम्पन्न भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया