Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

फिन्ल्याण्ड –  प्रवासी नेपालीहरुलाई आफ्नो आम्दानीको केही हिस्सा नेपालमा लगानी गर्न उत्साह जगाउने अभिप्रायले थालनी गरिएको सामुहिक लगानी अभियान अन्तर्गत फिन्ल्याण्डमा गत अप्रिल महिनामा गठन गरिएको सामुहिक लगानी समितिले सेप्टेम्बर १५ तारिखमा राजधानी हेल्सिन्कीमा बृहत भेलाको आयोजना गरेको छ। गैर-आवासिय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्काका अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा फिन्ल्यान्डमा रहेका नेपालीहरुले सामुहिक कोष मार्फत नेपालमा लगानी गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन।

लगानी समितिका सहसंयोजक गोपाल अर्याललद्वारा संचालित उक्त भेलामा एनआरएन फिन्ल्याण्डका अध्यक्ष डा. अरुण पोखरेलले स्वागत मन्तब्य दिनुभएको थियो।

त्यसैगरी संघका उपाध्यक्ष एबं लगानी कोष फिन्ल्याण्डका संयोजक देबीदत्त शर्माले बिदेशमा आर्जन गरेको रकम मध्य थोरै भन्दा थोरै रुपमा भएपनि आफ्नो देशमा लगानी गरेर नेपाली भएकोमा गर्ब गरौ भन्ने प्रेरणादायी सन्देश दिनु भएको थियो। लगानी समितिका अर्का सदस्य जगन्नाथ काफ्लेले भेलामा उपस्थित समुदायलाई सामुहिक लगानीको बिबिध पक्षमाथि जानकारी गराउनुभएको थियो।

भेलालाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै एनआरएनका अध्यक्ष जिबा लामिछानेले गैर-आवासीय नेपाली संघले स्थापनाको १० बर्ष नपुग्दै हासिल गरेको उपलब्धीहरुबारे प्रकाश पार्नुभएको थियो। आफ्नो स्थापनाको दशक नपुग्दै संसारका ६१ मुलुकमा आधिकारिक रुपमा दर्ता भएको गैर आवासिय संघप्रति नेपाल सरकारको बढ्दो चासो र संघले उठाएका मागहरुप्रति गम्भिर बन्दै गएका उदाहरणहरु पेश गर्नुभएको थियो। अब नेपाल सरकारलाई पनि संघका तर्फबाट ठोस रुपमा केहि गरेर देखाउने बेला आएकाले लगानी बर्ष २०१२/१३ लाई मध्यनजर गर्दै प्रबासी नेपालीका तर्फबाट सामुहिक लगानी गर्न लागिएको तथ्य अघि सार्नुभएको थियो।

अध्यक्ष लामिछानेले नेपालमा लगानीका अवसर अनगिन्ती भयतापनी थालनीको रुपमा सबैभन्दा उपयुक्त मानिएको हाइड्रोपावर क्षेत्रलाई रोजिएको कुरा प्रस्ट पार्नुभयो। कार्यक्रमको अन्तमा उपस्थित समुदायहरुबाट सामुहिक लगानी सम्बन्धि राखिएका जिज्ञासाहरुको अध्यक्षले जवाफ दिदै लगानीप्रति निस्चिन्त हुन आग्रह गरे लगत्तै लगभग ३ करोड लगानी गर्न त्यहाँ उपस्थित नेपालीहरु प्रतिबद्ध भएका थिए।

भेलामा उपस्थित हुन नसकेका तर लगानी समितीलाई जानकारी गराएका अन्य लगानीकर्ताहरुको फेहरिस्त हेर्दा थोरै संख्यामा नेपालीहरु बसोबास गर्ने फिन्ल्याण्डबाट नेपालमा उल्लेख्य लगानी भित्रिन सक्ने अनुमान सहजै लगाउन सकिन्थ्यो। ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया