Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

लण्डन – हेल्प नेपाल नेटवर्कद्वारा थालिएको दश करोड रुपियांको परोपकारी अक्षय कोष स्थापना गर्ने अभियानकालागि लण्डनमा एकैदिन झण्डै तेह्रलाख रुपियां संकलन भएको छ। यो पछिल्लो सहयोग सहित सो अक्षय कोषका लागि गत दुई महिनामा पचास लाख भन्दा बढी रकम संकलन भैसकेको छ।

 

नेपाल ब्रिटेन डट कमद्वारा सोमबार बेलुका इलिङ ब्रोडवेस्थित हङ्ग्री यति रेष्टुरेण्टमा आयोजित दश चर्चित व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै हेल्प नेपाल नेट वर्कका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले नेटवर्कले नेपालमा सन्चालन गर्दै आएका गतिविधिहरुबारे जानकारी गराउनुभएको थियो।

नेट वर्कका गतिविधिहरु समेटिएको एउटा भिडियो प्रदर्शन पछि बोल्दै मिश्रले बेलायतबाटै जन्मेको संस्था भएकाले हेल्प नेपाल नेटवर्कप्रति बेलायतवासी नेपालीहरुको प्रेम र सद्भावना नेटवर्कले संधै पाईराख्ने आफुले विश्वास बोकेको बताउनुभयो। संस्थाले शिक्षा, स्वास्थ्य तथा आपतकालिन मानवीय सहायतका क्षेत्रमा अहिलेसम्म एकसय भन्दा बढी परियोजनाहरु पुरा गरिसकेको बताउंदै उहांले विदेशमा बस्ने नेपालीहरुले प्रत्येक महिना दिएको एक पाउण्ड वा एक डलरबाट पनि नेपालमा थुप्रै काम गर्न सकिन्छ भनेर संस्थाले उदाहरण प्रस्तुत गरेको बताउनुभयो।

 

संस्थाको प्रशासनिक खर्च एउटा छुट्टै प्रशासनिक अक्षयकोषबाट सन्चालन भैरहेकाले दाताहरुले दिएको रकमबाट एक पैसा पनि प्रशासनिक खर्चमा नजाने र शत प्रतिशत रकम तोकिएको परियोजनामा जाने व्यवस्था मिलाइएको उहांले जानकारी गराउनुभयो।

 

मिश्रले नेपालका विकट, दुर्गम गाउंठाउंमा अहिले पनि स्कुल तथा हेल्थ पोष्टहरु बनाउन, औषधिमूलो पुराउन नसकिएको चर्चा गर्दै गाउंलेहरुकै प्रयासमा थालिएका त्यस्ता कामहरुलाई भनेकै बेला सघाउन सकियोस् भन्ने उद्देश्यले हेल्प नेपाल नेटवर्कले दश करोड रुपियांको परोपकारी अक्षयकोष खडा गर्ने एउटा महत्वाकांक्षी अभियान थालेको बताउनुभयो।

 

उहांले अफगानिस्तान, इजरायल, सुडान जस्ता देशहरुबाट पनि नेपालीहरुले आफुले मेहनत गरेर कमाएको रकमबाट आफ्नो गच्छेले भ्याएसम्म सो कोषकालागि सहयोग पठाईरहेको बताउंदै बेलायतमा बसोबास गर्ने मनकारी नेपालीहरुबाट यो अभियानमा सार्थक सहयोग प्राप्त हुने आफुले अपेक्षा गरेको बताउनुभयो।

यसै क्रममा नेपाल ब्रिटेन डट कमसंगको सहकार्यमा दश करोड रुपियांको हेल्प नेपाल नेटवर्क परोपकारी अक्षय कोषका लागि सहयोग संकलन कार्यक्रम आउंदो सेप्टेम्बर २३ तारिख आइतबारका दिन लण्डन, ब्लाकहिथ स्थित एभरेष्ट इन रेष्टुरेण्टमा दिउंसो बाह्रबजे देखि आयोजना हुन गैरहेको छ। सो कार्यक्रममा सीमित स्थान मात्र उपलब्ध रहेकाले सहभागी हुन चाहनुहुने दाताहरुले निम्न ठेगानामा सम्पर्क गरी सेप्टेम्बर २० तारिखभित्र आफ्नो स्थान सुरक्षित गरीसक्न पनि हेल्प नेपाल नेटवर्क युके शाखाले आग्रह गरेको छ।

 

नेपाल ब्रिटेन डटकमका निर्देशक तथा समाजसेवी चिरन्जीवी ढकालले हेल्प नेपाल नेटवर्कले गएको एक दशकदेखि गरिरहेको परोपकारी कामहरुको सह्राहना गर्दै ती सेवामूलक कामहरुलाई निरन्तरता दिन आआफ्नो क्षेत्रबाट सक्दो सघाउन बेलायतस्थित सबै संघसंस्था तथा नेपाली समुदायलाई हार्दिक आग्रह गर्नुभएको छ।

 

बेलायतका लागि नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सेवानिवृत्त मेजर डमर घले, एनआरएनएका प्रबक्ता डा. हेमराज शर्मा, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, किशोर सापकोटा लगाएका बक्ताले आआफ्नो विचार राखेका थिए । नेपाल बृटेन डट कमका निर्देशक चिरन्जीवी ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको अन्त्यमा पत्रकार चिरन शर्माले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया