Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विदेशमा उपचार गर्दा ३० लाख रुपैयाँ सकेका छन् । उपचार खर्च राष्ट्रको ढुकुटीबाट बेहोरिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठको उपचार खर्च राज्यले बेहोर्ने प्रस्ताव उनले सीधै मन्त्रिपरिषद्मा लगेका थिए । तर, मन्त्रिपरिषद्को निर्णयमा श्रेष्ठले गरेको उपचार खर्चको विवरण हालसम्म संलग्न छैन । सरकारले सो निर्णयलाई हालसम्म पनि गोप्य राख्दै आइरहेको छ ।
अर्थ मन्त्रालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठलाई उपचारका लागि दुई किस्तामा गरी परराष्ट्र मन्त्रालयमार्फत ३० लाख रुपैयाँ निकासा गरिएको छ । पहिलो किस्तामा २८ लाख र दोस्रो किस्तामा दुई लाख रुपैयाँ औषधोपचारका लागि दिइएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
अर्थ मन्त्रालयका अनुसार श्रेष्ठले दुई किस्ता गरेर सो रकम लगेका थिए । श्रेष्ठको गत माघमा जापानस्थित होकाइडो युनिभर्सिटीमा अप्रेसन भएको थियो । श्रेष्ठका निजी सचिवालय स्रोतका अनुसार टाउकोमा नर्भको समस्याका कारण श्रेष्ठको टाउको राम्ररी हल्लाउन मिल्दैनथ्यो । जापानमा उनको सर्भाइकल स्पोन्डिलाइटिस (घाँटीको हड्डीसम्बन्धी) अप्रेसन गरिएको थियो ।
अप्रेसनपछि भने टाउको हल्लाउन नमिल्ने समस्याबाट उनी मुक्त भएका छन् । नेपालमा उनको उपचार नहुने भएकाले जापानमा गएर उपचार गर्नुपरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल मेडिकल बोर्डको सिफारिस लिएर मात्रै उपचारका लागि विदेश जानुपर्ने कानुनी प्रावधानसमेत मिचेका थिए । उनलाई विदेश जाँदा मेडिकल बोर्डले सिफारिस गरेको थिएन । त्यति वेला वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले श्रेष्ठको उपचार नेपाल नै गर्न सकिने बताएका थिए ।
मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले हाल मन्त्री स्वस्थ रहनुभएको जानकारी दिए । मन्त्रीका स्वकीय सचिव शंकर दुलालले श्रेष्ठको नेपालमा उपचार नहुने भएकाले जापानमा गएर अप्रेसन गर्नुपरेको दाबी गरे । जापानमा अप्रेसन गरेर आएपछि उनको टाउकोको समस्या पूरै रूपमा समाधान भएको दुलालले जानकारी दिए । मन्त्री श्रेष्ठलाई हाल कहिलेकाहीँ उच्च रक्तचापको समस्या भने यथावत् रहेको उनीनिकट स्रोतले जानकारी दियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया