Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025
काठमाडौं- यी तस्बिर कुनै अश्लील फिल्मका होइनन् । नवलपरासी जिल्लाको गैँडाकोटका स्कुले केटाकेटीले ‘रियालिटी’ मै यस्तो तमासा देखाएका छन् ।
युट्युबमा राखिएको एउटा भिडियोबाट यी तस्बिर साभार गरिएका हुन् । यो भिडियो दुई दिनमा २५ हजारभन्दा बढीले हेरेका छन् । भिडियोमा स्कुल पढ्ने उमेरका एक हुल केटाकेटी जोडी–जोडी भएर ‘टङ किस’ मा लिप्त रहेको देखिन्छ । घोर कलियुग !
गैँडाकोटका उच्छृंखल बालबालिकाहरूले खोलामा गएर ‘चुम्बन प्रतियोगिता’ गरे र त्यसको भिडियो पनि खिचाए । त्यसो त भिडियो खिच्ने व्यक्ति भने बढी उमेरका लाग्छन् । उनी दृश्यमा आउँदैनन् । उनले प्रत्येक ४ जोडी बालबालिकालाई पालैपालो लामोभन्दा लामो समय ‘टङ किस’ गर्न उक्साएको भिडियोमा सुनिन्छ । किस गर्न नमान्नेलाई उनले दबाब नै दिएका छन् ।
अगस्ट २५, २०१२ को मितिमा osnepal.com  को नामबाट सो भिडियो युट्युबमा पोस्ट भएको छ । सात मिनेट २४ सेकेन्डको भिडियोलाई सोमबार बेलुकीसम्म २४ जनाले ‘लाइक’ गरेका छन् भने १७ जनाले ‘डिस्लाइक’ गरेका छन् । यसमा अहिलेसम्म ३१ वटा प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा भिडियो खिच्नेलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गरिएको छ ।
यस्तो भिडियो सार्वजनिक रूपमा राख्दा देशकै बदनामी भएको प्रतिक्रिया पनि आएका छन् । सोही भिडियो अरू विभिन्न शीर्षक दिएर युट्युबमा राख्ने क्रम बढिरहेको छ भने फेसबुकमा पनि सेयर भइरहेको छ । युट्युबमा तजभगिअपथदयथगकब नामबाट राखिएको भिडियोमा ती बालबालिका सरस्वती बोर्डिङ स्कुलका भएको उल्लेख छ ।
दुई केटीबीचको टङ किसबाट भिडियो सुरु भएको छ । उनीहरूपछि चार जोडी केटा र केटीलाई आलोपालो गरी किस गर्न लगाउँछन् भिडियो खिच्ने व्यक्तिले । यसै क्रममा एक किशोरीले सो भिडियो अरूले देख्लान् भनेर डिलिट गर्न पनि भन्छिन् । भिडियो खिच्नेले यसलाई डिलिट गर्ने वचन दिन्छन् । खोलाकिनारका ढुंगामाथि बालबालिका बसेका देखिन्छन् आ–आºना जोडी च्यापेर । उनीहरूमध्ये एक बालक कम्मरमाथि नग्न छन् । ढुंगामाथि कपडा ओछ्याइएको छ । खानेकुराका प्याकेट, पानीका बोतल यत्रतत्र फालिएका छन् । एक बालक स्कुलको पोसाकमै देखिएका छन् ।
यस घटनालाई प्रहरीले पनि चासो दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) का निर्देशक डिआइजी उपेन्द्रकान्त अर्यालले सो भिडियो युट्युबमा हेरेको बताए । ‘गैँडाकोट भन्ने ठाउँको हो भन्ने जानकारी पाएका छौँ,’ उनले सौर्यसँग भने, ‘भिडियोमा कसैले अश्लील दृश्य खिचेको र सिकाइरहेको जस्तो पनि देखिन्छ । यो गैरकानुनी कार्य हो ।’
उनले सो भिडियो खिच्नेको खोजी प्राविधिक तवरले गरिरहेको बताए । उनले भने, ‘जहाँसम्म कारबाहीको कुरा छ, पीडित पक्षबाट उजुरी नआएसम्म हामी केही गर्न सक्दैनौँ ।’ सो भिडियो हटाउनका लागि युट्युबलाई आग्रह गर्ने विषयमा उनले केही बोल्न चाहेनन् । ‘हामी युट्युबलाई कारबाही गर्न सक्दैनौँ, यो हाम्रो बसको कुरा होइन,’ उनले भने ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालमा बढेको यो विकृतिबारे तपाईँ के भन्नुहुन्छ ? कमेन्ट बक्समा आफ्ना विचार लेख्नुहोस् । हामी प्रकाशित गर्नेछौं ।

तपाईको प्रतिक्रिया