Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025
धुर्मुससँग भेट नभएको भए ?
म सुन्तली नै हुँदैनथेँ । कुञ्जना भएर कलाकारिता मात्र गरिरहेकी हुन्थें ।
कुनै रात बेडमा धुर्मुसको सट्टा अर्कै केटामान्छे सुतेको रहेछ र तपाईंले बिहान ब्युँझँदा मात्रै थाहा पाउनुभयो भने ?
सपनामा छु कि बिपनामा भनेर आफैँलाई चिमोठ्थें । बिपना नै रहेछ भने त उठेर भाग्नुबाहेकको विकल्प के होला र ?
रेस्लिङ नामक गाईजात्रामा खड्काजी (सीताराम कट्टेल) को ठाउँमा तपाईंले रेस्लिङ भिड्न परेको भए ?
गाईजात्रामा म खड्काको पावर सपोर्टरमा छु । आफैँ रेस्लर हुन परेको भएचाहिँ खड्काजीलाई पावर सपोर्टर राखेर हिमालयन टाइगरलाई उचालेर पछारिदिन्थें ।
रेस्लिङ खेल्दै गर्दा तपाईंको चुम्बनले खड्काजी साँच्चिकै बेहोस भए भने ?
एक चुम्बनमा बेहोस हुनुभयो भने अर्को चुम्बन दिएर होसमा ल्याउँथेँ नि !
धुर्मुसले अर्की श्रीमती भित्र्याए भने ?
ए ! त्यसरी श्रीमती भित्र्याए भने सुन्तली पनि कहाँ त्यसै बस्छे ? अर्को केटा खोजेर पोइल जान्थी नि !
चन्द्रमामा धुर्मुसबाहेक अरू कसैलाई लैजाने अवसर पाए ?
धुर्मुसबाहेक सुन्तलीको चन्द्रमामा के अर्थ र ? बरु चन्द्रमामै जाँदैनथेँ । सुन्तलीका लागि धुर्मुस नै चन्द्रमा हो ।
विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमानेका भए ?
विवाहपछि पनि सेक्स सम्बन्ध राख्न मानेनन् भने त प्रोब्लम भैहाल्यो नि । चेकअपका लागि चिकित्सककहाँ पुर्‍याउँथेँ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया