Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो- जापानको एकमात्र अन्तरराष्ट्रिय क्रेडिट कार्ड कम्पनी जेसिबीले नेपालको हिमालयन बैंक तथा अल्पाइन कार्ड र्सर्भिससंग सहकार्य गर्दै नेपालमा पनि आफ्नो सेवा उपलब्ध गराउने भएको छ । हिमालयन बैंकको देशभरी रहेका एटिएम मार्फत जेसिबीको सेवा पनि लिन सकिने उक्त कम्पनी श्रोतले जानकारी गराएको छ । नेपाल भ्रमण गर्ने आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै यस्तो सहकार्य गरिएको बताईएको छ । यस किसिमको सहकार्यले हिमालयन बैंक र अल्पाइन कार्ड र्सर्भिसको गरी देशभरका २ हजार ५ सय शाखा र १ हजार एटिएम मार्फत जेसिबीका ग्राहकहरुले सेवा लिन पाउनेछन ।

ट्रेकिङ तथा अन्य उदेश्यले नेपाल भ्रमण गर्ने जापानीहरुको संख्या बार्षिक करिब २० हजार रहेको बताइन्छ । यसैगरी, जेसिबी कार्डबाहकको संख्या तिब्ररुपमा बृद्धि भईरहेको चीन र कोरिया जस्ता छिमेकी मुलुकहरुबाट पनि नेपाल भ्रमण गर्ने पर्यटकहरुको संख्या उल्लेख्य मात्रामा भएकोले नेपालमा पनि जेसिबी कार्डको सेवामा बृद्धि गर्न माग आईरहेको अवस्थामा यस किसिमको सेवा दिन थालिएको जेसिबी श्रोतले बताएको छ । साथै, आर्थिक समृद्धितिर लम्किरहेको देशहरु भारत र चीनको बीचमा रहेको नेपालमा जेसिबीले आफ्नो सेवा बिस्तार गर्नलाई ब्यवसायिक रणनीतिको एक कडिकोरुपमा पनि यसलाई लिईएको छ । यस किसिमको सेवाले जेसिबी कार्डबाहकहरु सुरक्षितरुपमा नेपाल भ्रमण गर्ने बातावरण बन्नेछ भने हिमालयन बैंक तथा अल्पाइन कार्ड र्सर्भिसले पनि बिदेशी कम्पनीसंगको सहकार्यमा आफ्ना सेवाहरु बिस्तार गर्न पाउँदा आफ्ना ग्राहकहरुलाई थप सेवा र सुबिधा पुग्ने बिश्वास लिएको छ ।

हालसम्म नीश्चित स्थानहरुमा मात्र जेसिबी कार्ड प्रयोग गर्न सकिन्थ्यो भने यस पटकको सेवा बिस्तारले काठमाडौं देखि पोखरा, लुम्बिनी, चितवन, नाम्चेबजार आदि जस्ता पर्यटकिय स्थलमा रहेका ठूलाठूला होटेलदेखि रेष्टुरेन्टहरुसम्म जेसिबी कार्डको प्रयोग गरी किनमेल तथा अन्य आर्थिक कारोबार गर्न मिल्नेछ । आगामी दिनमा नेपाल भ्रमण गर्ने आफ्ना ग्राहकहरुको लागि जेसिबी कम्पनीले बिभिन्न किसिमका क्याम्पेन तथा उपहार योजना ल्याउने सोंच पनि बनाएकोले यसबाट पनि नेपाल भ्रमण गर्ने जापानीहरुको संख्यामा बृद्धि हुन सक्ने देखिन्छ ।

जेसिबीले भबिष्यमा अन्य देशका बैंकहरुसंग पनि यस्तै सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई बढि भन्दा बढि सेवा दिने योजना बनाएको छ ।***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया