Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो – मार्शल आर्ट जापान किक बक्सिङ फेडरेशन च्याम्पियनसिप उपाधि हासिल गरेका मोहन महर्जन ‘ड्रागन’ र जेन फुजिताबिच आइतवार साँझ टोकियो आरिआके डिफर स्टेडियममा भएको किक बक्सिङ प्रतियोगिता ड्र (बराबर) भएको छ ।

दई किक बक्सरबिच भएको प्रतिस्पर्धामा पाँचौ राउण्डसम्म खेले पनि निर्णायकहरुले खेल ड्र भएको निर्णय सुनाएका थिए । जसअनुसार उनीहरुबिच पुन: अर्को पटक प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

यी दई हस्तीबिच भएको बहुप्रतिक्षित प्रतियोगिता ड्र भएपछि पुन: खेल्नका लागि अर्को तैयारी गर्नुपर्ने भएको छ ।

अत्यन्त महत्वपूर्ण म्याचकारुपमा हेरिएको आइतवार भएको उक्त प्रतियोगिता ड्र भएपछि यी दुई खेलाडिहरुले पुन: महिनौ लगाएर तैयारी गर्नुपर्ने भएको छ । एउटा टूर्नामेन्ट खेल्नका लागि तयार हुन धेरै पहिलेदेखि तयारी गर्नुपर्ने मोहनले बताए । जसअनुसार सन्तुलित खानपान, नियमित ब्यायाम, निर्धारित तौल समुहअनुसारको तौल कायम राख्न सक्नुपर्ने उनको भनाई छ । आयोजकले अर्को टुर्नामेन्टको लागि तिथिमिति तय गरेपछि जानकारी गराउने बताईएको छ ।

मोहन महर्जनलाई हौसला प्रदान गर्न स्टेडियम पुगेका दर्जनौ नेपालीहरुले नेपालको राष्ट्रिय झण्डा हल्लाएर मनोबल उच्च बनाएका थिए । जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टर्राई, राजदूतपत्नी श्रीमती भट्टर्राई, एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष अर्जुन अधिकारी, थकाली सेवा समितिका अध्यक्ष शरदकुमार गौचन, जापानका प्रतिष्ठित ब्यवसायी केशवप्रसाद श्रेष्ठ मलेकु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ललगायतका संघसंस्थाका प्रतिनिधि मिडियाकर्मी, ब्यवसायी, समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

खेलपश्चात महर्जनलाई राजदूत डा. भट्टर्राई, एनआरएन अध्यक्ष ओम गुरुङलगायतले खादार्पण गरी बधाई ज्ञापन गर्नुभएको थियो । ***

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया