Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो – टोकियोको योयोगी पार्कमा शनिबारदेखि शुरु भएको दुई दिवसीय नेपाल फेष्टिबल आइतबार समापन भएको छ ।

फेष्टिबलको औपचारिक उदघाटन शनिबार अपरान्ह जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलगायतका बिशिष्ट अतिथिहरुबाट सामुहिकरुपमा रिबन काटेर भएको थियो ।

एनआरएन जापानद्वारा आयोजित फेष्टिबलको उदघाटन समारोहमा बोल्दै राजदूत डा. भट्टराईले यस्ता खालका मेला तथा महोत्सवहरुबाट मुलुकको चिनारी बढाउन मदत पुग्ने बिचार ब्यक्त गर्नुभयो । उहांले अब बिबि एअरवेजद्वारा छिट्टै नेपाल-जापान सिधा उडान सेवा शुरु हुन गईरहेकोमा नेपालको पर्यटन प्रबर्धनमा थप टेवा पुग्ने बताउनुभयो ।

सो अवसरमा नेपाल जापान सोसाईटीका अध्यक्ष कोजिमा मित्सुआकी, नेपालका लागि पूर्व जापानी राजदूत तथा लुम्बिनी भ्रमण बर्ष २०१२ का सद्भावनादूत मिजुनो ताकेसी, एनआरएन आईसीसी कोषाध्यक्ष भवन भट्ट, एनआरएन एशिया प्यासिफिकका उपसंयोजक किरणविक्रम थापा लगायतका अतिथिहरुले फेष्टिबल सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । यसअघि आयोजक सँस्थाका उपाध्यक्ष समेत रहेका फेष्टिबल संयोजक चिरिञ्जीवी थापाले अतिथिगणहरु लगायत महोत्सवमा उपस्थित सर्बसाधारण सबैलाई हार्दिक स्वागत गर्नुभएको थियो भने आयोजक सँस्थाका अध्यक्ष ओम गुरुङले लुम्बिनी भ्रमण बर्ष -२०१२ को बिशेष अवसरमा जापानमा नेपाल र नेपालीको चिनारी बढाउन र नेपाली एकताको सन्देश प्रबाह गर्न यो फेष्टिबलले महत्वपूर्ण अर्थ राख्ने बताउनुभयो । ‘बिदेशमा धेरै कठिन परिस्थितिका बाबजुद पनि फेष्टिबल सफलतापूर्वक सम्पन्न पार्न आ-आफ्नो तर्फबाट बिभिन्न ढंगले सहयोग, समर्थन र नैतिक बल प्रदान गर्ने सबैमा हार्दिक धन्यबाद दिन चाहान्छु’ अध्यक्ष गुरुङले भन्नुभयो- ‘आगामी बर्षहरुमा यसलाई अझ थप ब्यवस्थित गर्दै जापानमा स्थापित कार्यक्रमकोरुपमा बिकास गर्दै लगिनेछ ।’

फेष्टिबलमा जापानमा रहेका नेपाली तथा जापानी कलाकारहरुद्वारा नेपाली कला सँस्कृति झल्काउने नेपाली गीत, संगीत र नृत्य प्रस्तुत गरिएको थियो । यसका साथै फेष्टिबलमा लोकदोहोरीको घम्साघम्सी लगायत म्याग्देली सञ्जाल जापानको प्रस्तुती नेपाली पञ्चबाजा, थालीनृत्य जस्ता आकर्षणहरु पनि प्रस्तुत गरिए । यसैगरी फ़ेष्टीबलमा बिभिन्न जातजातीको भेषभूषा प्रदर्शन ‘फ़ेशन शो’ पनि गरिएको थियो ।

फेष्टिबलमा नेपालमा उत्पादित सामानहरु, नेपाली खानाका परिकार, मनिट्रान्सफर, टेलिफोन कार्ड, रियल स्टेट कम्पनी लगायतका ब्यवसायीहरुको स्टल रहेको थियो । तुलनात्मकरुपमा पहिलो दिन भन्दा दोश्रो दिन अवलोकनकर्ताहरुको उपस्थिति बाक्लो रहेको थियो ।

दुईदिन सम्म चलेको फेष्टिबलमा माया नेपाली संगीत संस्थाकी संयोजक युको ओकामोतो मल्ल, यशोदा बस्नेत थापा, अञ्जना खरेल र बिश्व भण्डारीले उदघोषणकर्ताको भूमिका निर्बाह गर्नुभएको थियो ।

प्रचण्ड गर्मीको बाबजुद पनि फेष्टिबलमा अपेक्षाकृत अवलोकनकर्ताहरुको उपस्थिति रह्यो, समग्रमा फेष्टिबल सफल भएको छ’ – फेष्टिबल संयोजक चिरिञ्जीवी थापाले भन्नुभयो- ‘काम गर्ने क्रममा हुन गएका कमीकमजोरीहरुलाई सच्याउँदै आगामी बर्षमा अझ प्रभावकारी फेष्टिबलको आयोजना गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुने छ ।’

नेपाल फेष्टिबलका लागि यतिखेर अत्यधिक गर्मीको बेला भन्दा अलि अगाडि अप्रिल, मईतिर वा अलि पछाडि सेप्टेम्बर, अक्टोबरतिर गर्दा उपयुक्त हुने अवलोकनकर्ता सुभास लोहनीले बताउनुभयो भने अबदेखि नेपाल फेष्टिबलको आयोजना गर्दा अरु देशसंग नमिसिईकन नेपालीहरुको मात्र अलग्गै गर्नका लागि पहल गरिनुपर्ने युको ओकामोतो मल्लले बताउनुभयो ।

रंगमञ्चको प्रस्तुतीकरण जापानीहरुका लागि लक्षित र वजनदार हुनुपर्ने, जापानीहरुलाई नेपाल चिनारी सम्बन्धि प्रभावकारी प्रस्तुतीहरु रहनुपर्ने, लुम्बिनी र बुद्धको प्रचारप्रसारका लागि सान्दर्भिक सामाग्रीहरुको ब्यापक बितरण गरिनुपर्नेमा ध्यान दिनुपर्ने फेष्टिबल अवलोकनकर्ताहरुको सुझाव रहेको छ ।

फेष्टिबलको दूवै दिन कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेर नेपाली कला र सँस्कृतिको चिनारी गराउनुका साथै अवलोकनकर्ताहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा जापानका चर्चित गायकहरु रामकृष्णबम मल्ल, युवराज आचार्य, अमर गुरुङ, सूर्य खड्कालगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो भने बाद्यबादनतर्फ ईन्द्र गुरुङ, मनबहादुर थापा, ऋषि पौडेललगायतले सहयोग गरेका थिए । यसैगरी दोहोरीमा सरस्वती पुन, मीना लोहनी, राधिका सापकोटा लगायतका गायिकाहरुको सहभागिता रह्यो ।

फ़ेष्टीबललाई जेएमई, आईएमई, बिबि एअरवेज, एबिज डिजाईन लगायतका कम्पनीहरुले प्रायोजन गरेका थिए । ****

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया