टोकियो – नेपाल जापान युथ क्लब, टोकियोको प्रथम वार्षिक भेला यहि जुन २८ शनिबारका दिन सम्पन्न भएको छ । सो कुराको जानकारी क्लबको तर्फ़बाट सौगात गुरुंगले समुद्रपारि डट कमलाई दिनुभएको हो ।
त्यसै शिलशिलामा क्लबले बाग्लुङ गल्कोट घर भई हाल टोकियोको इकेबुकुरोमा बस्दै आएका मृगौला रोगबाट पीडित बिष्णु बहादुर थापाको स्वास्थ्य उपचारको लागि टोकियोको योयोगी पार्कमा आयोजित नेपाल फेस्टिबलमा चन्दा संकलन समेत गरेको छ । सो अवसरमा संकलित रकम ७१ हजार २६० येन र क्लबको तर्फबाट ३० हजार येन गरी जम्मा रकम १ लाख १ हजार २६० येन यही अगस्त १२ तारिखका दिन तमु धिं जापानले आयोजना गर्न गइरहेको १६ औं रोधी साँझमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने जानकारी समेत प्राप्त भएको छ ।
साथै, सम्पूर्ण चन्दादाताहरुलाई नेपाल जापान युथ क्लब, टोकियोले हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।