Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025
लन्डन -विश्वका २ सय ४ देशका १० हजार ५ सय खेलाडी सहभागी खेलकुदको कुम्भमेला लन्डन ओलम्पिक शुक्रबार राति सुरु भएको छ।
बेलायती महारानी एलिजावेथ द्वितीयले गरेको ओलम्पिक उद्घाटनमा सयभन्दा बढी देशका राष्ट्रप्रमुख वा सरकारप्रमुख सहभागी थिए। उद्घाटन लन्डनको स्थानीय समयअनुसार बेलुकी ९ बजे (नेपाली समयअनुसार रातिको पौने २) मा सुरु भएको हो।
बेलायतले तेस्रोपटक आयोजना गर्न लागेको ओलम्पिकका कारण पूर्वी लन्डनको स्टाटफोर्ड क्षेत्र खुसीयालीमा मस्त थियो।
६२ वर्षपछि बेलायतले विश्व खेलकुदको कुम्भमेला आयोजना अवसर पाएको हो। यसअघि १९४८ मा दोस्रोपटक ओलम्पिक आयोजना गरेको बेलायतले १९०८ मा पहिलोपटक अंग्रेज भूमिमा ओलम्पिक भित्र्याएको थियो।
बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले बिहीबार राति ओलम्पिकको भव्यतामा गौरवका साथ खुसीयाली मनाउन सम्पूर्ण देशवासीलाई आह्वान गरेका थिए। यसैगरी लन्डन २०१२ आयोजक समितिका प्रमुख सेवास्टिन कोले इतिहासकै भव्य र स्मरणीय ओलम्पिक आयोजनाका लागि पूरा तयार रहेको बताए।
‘लन्डन पूरा तयार छ। यो ओलम्पिक बेलायती जनताको खेल भावना र शान्तिपूर्ण सफलताको प्रतीक हुनेछ,’ कोलाई उद्धृत गर्दै स्थानीय पत्रिका मेट्रो लन्डनले शुक्रबारको अंकमा लेखेको छ, ‘आज विश्वको ध्यान लन्डनमा हुनेछ। हाम्रो आयोजनामा सबैले भव्यता र उच्च खेलभावना अपेक्षा गरेका छन्। त्यसैले ओलम्पिक पार्कबाहिर पनि २ सयभन्दा बढी देशबाट आएका हाम्रा पाहुनाले ओलम्पिकमा रमाएको लन्डन हेर्न पाउनुपर्छ। हामीले लन्डनलाई ओलम्पिकमय बनाउनुपर्छ।’
कोले सम्पूर्ण बेलायतलाई ओलम्पिकको खुसी मनाउन आह्वान गरे पनि यसको तामझामले लन्डनलाई नै ढाक्न सकेको छैन। ओलम्पिक पार्क रहेको स्टाटफोर्ड क्षेत्रलाई लन्डन २०१२ का तुल र ब्यानरले ढाके पनि यहाँका अन्य क्षेत्रले आफूलाई ओलम्पिक आयोजकका रूपमा प्रस्तुत गर्ने उत्साह खासै देखाएका छैनन्। फुटबल आयोजनास्थलमध्येको एक वेम्बलीको मुख्य बजार र रंगशाला वरपर मात्र ओलम्पिक झन्डा र तुल टाँगिएका छन्। यसबाहेक अन्य आयोजनास्थल र सेन्ट्रल लन्डनमा थोरै तुल ब्यानर राख्नुका अलावा ओलम्पिकको स्वागतमा लन्डनबासीले खासै चासो दिएको देखिँदैन।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया