Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025
टोकियो- जापानको विश्व प्रशिद्ध कार उत्पादक कम्पनी टोयोटाले यस आर्थिक वर्षको पहिलो चौमासिकमा मुनाफा गरेको जापानी सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन् ।
यसअघि गतवर्षदेखि नै विश्वव्यापी रुपमा नै पछिपरेको भनिएको सो कम्पनीले यस चौमासिकमा करिब ५० लाख कार बिक्री गरेको बताइएको छ ।
सो कम्पनीका ब्रान्डहरु दाइहाचु, लेक्सस र हिनो समेतले गरी यो अवधिमा सबैभन्दा बढी अथवा चार लाख ९७ हजार कार बिक्री गरेका सो कम्पनीले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
सो कम्पनीले उपलब्ध गराएको तथ्याङ्कअनुसार गतवर्षको यही अवधिको तुलनामा यसपटक भने करिब ३४ प्रतिशत बढी कार बिक्री गरेको हो ।
सन् २००८ देखि २०१० सम्म विश्वको सबैभन्दा ठूलो कार उत्पादक एवम् बिक्री वितरण गर्ने कम्पनीका रुपमा रही आएको थियो । तर गतवर्ष सो कम्पनीले उक्त स्थान गुमाउन पुगेको थियो ।
सन् २०११ को मार्च ११ मा जापानमा आएको सुनामी र भूकम्पका कारण जापानले निकै ठूलो आर्थिक क्षति व्यहोरेको थियो ।
सोही कारणले जापानको यो विश्वकै सबैभन्दा ठूलो कार कम्पनीको उत्पादन र बिक्री वितरण पनि प्रभावित भएका थिए । यसका कारण सो कम्पनीका जापान बाहिरका उत्पादन पनि प्रभावित भएका थिए ।
गत वर्षको तथ्याङ्कअनुसार विश्वको सबैभन्दा ठूलो कार कम्पनीको उपाधि पाएको जनरल मोटर कम्पनीले करिब ९० लाख कार उत्पादन गरेको थियो ।
त्यसपछिको अर्काे कम्पनी जर्मनीको भोक्स-वागेन कम्पनीले करिब ८० लाख कार उत्पादन गरेको थियो । सो कम्पनी विश्वको सबैभन्दा बढी कार उत्पादन गर्ने दोस्रो ठूलो कम्पनीका रुपमा रहेको थियो ।
टोयोटा कम्पनीले यसवर्ष सन् २०१२ मा करिब ९० लाख ५८ हजार कार उत्पादन र बिक्री वितरण गर्ने लक्ष राखेको बताएको छ ।
तर सो कम्पनीका अनुसार यो पूरै वर्षसम्ममा वर्तमान अवस्था नै कायम रहनेमा निश्चितता नभएकोले लक्ष्य हासिल गर्ने बारेमा केही भन्न सकिने अवस्था नरहेको पनि बताएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया