Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो – नेपाली नारीहरुको माहान चाड हरितालिका तीज आगामी सेप्टेम्बर महिनाको १६ तारिख आइतबारका दिन अपरान्ह ३:०० बजे बाट टोकियो ओताकु स्थित इकेगामी खाइकान हलमा भव्य रुपमा आयोजना हुन गईरहेको अन्तराष्ट्रिय नेपाली समाज जापान(INCJ) ले जनाएको छ

तीज पर्ब सम्पूर्ण नेपाली नारीहरुको साझा पर्ब भएकोले जापानबसोबास गर्दै आइरहेका सम्पूर्ण नेपालीनारीहरुमा सहभागिताको लागि आयोजकहरुले हार्दिक आवहान गरेका छन्

कार्यक्रमलाइ भव्य एबम मर्यादित बानाउनको लागि आयोजकहरु व्यापक तयारीमा लागेको समाजका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभएको छ ।  बिदेशी भूमिमा रहेर पनि नेपाली कला र संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै अन्तराष्ट्रिय नेपाली समाज जापान(INCJ) को संयोजन तथा गैर आवासीय नेपाली संघ जापान (एन आर एन जापान ) महिला बिभाग , नेपाली लोकतान्त्रिक मंच जापान (एन.डी.एफ ) महिला बिभाग , नेपाली जनसम्पर्क समिति जापान – महिला बिभाग, नेपाली बिधार्थी समाज जापान, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान, दिदीबहिनी समाज जापानको समेत सयुक्त आयोजना रहने छ भने कार्यक्रम मा चितवन कल्याण मंच जापान , गुल्मेली समाज जापान लागायत जापानस्थित विभिन्न नेपाली सामाजिक संघ, संस्थाहरुको साथै केहि प्रतिष्ठित व्याबसायिक संस्थाहरुको पनि सहयोग रहने बताईएको छ ।

नेपालबाट आमन्त्रित तीज गायनमा पोख्त बरिष्ठ महिला कलाकार हरुको साथमा आयोजना हुन गईरहेको तीज कार्यक्रममा जापान बसोबास गर्ने सम्पूर्ण आदरणीय नेपाली दिदि बहिनी तथा दाजुभाईहरुमा उपस्थितिको लागि आयोजकहरुले हार्दिक आह्वान गरेका छन् ।  ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया