टोकियो – बहुप्रतिक्षित दुइ दिवसीय ‘नेपाल फेष्टिबल-२०१२’ यहि हप्ताको शनिबार र आइतवार अर्थात जुलाईको २८ र २९ तारिख टोकियोको केन्द्रभाग योयोगी पार्कमा हुन गईरहेको छ । नेपाल फेष्टिबल आयोजनाका सम्बन्धमा बिभिन्न सामाजिक सञ्जालमार्फत बिभिन्न भ्रम फैलिएको भन्दै आफ्नो ध्यानाकर्षा भएकोले आयोजक समितिको तर्फबाट संयोजक चिरिञ्जिवी थापाले तत्सम्बन्धमा वास्तविकता स्पष्ट पार्दै सम्बन्धित सबैको जानकारीका लागि एक श्वेतपत्र सार्बजनिक गरेका छन् ।
श्वेतपत्रमा नेपाल फेष्टिबल आयोजनाका सम्बन्धमा बिभिन्न कारणले जापानी गैरसरकारी सँस्थासंग सहकार्य गर्नुपरेको र जतिसक्दो धेरै अवलोकनकर्ताहरुको सहभागिता होस् भन्ने उद्देश्यले अन्य मुलुकहरुसंगै एकैदिनमा एकैथलोमा गर्नुपरेको बारेमा प्रष्ट पारिएको छ भने फेष्टिबललाई सफलतापूर्वक सम्पन्न गर्न बिभिन्न समितिमार्फत जिम्मेवारी बाँडफाँड गरिएको उल्लेख छ ।
एनआरएन जापान आयोजक रहेको उक्त फेष्टिबलका सम्बन्धमा सहआयोजकमा जापानी गैसस सँस्था निन्ग्यो रहेको र थाई, भियतनाम, इण्डोनेसियालगायतका अन्य मुलुकहरुसंग संगै फेष्टिबल राखिएकोमा केहि सामाजिक सञ्जालमार्फत बिरोधका स्वरहरु आएको भन्दै आयोजक समितिले त्यसो गर्नुको कारण बारे स्पष्ट पार्दै श्वेतपत्र सार्बजनिक गरेको हो । आयोजक समितिको तर्फबाट संयोजक थापाद्वारा जारी श्वेतपत्रको पूर्णपाठ यसप्रकार छ ।
आदरणीय माहानुभावहरु
नमस्कार
बिदेशीभूमिमा नेपाली भाषा, संस्कृति र पर्यटनको प्रबन्धनमा योगदान दिने पबित्र उद्देश्यको साथ र बिगतमा पनि यस्ता आयोजना गरिआएकोले गैर आबासीय नेपाली संघले मेरो इच्छा र दायित्वबोध बमोजिम मेरो संयोजकत्वमा नेपाल डे फेष्टीवल आयोजक समिति गठन गरेको व्यहोरा निबेदन गर्दछु । उक्त आयोजना गर्न समयमै
१ बर्ष पहिले गर्नुपर्ने) स्थान बुकिंग नगरिएकोले र एनआरएन जापानको एक्लो साधनश्रोतले उक्त आयोजना गर्न कठिन देखिएकोले अन्य संस्थासंग सहकार्य गर्ने हाम्रो पहल समेत सफल नभएकोले गैर आबासीय नेपाली संघ जापानले जापानको गैर नाफामुलक संस्था निग्यो (जसले उक्त स्थानको बुकिंग लिइसकेकोले) को सहकार्यमा नेपाल फेस्टिवल २०१२ को आयोजना गरिएको व्यहोरा प्रस्ट पार्न चाहन्छु ।
उक्त आयोजना सम्बन्धि सामाजिक संजालहरुमा अतिरंजित पूर्बग्राही भएर बढाईचढाई आएका समाचार अन्य प्रयोजनका लागि छापिएका पोस्टरको हवाला दिदै मेरो र यो अभियानमा योगदान दिने साथीहरुको चरित्र हत्या गर्ने गरी आयोजना सम्बन्धि केहि भ्रम फैलाइएकोले एनआरएन जापानको निर्णय मुताबिक तपसिल बमोजिमको श्वेतपत्र जारी गरेको छु ।
आयोजनाको उद्देश्य
१. ठुलो संख्यामा जापानीहरु उपस्थित हुने उक्त स्थलमा नेपाली कला संस्कृतिको प्रचार प्रसार गर्ने
२. नेपाली पर्यटनको विस्तार गर्ने
३. नेपाली नेपाली बिच भेटघाट आत्मियताको प्रबर्धन गर्ने
यसको प्रारम्भ र प्रगति
१. उल्लेखित उदेश्य प्राप्त गर्न गैर आबासीय नेपाली संघ कार्यसमितिको निर्णय बमोजिम मेरो संयोजकत्वमा आयोजक समिति गठन
२. प्रचार सामग्रीको छपाई र प्रचार
३. स्टल बुकिंगको कार्य विस्तार
आयोजना सम्बन्धि सम्झौता (MOE)
१. उक्त आयोजनामामा मुख्य स्टेज मा नेपाली प्रस्तुतीहरु बिहान १२ बजे बाट ६: ३० बजेसम्म २ दिन सम्म रहने
२. उक्त अवसरमा हुने सबै दुर्घटना, Food Poisoning वा झगडाबाट वा अन्य कारणबाट हुने मृत्यु वा केहि क्षति भएमा निग्योले जिम्मा लिने ।
३. उक्त आयोजनामा यदि घाटा भएमा निग्योले बेहोर्ने ।
४. अरुसंग सहकार्य गर्नाले योयोगी जस्तो व्यावसायिक पार्कमा २ दिनको प्रति स्टल मूल्य जम्मा १६,९००० सहुलियत मूल्य निर्धारण ।
५. हामीले राख्ने स्टलको रकम १६.९ मान र स्पोन्सरबाट हुन आउने आम्दानी प्राय: नाफा नहुने, यदि नाफा भएमा एनआरएन जापानले प्राप्त गर्ने ।
६. बिजुली, पानी, ग्यास, स्टल, अन्य जिम्मेवारी निंग्योले लिने ।७. सरसफाईको जिम्मेवारी पनि निंग्योले लिने ।
७. एनआरएन जापानले प्रचारप्रसार, स्टल बुकिंग, स्टेज कार्यक्रमको जिम्बेबारी लिने ।
आर्थिक पारदर्शिताको लागि
हालसम्म बुकिंग भएका २६ स्टल, उनीहरुसंग लिएको रकम, स्पोन्सरको सहयोगबाट प्राप्त हुने आम्दानी खर्चको विवरण सार्बजनिक गरिने ।
आयोजनाबाट हुने फाइदा
ठूलो संख्यामा जापानी भेला हुने भएकोले नेपाली कला, संस्कृतिको प्रचारप्रसार हुने
नेपाली पर्यटनको प्रबर्धन हुने ।
नेपाली-नेपालीबिच भेटघाट आत्मियता बढ्ने |
अन्य फेस्टिबलसंग संगै गर्नुको कारण
योयोगी जस्तो व्यवसायिक पार्कमा यति ठूलो लगानीमा हामीहरु आफै सक्षम नहुदासम्म थाई, इन्डोनेसिया, भियतनामीजस्ता मुलुकहरुसंग मिलेर संयुक्त आयोजना गर्दा भिजिटरको संख्या बढी नेपाली स्टल राख्नेको समेत सन्तोषजनक व्यापार भई स्टल राख्नेहरुको समेत बिगतमा समेत हुनेगरेको र आर्थिक बोझ कम हुने र ब्यवसायिकरुपमा बढी मुनाफा हुने ।
उक्त आयोजनाको लागि गठित आयोजक समिति
बिशेष संरक्षक:
मिजुनो ताकेसी महामहिम पूर्बराजदूत एवम हनरी राजदूत लुम्बिनी भ्रमण बर्ष
कोजिमा मित्चुआकी महामहिम पूर्बराजदूत एवम अध्यक्ष, जापान नेपाल सोसाइटी
सल्लाहकार
१. भवन भट्ट, केन्द्रीय कोसाध्यक्ष NRNA, ICC
२. किरणविक्रम थापा, एसिया प्रशान्त उपसंयोजक NRNA, ICC
३. बेलु थापा अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा जापान
४. सिर्जना काफ्ले अध्यक्ष, नेपाली लोकतान्त्रिक मंच जापान
५. बलराम श्रेष्ठ अध्यक्ष, नेपाली जनसम्पर्क समिति जापान
६. ध्रुब भट्टचन अध्यक्ष, नेपाल आदिबासी जनजाती महासंघ, जापान
७. तिलक मल्ल अध्यक्ष, नेपाल पत्रकार महासंघ जापान
स्टेरिंग कमिटी
संयोजक: चिरन्जिबी थापा
सहसंयोजक: ओकामोतो मल्ल
निर्देशकहरु
१. हरि पहरी
२. नरबहादुर थापा
३. देविलाल भण्डारी
४. डीपि कंडेल
५. अर्जुन अधिकारी
६. सरोज खत्री
७. दिपक नेपाल
८. तासी लामा
९. लेनिन भट्टचन
१०. बुद्द गुरुङ
सार्बजनिक अनुरोध
यसरी पबित्र उद्देश्यसहित आयोजित यस आयोजनामा सुरक्षाको पूर्ण ग्यारेन्टी निंग्यो समुहद्वारा गरिएको र हाम्रा स्वयमसेबक साथीहरुको समेत चनाखो भूमिका हुने व्यहोरा अनुरोध गर्दै कुनै भ्रममा नपरी कानुनी राज्य भएको यस मुलुकमा हामी शान्तिप्रिय नेपालीको आयोजनामा हुन गईरहेको नेपाल फ़ेष्टीबलमा भाग लिई धेरै भन्दा धेरै साथीहरुलाई एकै ठाउमा भेट्न र नेपाली कला र संस्कृतिको संरक्षण गर्दै मनोरन्जन लिन हार्दिक अनुरोध गर्दछु ।