Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख २५, २०८२
Thursday, May 8, 2025

टोकियो – मुलतः जापानमा नेपाललाई चिनाउने, नेपाली उत्पादनको प्रबर्द्धन गर्ने र जापानी समुदायमा नेपालीहरुको चिनारी बढाउने उद्देश्यले बिगत ५, ६ बर्ष यतादेखि नेपाल फेष्टिबल हरेक बर्ष टोकियोमा आयोजना हुँदै आईरहेको छ । गत बर्ष फरक फरक आयोजकद्वारा राजधानी टोकियोमा मात्रै ३ पटक नेपाल फेष्टिबल आयोजना गरिए । मुलुकलाई चिनाउने उद्देश्यले गरिने यस्ता कार्यक्रमहरु बर्षरि जतिपटक गर्दा पनि केहि फरक नपर्ने भनाई यहाँका केहि जानेमानेकाहरुको रहे पनि नेपाललाई चिनाउन र नेपाली एकताको सन्देश दिदैं नेपाली चिनारीलाई शसक्त बनाउनका लागि सबै मिलेर गुणस्तरीय एवं प्रभावकारी नेपाल फेष्टिबल एउटै हुँदा राम्रो हुने धेरैको राय पाईन्छ ।

सोहीमुताविक यो बर्षो नेपाल फेष्टिबल एउटै हुन गईरहेको छ, यहि जुलाई २८ र २९ मा । टोकियोको केन्द्रभागमा रहेको योयोगी पार्कमा सम्पन्न हुन गईरहेको यो बर्षको नेपाल फेष्टिबलको मुल आयोजकमा एनआरएन जापान रहेको छ । सहआयोजकमा भने निन्ग्यो नाम गरेको एउटा जापानी गैरसरकारी सँस्था रहेको छ । सँस्थागतरुपमा आयोजक फरक फरक भएपनि बिगतमा करिव आधादर्जन भन्दा बढि नेपाल फेष्टिबल आयोजना गरेको अनुभव छ, नेपाली कम्युनिटीसंग, तर बिगतबाट पाठ सिक्दै फेष्टिबलमा नेपालीहरु मात्र भेला गर्नेभन्दा नेपाल चिनाउन जापानीहरुलाई आकषिर्त गर्नेतर्फ केन्द्रित हुन नसकेको एवं जेनतेन परम्परा धान्ने स्थितिमा नेपाल फेष्टिबलको यात्रा घिस्रदों छ, जापानमा । त्यसैले समग्र नेपाल फेटिबलको रुपरेखा र स्वरुपमा सुधार हुनुपर्ने समाजका अगुवाहरु बताउँछन् ।

सहज असहज जे भएपनि बिगतका भन्दा केहि फरक परिस्थिति र फरक तिथिमितिमा यो बर्षको नेपाल फेष्टिबलको अन्तिम तयारीमा अहिले एनआरएन जापान जुटिरहेको छ । लुम्बिनी भ्रमण बर्षोसमेत सन्दर्भ जोडिएको यस बर्षको फेष्टिबलमा नेपाल पर्यटन बोर्डका प्रतिनिधिहरु, सार्क राष्ट्रका राजदूतहरुको उपस्थिति रहने आयोजक सँस्थाका अध्यक्ष ओम गुरुङले बताए । नेपाल फेष्टिबलको आयोजना गर्ने सन्दर्भमा यहाँको कानुनी तथा ब्यवहारिक प्रक्रियाहरु पुरा गर्नुपर्ने भएकोले जापानीहरुको पनि सहयोग रह्यो भने सहज हुने हुँदा उनीहरुसंग सहकार्य गर्नुपरेको गुरुङले खुलासा गरे । हामी पूर्णरुपले सक्षम नहुँदासम्म अर्थात अझै २, ४ बर्ष जापानीहरुको सहयोगमा नेपाल फेष्टिबल आयोजना गर्नुको विकल्प नभएको पनि उनले बताए । एउटा फेष्टिबल आयोजना गर्दा करोंडौंको बजेट तर्जुमा गर्नुपर्ने आर्थिक पक्ष एकातिर छ भने फेष्टिबल अवधिभर हुने घटना, दूर्घटना, खानापिनाका कारण आउन सक्ने संभावित जोखिमको सम्बोधन गर्न आवश्यक पर्ने विमा, सुरक्षाब्यवस्था, फोहोरमैला ब्यवस्थापन, जापानी समुदायमा शसक्त प्रचारप्रसार लगायतका संबेदनशील बिषयमा ध्यान दिन त्यतिकै जरुरी छ, त्यसकारण पनि जापानीहरुसंगको सहकार्य अनिवार्य आवश्यक छ’ – उनले भने ।

टोकियोस्थित नेपाली दूतावासको पनि प्रत्यक्ष सहयोग रहने उक्त फेष्टिबलमा नेपाली खाना तथा सरसामानका स्टल, रेमिट्यान्स कम्पनीहरुका स्टल, नेपाली कला तथा सँस्कृति झल्काउने खालका झाँकी तथा साँस्कृतिक कार्यक्रम, नौमती बाजा, बुद्ध र सगरमाथाबारे बिदेशीहरुमा रहेको भ्रम चिर्न बिभिन्न सम्दर्भ सामाग्रीको प्रस्तुती फेष्टिबलका आकर्षण पक्ष रहने एनआरएनका उपाध्यक्षसमेत रहेका फेष्टिबल संयोजक चिरिञ्जिवी थापाले बताए ।

फेष्टिबललाई मर्यादित, ऐतिहासिक र उपलब्धिमुलक बनाउन सबै नेपालीहरु एवं जापानी मित्रहरुको न्यानो सहयोग र समर्थनका लागि आयोजकहरुले हार्दिक अनुरोध गरेका छन् । दुइ दिवसीय फेष्टिबलमा तीनलाख अवलोकनकर्ताहरुको सहभागिता रहने आयोजकहरुको दाबी छ ।

नेपाल फेष्टिबललाई जापानमा नेपालीहरुको एउटा गौरव गर्न लायकको साझा महामेलाकारुपमा बिकास गर्दै लैजान आवश्यक छ । यसका लागि नेपाली दूतावास, एनआरएन र यहाँका सबै नेपाली संघसंस्थाहरु एवं नेपाली समुदायबिचको एकता र सहकार्यलाई बलियो बनाउँदै कसिलो हातेमालो गर्न जरुरी रहेको यहाँका प्रबुध्दबर्ग बताउँछन् । ***

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया