टोकियो – नेपाली जनप्रगतिशील मोर्चा जापानले यहि जुलाई २२ तारिख आईतबारको लागि तय गरेको समर बनभोज तथा भेटघाट कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ । उक्त कुरा कार्यक्रम आयोजक समितिका संयोजक तथा मोर्चा सचिबालय सदस्य मोहन पौडेलले जानकारी गराउनु भएको हो ।
मोर्चामा आवद्ध तथा समर्थक शुभ-चिन्तकहरुको लागि खुल्ला निमन्त्रणा गरिएको सो कार्यक्रम टोकियोको खासाई रिन्काई कोएनमा हुन गईरहेको छ । टोकियो, साइतामा, चिबा, योकोहामा, नागोया तथा गुन्माकेन लगयतका क्षेत्रहरुबाट मोर्चासंग सम्बन्धित नेपालीहरुले सो भेटघाट कार्यक्रममा भाग लिने बताईएको छ । पछिल्लो स्थितिमा देखिएको राजनैतिक परिबेशमा मोर्चासंग आवद्ध तथा समर्थक शुभ-चिन्तकहरु बीचको बिचार आदान-प्रदान तथा मनोरन्जनात्मक भेटघाटको लागि सो कार्यक्रमको आयोजना गरिएको मोर्चाका अध्यक्ष बेलु थापाले बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजक समितिमा फ़ोन अर्थात ई-मेल मार्फ़त नाम टिपाउने कार्य धमाधम भई रहेकोले अझै नाम टिपाउन बांकी हुनुभएका महानुभावहरुलाई भोली शनिबार सांझ सम्ममा मोर्चाका केन्द्रिय तथा क्षेत्रीय समितिका सदस्यहरुलाई नाम टिपाई सहयोग गरिदिनुहुन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीका लागिः http://samudra-pari.com/morcha-picnic