Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

टोकियो – विभिन्न सामाजिक सेवा गर्दै आइरहेको डिबिए मानवीय सेवा समितिले मृगौला पीडितलाई आर्थिक सहयोग गर्न जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।

समितिका अनुसार कास्की जिल्ला हेम्जा २ निवासी रुपनारायण श्रेष्ठकी सुपुत्री तथा देवेन्द्र प्रसाद तझ्याकी श्रीमती वर्ष ३० की लक्ष्मी तझ्याको मृगौलामा रोग लागी हाल गण्डकी मेडिकल कलेजमा उपचार गराई रहनुभएको छ । उहाँको किड्नी ट्रान्स्प्लान्टेशन गराएमा मात्र स्वास्थ्यस्थिति ठीक रहने व्यहोरा गण्डकी मेडिकल कलेजले जानकारी दिएकोमा उहाँको पारिवारिक आर्थिक अवस्था अति नाजुक भएको हुनाले जापानमा रहनु भएका सम्पूर्ण संघ, संस्था, व्यक्ति र महानुभावज्यूहरुमा आर्थिक सहयोगको अपिल गरेको हो ।

संकलित रकमको विवरण विभिन्न संचार माध्यम मार्फत् सार्वजनिक गरिने पनि समितिले बताएको छ ।

सहयोग रकम तल उल्लेखित समितिको आधिकारिक हुलाक खातामा जम्मा गर्न सकिनेछ ।

हुलाक (JP Bank) खाता नं. 10130-84348321

विस्तृत जानकारीका लागिः

ईश्वर अधिकारीः 080-3364-8197

तेजेन्द्र थापाः 080-5166-4830

नविन निउरेः 080-3691-9798

अम्मर बस्नेतः 090-4215-7987

घनश्याम भट्टराईः 080-4156-1937

मोहन पौडेलः 080-5463-1980

मदन गुरुङः 090-1210-5785

 

नेपालमा सहयोग गर्नको लागि बैंक खाताः

Shangrila Bikas Bank Ltd.

Ranipauwa, Kaski

A/C No. 0120120110911

 

पीडितको अवस्था खुलाउने केही कागजातहरुः

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया