Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

काठमाडौं – थकाली सेवा समिति जापानले सेति नदिमा आएको बाढि पीडितहरुको सहयोगार्थ र सिराहा अग्नि प्रभावित क्षेत्रलाई जनहि ३०,८९४ रुपैयाँ गरि जम्मा ६१,७९७ रुपैयाँ उपलब्ध गराएको छ । गत सोमबार एक समारोहको आयोजना गरि नेपाल रेडक्रस सोसाईटि मार्फत् उक्त रकम हस्तान्तरण गरिएको हो ।

थसेस जापानका अध्यक्ष शरद कुमार गौचनद्धारा लिखित संन्देश संगै र उक्त राहत रकम, एड्स रोग नियन्त्रण संघ कास्किका अध्यक्ष तथा थसेस कास्किका उपाध्यक्ष विश्वमोहन गौचन र थकाली सेवा समिति कास्किका अध्यक्ष अम्वर तुलाचनले सामुहिक रुपमा नेपाल रेडक्रस सोसाईटी कास्किका अध्यक्ष रामप्रसाद ज्ञवालीलाई सम्बन्धित प्रभावित क्षेत्रमा पुर्याईदिनको लागि हस्तान्तरण गरेका हुन् ।

रकम सहयोग संस्थाको तर्फबाट अध्यक्ष गौचनद्धारा लिखित उत्त संन्देशमा, स्वदेशमा परेको यस बिपत्तिको घडिमा संस्थाको च्यारिटि बजेटबाट राहत सहित मानयबिय यस पुण्य कार्यको लागि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सम्बन्धित ठाउमै पुर्याएर यो सानै रकम भएपनि ठुलो सहयोग मिल्ने कुरा बिश्वास गरिएको कुरा उल्लेख गरिएको थियो ।

कार्यक्रममा एड्स नियन्त्रण संघ कास्किका अध्यक्ष तथा थसेस कास्किका उपाध्यक्ष बिश्वमोहन गौचनले थकाली सेवा समिति जापानले नेपालको यस बिपत्तिको बेलामा ठुलो गुण लगाएको र यस पुण्य कार्यको सहजकर्ताको भुमिका निभाउन पाएकोमा खुशि ब्यक्त गर्नु भयो । साथै थसेस जापानले बिदेशको अति नै प्रतिकुल अबस्था एवं जतिल परिस्थितिमा पनि स्वदेशमा आई परेको यस बिपत्तिमा सहयोग गरौं भन्ने भावना अति नै प्रशंसनिय रहेको र यस्ता कार्यको निरन्तरताको लागि पनि कामना गर्नु भयो ।

त्यसैगरि थसेस कास्किका अध्यक्ष अम्वर तुलाचनले बाढि प्रभावित क्षेत्र र आगलागिको सहयोगको लागि गरिएको सानै रकम भएपनि ठुलै राहत र हौसला मिल्ने कुरा बताउनु भयो ।

उक्त रकम हस्तान्तरण कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष रामप्रसाद ज्ञवालीले यस राहत रकम संम्बन्धित क्षेत्रमै पुर्याईने र यसले प्रभावितहरुको जिविकापार्जनमा सहयोग पुग्ने बिचार ब्यक्त गर्नु भयो । उहाँले थसेस जापानका कोषाध्यक्ष तथा आर्थिक संकलन संयोजक बुद्धि गौचन, अध्यक्ष शरद कुमार गौचन सहित सिङ्गो संस्थालाई नै धन्यबाद दिदै हालसम्म बिभिन्न स्वदेश तथा बिदेशका ९२ वटा संस्थाबाट ठुलो राहत संकलन प्राप्त भएको र अझै आउने क्रम पनि जारि रहेको बताउनु भयो । हालसम्म संकलित राहतको ५०% बढि प्रभावित क्षेत्रमा पुर्ण ब्यबस्थितका साथ बितरण भईसकेको र बाँकि राहत रकम पनि बितरणकै क्रममा रहेको जानाकारि गराउनुभयो ।

साथै उहाँका अनुसार बैशाख २३ गते सेती नदीमा आएको बाढीमा परि १ जना बिदेशी नागरिक सहित २८ जनाको मृत्यु घोषणा भएको छ भने, अझै ३० जना बेपत्ता रहेको कुरा पनि बताउनु भयो ।

त्यसैगरि सिराहाको औरहिमा भएको आगलागिबाट ३ हजार घर ध्वस्त हुनुका साथै १ हजार ५ सय परिवारका ५ हजार भन्दा बढि प्रभाबित भएका छन् भने ४० करोड बढि क्षति भएको अनुमान छ भन्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका कोषाध्यक्ष दन्डराज शर्माको स्वागत मन्तब्य र सोसाईटिकै खेमराजको संचालन रहेको यस कार्यक्रममा सोसाईटी सदस्यहरु, थसेस कास्किका सदस्यहरु, पत्रकारहरु तथा बुद्धिजिवि एवं अन्य महानुभावहरुको ठुलो सहभागिता रहेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया