
सोही क्षेत्रमा अवस्थित क्युसु द्वीपका नदीले किनारा नाघ्न थालेपछि करिब दुई लाख ६० हजार बासिन्दालाई उनीहरूको निवास परित्याग गर्न आदेश दिइएको जानकारी अधिकारीहरूले दिएका छन् ।
यहाँ अधिक वर्षाका कारण हालसम्म २९ व्यक्तिको मृत्यु भएको वा उनीहरु हराइरहेको बताइएको छ । जापानको जलवायुसम्बन्धी संस्थाले यस क्षेत्रमा थप पहिरो जाने तथा बाढी आउने चेतावनी दिएको छ । यहाँ शनिबार बिहानै प्रतिघण्टा ११ सेन्टिमिटरको दरले वर्षा भएको देखिएको छ ।
यहाँका जनतालाई विद्यालय तथा सार्वजनिकस्थलमा जान भनिएको छ । टेलिभिजनले घरका भग्नावशेष सहितका बाढीको चित्र देखाएका छन् । आसो नगरको भित्री भागमै ७२ घण्टाभित्र ७५ सेन्टिमिटर वर्षा भएको देखिएको छ ।
फुकुओका प्रशासकीय क्षेत्रमा मात्र ७८ हजार ६०० व्यक्तिलाई अन्यत्र सार्न आदेश दिएको छ । यहाँ १८१ वटा पहिरो गएको बताइएको छ । यहाँ ८२० घर क्षतिग्रस्त भएका छन् र तीन पुल बगेका छन् ।
यहाँ बाढीका कारण मर्नेको वा हराइरहेका व्यक्तिको सङ्ख्या २० पुगेको छ । भने सात हराइरहेको देखिएको छ । तीमध्ये १९ व्यक्तिको पहिरो तथा आसोनजिकै घर ढल्दा मृत्यु भएको बताइएको छ ।