Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

टोकियो – जापान अध्यागमन बिभागले हालैदेखि शुरु गरेको नयाँ नियमावलीका सम्बन्धमा जानकारी दिने उद्देश्यले २२ जुलाईका दिन आयोजना गरिएको सेमिनारमा उपस्थित हुन अपिल गर्दै फुकुओका नेपाली सोसाइटीले एक प्रेस बिज्ञप्ती प्रकाशित गरेको छ ।

सोसाईटीका तर्फबाट अध्यक्ष भरत गौतमद्वारा प्रेषित बिज्ञप्तीमा नयाँ नियमावलीका सम्बन्धमा सचेत र सजग रहन आग्रह गर्दै थप जानकारीका लागि सेमिनारमा भाग लिन आह्वान गरिएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – जापान सरकारले बिदेशीहरुलाई जापान बस्ने अनुमति र काम गर्ने अनुमतिमा ब्यापक हेरफेर गरेको बुझिएको छ । जापान अध्यागमनको जुलाई ९ तारिख पछि नयाँ नियमावली लागू गर्दै तोकिएको क्षेत्रभन्दा बहिर गएर काम गर्ने कुक, निर्धारित मापदण्ड भन्दा बढ़ी घण्टा काम गर्ने डिपेन्ड़ेट भिषा भएका ब्यक्ति र स्कूलमा थोरै प्रतिशत हाजिर हुने बिद्यार्थीलाइ कड़ाईका साथ चेक गरिएको थाहा भएको छ ।टोकियो, नागोया, ओसाका लगायतका शहरहरुमा नेपाली लगायत अन्य मुलुकका नागरिकलाई गिरफ़्तारी गरेको खबर पाएका छौ तर नेपाली हालसम्म कति जना समातिए भन्ने संख्या खुल्न सकेको छैन । फुकुओकामा पनि चेकजाच सुरु भएकोले अलिकति चनाखो हुन जरुरी छ । अहिले बिहान र बेलुकाको समयमा स्टेशन तथा चोकहरुमा दैनिक चेकजाच भैरहेको कुरा पनि जानकारीमा आएको हुंदा तोकिएको समयभन्दा धेरै समय काम गर्नेहरु बिशेस चनाखो रहन हार्दिक अनुरोध गर्दछौ । अर्को कुरा इमिग्रेशनले अहिले नयाँ भीषा लगाउदा सबै आईडि कार्डमा भीषा लगाएको बारकोड राखेकोले सबै कम्प्युटराज बनाएको छ । पासपोर्टमा भएको भीषालाई क्यानसिल भन्ने स्टाम्प लगाएको छ तर नेपालीहरु नयाँ भिसा लिएर जापानदेखि नेपाल जांदा नेपालमा अध्यागमन बिभागले (इमिग्रेसन) निक्कै झंझट दिएको र जापान फर्कने बेलामा पासपोर्टमा भीषा नभएको भनि नचाहिदो किचलो निकाल्न सक्ने हुदा यसको लागि नया भीषा लिएकाहरु नेपाल जानु अगाडि राम्रोसंग जानकारी लिएर जान अनुरोध गर्दछौं – बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – साथै फुकुओका नेपाल सोसाइटीले जुलाई २२ तारिखको दिन आयोजना गर्न लागेको नयाँ नियम सम्बन्धि सेमिनारमा अनिवार्य उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ । नयाँ, पुराना, बिद्यार्थी, कुक, डिपेन्ड़ेट तथा जापानमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपस्थित भएर नयाँ नियम बारेमा जानकारी लिनु हुन हार्दिक अनुरोध गर्दछौ । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया