Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख २४, २०८२
Wednesday, May 7, 2025

टोकियो – जापान सरकारले जापानी संसदको तल्लो र माथिल्लो सदनले सांसदहरुको गत बर्षको आम्दानी सार्बजनिक गरेको छ । जसअनुसार सांसदहरुको गत बर्षको औसत आम्दानी २ करोड ३० हजार (२००३ मान) येन रहेको जनाईएको छ । यसले सांसदहरुको बार्षिक आम्दानी ४ बर्षसम्म निरन्तर रुपमा घटेको देखाएको छ भने अघिल्लो बर्षको तुलनामा १७ लाख ५० हजार (१७५ मान) येन घटेको छ । गतबर्षको आम्दानी सार्बजनिक गर्न शुरु गरेको बर्ष सन् १९९२ यताकै सबैभन्दा कम रहेको बताइएको छ । गतबर्षको महा-भूकम्प तथा सुनामीबाट क्षतिग्रस्त भएको क्षेत्रहरुको पुननिर्माणको लागि बनाईएको कोषको लागि सांसदहरुको तलबबाट प्रतिमहिना ५ लाख (५० मान) येन घटाईएपछि करको दायराभन्दा बाहिरको तलब रकम अघिल्लो बर्षको १ करोड ८३ लाख १० हजार (१८३१ मान) येन बाट घटेर १ करोड ५४ लाख ६० हजार (१५४६ मान) येनमा झरेको छ ।

तल्लो र माथिल्लो सदनका सांसदहरुमध्ये गतबर्ष सबैभन्दा बढि आम्दानी हुनेमा जिमिन्तोका तर्फबाट पूर्व प्रधानमन्त्री आसुओ तारो रहेका छन् । उनको गतबर्षको आम्दानी ४३ करोड १३ लाख ७० हजार (४ ओकु ३१३७ मान) येन रहेको थियो । गतबर्ष उनले केहि अचल सम्पत्तिहरु बिक्री गरेकोले आम्दानी बढि देखिएको बताईएको छ । त्यसैगरी, गतबर्षको आम्दानीमा दोस्रो नम्बरमा पुर्व आन्तरिक मामिला तथा संचारमन्त्री हातोयामा कुनिओ रहेका छन् । उनको आम्दानी २५ करोड ५४ लाख ३० हजार (२ ओकु ५५४३ मान) येन रहेको थाहा भएको छ । जसमा शेयर बापतको बोनसको भाग बढि रहेको बताईएको छ । तेस्रो नम्बरमा भने मिन्ना नो तो भन्ने पार्टीका सांसद नाकानिसी केन्जी परेका छन् । उनको गतबर्षको आम्दानी २४ करोड ८९ लाख ७० हजार (२ ओकु ४८९७ मान) येन रहेको छ ।

आम्दानी बाहेक पनि सहयोगको रुपमा प्राप्त रकमको आधारमा हेर्ने हो भने पूर्व प्रधानमन्त्री हातोयामा युकिओ सबैभन्दा अग्रस्थानमा छन् । उनलाई ४ अर्ब १९ करोड ३५ लाख ८० हजार (४१ ओकु ९३५८ मान) येन प्राप्त भएको बाताईएको छ । त्यसैगरी सहयोग रकम प्राप्त गर्ने दोस्रोमा पूर्व आन्तरिक मामिला तथा सञ्चार मन्त्री हातोयामा कुनिओ रहेका छन् । उनलाई ४ अर्ब १६ करोड ९१ लाख १० हजार (४१ ओकु ६९११ मान) येन प्राप्त भएको जनाईएको छ ।

सांसदहरुको हरेक बर्ष भएको आम्दानी सार्बजनिक गर्नुपर्ने प्राबधान अनुसार यस बर्ष पनि सबै सांसदहरुको आम्दानी सार्बजनिक गरिएको हो । जस अन्तर्गत तल्लो सदनका ४७७ जना र माथिल्लो सदनका २४० सांसदहरुले आ-आफ्ना आम्दानी र त्यसका स्रोतहरु बुझाएका थिए । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया