टोकियो – मार्शल आर्ट जापान किक बक्सिङ फेडरेशन च्याम्पियनसिप उपाधि हासिल गरेका मोहन महर्जन ‘ड्रागन’ आउँदो जुलाई २९ मा फेरि अर्को महत्वपूर्ण म्याचमा भिड्ने भएका छन् । उनी सो म्याचमा फ़ुजिता जेनसंग भिड्ने भएका हुन ।
उक्त म्याचमा उपस्थित भई हौसला प्रदान गर्न नेपाली समुदायमा उनले हार्दिक अपिल गरेका छन् ।
“म यहि जुलाई २९ मा अर्को महत्वपूर्ण म्याचमा भिड्दै छु, प्रतियोगितामा बिजय हासिल गरेर नेपालको झण्डा फहराउदैं मुलुकको प्रतिष्ठा उच्च बनाउन चाहान्छु, त्यसैले उक्त प्रतियोगितामा उत्साहजनक उपस्थित भएर हौसला प्रदान गर्नु हुन जापानबासी नेपालीहरु सबैमा हार्दिक बिनम्र अनुरोध गर्दछु” – मोहनले भने ।
“मैले उक्त प्रतियोगितामा बिजय हासिल गरे भने आगामी सेप्टेम्बर १७ मा हुने बिश्व च्याम्पियनसीपका लागि फाइनल म्याचमा भाग लिने अवसर पाउने छु” – उनले भने- “त्यतिबेला मैले वर्ल्ड च्याम्पियन बेल्टका लागि कोरियाका ईम चिवेनसंग भिड्नुपर्ने छ। ”
प्रतियोगिता सम्बन्धि बिस्तृत जानकारी यसप्रकार रहेको छ ।
http://www.boutreview.com/2/news/itsshowtime/item_9823.html
Place : Ariake Differ, near the odaiba.
Yurikamome line : Ariake Tennis no Mori station.
Rinkai line : Kokusai Tenjijyo station.
Address : Tokyo Kouto-ku Ariake 1-3-25
Hall Open: 16:30
Game Start: 17:00
Mohan’s Match: 18:30
For Discount Ticket
Mohan 090-6513-4894 [email protected]